सामग्रीमा जानुहोस्

अमरेशकुमार सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमरेश कुमार सिंह
चश्मा, कालो सुट ज्याकेट, कालो शर्ट र ढाका टोपी लगाएका शाहको तस्विर।
प्रतिनिधि सभा सदस्य
पदमा
१२ चैत २०८२
पूर्वाधिकारीआफैँ
निर्वाचन क्षेत्रसर्लाही ४
पदमा
२० फागुन २०७४  २७ भदौ २०८२
पूर्वाधिकारीआफैँ (व्यवस्थापिका संसद सदस्यको रुपमा)
निर्वाचन क्षेत्रसर्लाही ४
संविधान सभा सदस्य
पदमा
७ माघ २०७०  २८ असोज २०७४
पूर्वाधिकारीशिवपूजन राय यादव
उतराधिकारीनिर्वाचन क्षेत्र खारेज
निर्वाचन क्षेत्रसर्लाही ६
व्यक्तिगत विवरण
जन्मअमरेश कुमार सिंह
(1970-09-05) ५ सेप्टेम्बर १९७० (उमेर ५५)
दलराष्ट्रिय स्वतन्त्र पार्टी (२०८२–वर्तमान)
दम्पतीहरू
  • कुमारी लक्ष्मी जोशी[]
  • नीतु सिंह (सम्बन्ध विच्छेद)
सन्तान
आमाबुबाहरू
  • राम सागर सिंह
  • चन्द्रमा देवी
मातृ शिक्षाप्रतिष्ठानजवाहरलाल नेहरू विश्वविद्यालय (अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी)
व्यवसाय
  • राजनीतिज्ञ
  • प्रध्यापक

अमरेश कुमार सिंह एक नेपाली राजनीतिज्ञ हुन् जो हाल राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य हुन् । उनी विगतमा मधेशी जनअधिकार फोरम, नेपालबाट राजनीति सुरु गरी पछि नेपाली काँग्रेसमा आवद्ध भएका थिए । सोही पार्टीको टिकटमा उनले संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका सदस्यका रूपमा सर्लाही ४ बाट निर्वाचित भएका थिए ।[][]

उनी नेपाली काँग्रेसको टिकटले सर्लाहीबाट लगातार तीन कार्यकाल सांसदमा निर्वाचित भएका थिए । साथै, उनी वि.सं. २०७० मा दोस्रो संविधान सभामा पनि सर्लाही ६ बाट निर्वाचित भएका थिए ।[]

राजनीतिक जीवन

[सम्पादन गर्नुहोस्]

उनी प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य पनि रहेका थिए ।[]

संविधान जलाउने घटना

[सम्पादन गर्नुहोस्]

काठमाडौंमा भएको एक विरोध प्रदर्शनका क्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव सहित १४ जना नेता तथा अन्तरिम संसदका सदस्य अमरेश कुमार सिंहलाई अन्तरिम संविधानको प्रतिलिपि जलाएको आरोपमा पक्राउ गरिएको थियो । उनीहरूले उक्त संविधानले मधेशी समुदायका मागहरू सम्बोधन गर्न नसकेको बताएका थिए ।[][] पछि सिंहले जित्ने सम्भावना बढी देखेर नेपाली काँग्रेसमा प्रवेश गरेका थिए र मधेशी जनअधिकार फोरमबाट अलग भएका थिए ।

बालेन शाहलाई चुनौती

[सम्पादन गर्नुहोस्]

सिंहले संसदबाट बालेन शाहलाई सिंहदरबार, सर्वोच्च अदालत र प्रधानमन्त्री निवाससमेत भत्काउन चुनौती दिएका थिए । उक्त घटनाक्रमका बीच उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल को समर्थन गर्दै मेयर शाहलाई पक्राउ गर्नुपर्ने बताएका थिए ।[][]

संसदमा कपडा खोल्ने घटना

[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभाको एक महत्त्वपूर्ण बैठकमा बोल्न नदिएको भन्दै सिंहले संसदभित्रै आफ्ना कपडा खोल्दै विरोध जनाएका थिए ।[१०]

निर्वाचन इतिहास

[सम्पादन गर्नुहोस्]
निर्वाचन सदन निर्वाचन क्षेत्र दल मत प्रतिद्वन्द्वी दल मत परिणाम
२०७० संविधान सभा
(व्यवस्थापिका संसद)
सर्लाही ६ नेपाली कांग्रेस १७,४०० शिवपूजन राय यादव तराई मधेश सद्भावना पार्टी १०,३६५ Yes निर्वाचित
२०७४ प्रतिनिधि सभा
(संघीय संसद)
सर्लाही ४ २९,६७५ राकेश कुमार मिश्र राष्ट्रिय जनता पार्टी नेपाल २८,१३६ Yes निर्वाचित
२०७९ स्वतन्त्र २०,०१७ नागेन्द्र कुमार नेपाली कांग्रेस १८,२५३ Yes निर्वाचित
२०८२ राष्ट्रिय स्वतन्त्र पार्टी ३५,६८८ गगन थापा २२,८३१ Yes निर्वाचित

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "सांसद अमरेश कुमार सिंह पुन: काे सँग कसे लगनगाँठाे?", Nepalpana (en-USमा), २०१९-०३-०९, अन्तिम पहुँच २०२०-१२-२२[स्थायी मृत कडी]
  2. ["NC's) Amresh Kumar Singh elected from Sarlahi-4", kathmandupost.ekantipur.com
  3. Setopati, भानुभक्त, ["अमरेशको) क्षेत्रमा स्थगित मतगणना बिहान ७ बजेदेखि सुरु गर्ने तयारी", Setopati[स्थायी मृत कडी]
  4. ["सर्लाही ४ मा कांग्रेसका अमरेश कुमार सिंह विजयी", www.pahilopost.com](http://www.pahilopost.com/content/-43661.html|website=www.pahilopost.com}}[स्थायी मृत कडी])
  5. ["राज्य व्यवस्था तथा सुशासन समिति", hr.parliament.gov.np, अन्तिम पहुँच २०२०-१२-२२](https://hr.parliament.gov.np/np/committees/State-Affairs-Committee/members|access-date=2020-12-22|website=hr.parliament.gov.np}})
  6. NepalNews, [(http://web.archive.org/web/20210125100848/https://www.nepalnews.com/archive/2007/jan/jan16/news11.php) "Nepal News"], [www.nepalnews.com](http://www.nepalnews.com) (अङ्ग्रेजीमा), [(https://www.nepalnews.com/archive/2007/jan/jan16/news11.php) मूल]बाट २०२१-०१-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२६-०१-२१
  7. [(http://web.archive.org/web/20070527005007/http://www.nepalnews.com:80/archive/2007/jan/jan19/news15.php) "Nepalnews.com Mercantile Communications Pvt. Ltd."], [www.nepalnews.com](http://www.nepalnews.com), [(http://www.nepalnews.com:80/archive/2007/jan/jan19/news15.php) मूल]बाट २००७-०५-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२६-०१-२१
  8. [(https://myrepublica.nagariknetwork.com/news/mp-singh-challenges-kmc-mayor-shah-to-bring-down-singha-durbar-54-65.html) "MP Singh challenges KMC Mayor Shah to bring down Singha Durbar"], myrepublica.nagariknetwork.com (Englishमा), २०२४-०८-०८, अन्तिम पहुँच २०२६-०१-२१[स्थायी मृत कडी]
  9. [(https://ekantipur.com/news/2024/03/12/en/prime-minister-and-home-minister-wanted-to-arrest-balen-shah-ck-raut-05-53.html) "The Prime Minister and the then Home Minister wanted to arrest Balen Shah: CK Raut"], ekantipur.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०१-२१
  10. [(https://www.aajtak.in/trending/story/independent-mp-amresh-kumar-singh-of-nepal-takes-off-his-clothes-in-house-not-allowed-to-speak-tstsh-1691714-2023-05-10) "स्पीकर ने बोलने नहीं दिया, तो सांसद को आया गुस्सा, सबके सामने उतारे कपड़े- VIDEO वायरल"], AajTak (हिन्दीमा), २०२३-०५-१०, अन्तिम पहुँच २०२६-०१-२१[स्थायी मृत कडी]