अमूर नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अमूर नदी (रसियालीः река Амур) वा हेइलोङ नदी (चिनियाँः 黑龙江) उत्तरपूर्वी एशिया, रूसी सुदूर पूर्व र उत्तरपूर्वी चीन (ऐतिहासिक रूपमा बाहिरी र भित्री मञ्जुरिया) बीचको प्राकृतिक सीमा बनाउँदै बग्ने विश्वको दशौं सबैभन्दा लामो नदी हो। अमूर नदीको लम्बाई २,८२४ किलोमिटर (१,७५५ माइल) छ र यसको जल निकासी बेसिन १,८५५,००० वर्ग किलोमिटर (७१६,००० वर्ग माइल) छ। यसको मुख्य स्टेम सहायक नदी, अर्गुन सहित, अमूर ४,४४४ किमी (२,७६१ माइल) लामो छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]