अम्बिका श्रेष्ठ
स्वरूप
अम्बिका श्रेष्ठ नेपालकी महिला उद्यमी हुन्। उनी हाल द्वारिकाज होटलको अध्यक्षको रूपमा कार्यरत छन्।
भारतको सिक्किममा जन्मेकी अम्बिकाले दार्जीलिङको लोरेटो कन्भेन्ट स्कूलमा पढेकी थिइन्। उनले पटना यूनिभर्सिटीबाट वाणिज्यशास्त्रमा स्नातक सम्मको अध्ययन गरेकी छन्। नेपालका व्यापारी घरानाका द्वारिकादास श्रेष्ठसँग विहे भएपछि काठमाडौँ छिरेकी श्रेष्ठ श्रीमान्को मृत्यु पछि द्वारिकाज होटलको अध्यक्ष भएकी हुन्। सफल महिला उद्यमीको रूपमा उनले विभिन्न राष्ट्रिय सम्मान प्राप्त गरेकी छिन्। [१] उनी हिमाल मिडियाको पनि सञ्चालक अध्यक्ष हुन्।[२] त्यसदेखि बाहेक दर्जन भन्दा बढी सामाजिक संस्थासँग उनी आबद्ध छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ पर्यटन व्यावशायी अम्बिका श्रेष्ठ सम्मानित[स्थायी मृत कडी] Australia Nepal News
- ↑ महिला आरोही हरूलाई सम्मान अभिलेखिकरण २०१३-१२-०४ वेब्याक मेसिन हिमाल खबर पत्रिका
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]