अम्ल
Jump to navigation
Jump to search
साधारणतया अमिलो स्वाद हुने र पानीमा घुल्दा H+ आयोन दिने पदार्थहरूलाई अम्ल भनिन्छ ।अम्ल दुई प्राकार हुन्छन् ती हुन्ः प्राङ्गारिक र अप्राङ्गारिक। टार्टारिक, साइट्रिक, एसिटिक आदि प्राङ्गारिकका उदाहरण हुन् भने हाइड्रोक्लोरिक, सल्फ्युरिक, नाइट्रिक जस्ता अम्लहरू अप्राङ्गारिकका उदाहरण हुन्। प्रायः अम्लहरु अमिला हुन्छन्। तर अमिला हुन्छन् भन्दैमा यिनीहरुलाइ चाख्नु हुँदैन। अम्लहरूले नीलो लिट्मसको रङलाई रातो बनाउँछ।