अर्थ (पुरुषार्थ)
| अन्तर्गत एक शृङ्खलाको भाग |
| हिन्दु धर्म |
|---|
अर्थ(/ˈɑːrtə, -θə/; संस्कृत: अर्थ; Pali: Attha, Tamil: பொருள், poruḷ) जीवनको चार पुरुषार्थ (लक्ष्य) मध्ये एक लक्ष्य हो।[१]अन्य तीन पुरुषार्थहरू धर्म, काम र मोक्ष हुन्। अर्थमा जीवनका आवश्यकताहरू परिपुर्ति गर्ने वृत्ति, सीप, स्वास्थ्य, धन, समृद्धि जस्ता साधन वा स्रोतहरू पर्दछन्।[२][२] [३]संस्कृत भाषाको कोश, अमरकोशमा अर्थ शब्दका पर्याय यस प्रकार दिइएका छन्- द्रव्यं वित्तं स्वपातेयं रिक्थमृक्थं धनं वसु । हिरण्यं द्रविणं द्युम्नमर्थरैविभवाऽपि अर्थात् द्रव्य, वित्त, स्वापतेय, रिक्थ, धन, वसु, हिरण्य, द्रविण, द्युम्न, अर्थ, रा, विभव आदि ।[४]
अर्थ व्यक्ति र सरकार दुवैमा लागू हुन्छ। व्यक्तिको सन्दर्भमा, अर्थले धन, करियर, जीविकोपार्जन गर्ने गतिविधि, आर्थिक सुरक्षा र आर्थिक समृद्धिलाई समावेश गर्दछ। हिन्दू धर्ममा अर्थको उचित खोजीलाई मानव जीवनको एक महत्त्वपूर्ण उद्देश्य मानिन्छ।[१][५] सरकारी स्तरमा, अर्थमा सामाजिक, कानुनी, आर्थिक र सांसारिक मामिलाहरू समावेश छन्। उचित अर्थशास्त्रलाई सरकारको एक महत्त्वपूर्ण र आवश्यक उद्देश्य मानिन्छ।[५][६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 James Lochtefeld (2002), The Illustrated Encyclopedia of Hinduism, Rosen Publishing, New York, आइएसबिएन ०-८२३९-२२८७-१, pp 55–56
- 1 2 John Koller, Puruṣārtha as Human Aims, Philosophy East and West, Vol. 18, No. 4 (Oct., 1968), pp. 315–319
- ↑ Scott Walsworth and Suresh Kalagnanam (2013), Applying the Hindu four stage life cycle model to human resource management, International Journal of Indian Culture and Business Management, Volume 6, Number 4, pp 507–519
- ↑ अमरसिंह, अमरकोश, वाराणसी: यशोदा पुस्तकालय, पृ: द्वितीय काण्ड, पंक्ति १८८६–८७।
- 1 2 Bruce Sullivan (1997), Historical Dictionary of Hinduism, आइएसबिएन ९७८-०-८१०८-३३२७-२, pp 29–30
- ↑ Constance Jones and James Ryan (2007), Encyclopedia of Hinduism, आइएसबिएन ९७८-०-८१६०-५४५८-९, pp 45