अल्कोहल
प्राङगारिक यौगिकमा हाइड्रोक्सिल ग्रूप (-OH) रहेको छ भने त्यसलाई अल्कोहल भनिन्छ । एउटा OH समूह भएको अल्कोहललाई मोनोहाइड्रीक अल्कोहल भनिन्छ भने दुईओटा OH समूह भएकालाई डाइहाइड्रीक अल्कोहल र तिनोटा OH समूह भएकालाई ट्राइहाड्रीक अल्कोहल भनिन्छ । मिथेनबाट बन्ने अल्कोहललाई मिथाइल अल्कोहल र इथेनबाट बन्ने अल्कोहललाई इथाइल अल्कोहल भनिन्छ । इथाइल अल्कोहललाई इथानोल पनि भन्ने गरिन्छ । पेयपदार्थको लागि प्रयोग गरिने अल्कोहल इथाइल अल्कोहल हो ।