अ क्लकवर्क अरेञ्ज (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अ क्लकवर्क अरेञ्ज
A Clockwork Orange
चलचित्र को आधिकारिक ट्रेलरबाट लिइएको पोष्टर
निर्देशकस्टेनली कुब्रिक
पटकथास्टेनली कुब्रिक
निर्मातास्टेनली कुब्रिक
मुख्य कलाकार
छायाङ्कनजोन एल्कट
सम्पादनबिल बट्लर
सङ्गीतवेण्डी कार्लोस
वितरक
कम्पनीहरू
वितरकवार्नर ब्रोज
प्रदर्शन मिति
  • १९ डिसेम्बर १९७१ (1971-12-19) (न्युयोर्क शहर)
  • १३ जनवरी १९७२ (1972-01-13) (संयुक्त अधिराज्य)
  • २ फेब्रुअरी १९७२ (1972-02-02) (United States)
अवधि
१३६ मिनेट[१]
राष्ट्र
  • संयुक्त अधिराज्य
  • संयुक्त राज्य
भाषाहरू
बजेट$२२०००००[२]
बक्स अफिस$२६६००००० (North America)[२]

'अ क्लकवर्क अरेञ्ज' सन् १९७१ मा प्रदर्शनमा आएको एउटा डिस्टोपियन अपराधीक चलचित्र हो जसको व्यवस्थापन, निर्माण र निर्देशन स्टेनली कुब्रिकले गरेका हुन्।  एन्थोनी बर्गेसको सोही नामको उपन्यासमा आधारित यस चलचित्रले आउँदा दिनको डिस्टोपियन ब्रिटेनमा घट्न सक्ने युवाहरूको अपराधीक आचरण, तन्नेरीहरूको गिरोह, र अन्य सामाजिक, राजनीतिक र आर्थिक विषयहरूलाइ हैरान पार्ने हिंस्रक किसिमका तस्विरहरूको प्रयोग द्वारा देखाएको छ।

एलेक्स यस चलचित्रको केन्द्रीय पात्र हो जो एक क्यारिज्म्याटिक र असामाजिक अपराधी हो जसको रूचि शास्त्रीय संगीत ( बीथोभन सहित ), बलात्कार र हिंसा गर्नुमा हुन्छ। उसले पेट ( माइकल टार्न ), जर्जिया ( जेम्स मार्कस ), र डिम ( वारेन क्लार्क ) नामका ठगहरूको एक सानो गिरोहको नेतृत्व गर्दछ जसको नाम उसले ड्रुग्स (droogs) दिएको हुन्छ।ड्रुग्स एउटा रूसी शब्द हो जसको अर्थ "मित्र" वा "साथी" हुन्छ। यस चलचित्रले उसको गिरोहको डरलाग्दो अपराधको विवरण, उसको कब्जा, र एक प्रयोगात्मक मनोवैज्ञानिक कण्डिसनिङ् टेक्निक ("लुडोभिको टेक्नीक") द्वारा गृह मन्त्री द्वारा प्रमोट गरिएको पुनर्स्थापनाको प्रयासको वर्णन गर्दछ।एलेक्स नै यस चलचित्रको कथावाचक हो जसले नादसात (Nadsat)मा कथा सुनाउँछ। नादसात भन्नाले किशोरावस्थामा पुगेका व्यक्तिहरूले बोल्ने ठुटे अपशब्दको प्रयोग गरिने भाषा हो।

अ क्लकवर्क अरेञ्जमा शास्त्रीय संगीतहरू चयन गरिएको छ जसमा भेन्डी कार्लोस द्वारा रचित मुग सिन्थेसाइजरहरू छन्। अ क्लकवर्क अरेञ्जको पोस्टरको लागि कलाकृति फिलिप कासलले डिजाइन गरेका हुन् भने बिल गोल्डले लेआउटको सिर्जना गरेका हुन्।

कथावस्तु[सम्पादन गर्नुहोस्]

भविष्यको डिस्टोपिक ब्रिटेनमा एलेक्स डीलार्ज 'ड्रुग्स' नामक समूहको नेता हो जुन समूहमा जर्जिया, डिम र पेट जस्ता सदस्यहरू छन्। एक रात ड्रग्सले भरिएको "मिल्क प्लस" को नशा लिएपछि उनीहरू एकदमै हिंसा वाला साँझ अर्थात अल्ट्राभाइलेन्सले भरिएको साँझमा व्यस्त हुन्छन् जहाँ दुस्मन ग्याङ्को साथमा भएको लडाइँ पनि सामेल छ जसलाइ बिलीबॉयले नेतृत्व गरिरहेको हुन्छ। त्यसपछि उनीहरू लेखक एफ अलेक्ज्याण्डरको कन्ट्री-होममा जान्छन् र उसलाई यति भकुर्छन् कि ऊ जीवनभरका लागि अपांग बन्छ। त्यसपछि एलेक्सले अलेक्ज्याण्डरको पत्नीलाई "सिङ्गिङ् इन दि रेन" गाउँदै बलात्कार गर्छ। भोलिपल्ट स्कूलमा यथेष्ट कारणविना नै स्कुलमा अनुपस्थित भएका कारण, एलेक्सलाई भेट्न उसको प्रोबेशन अफिसर पीआर डेल्टोइड उसको घरमा आउँछन् र एलेक्सलाइ उसले गरेका गतिविधिहरू बारे चेतावनी दिन्छन्। वास्तवमा डेल्टोइडलाइ एलेक्सले गर्ने कामहरूको सम्पुर्ण विवरण थाहा हुन्छ।

एलेक्सका ड्रुग्स उनीहरूले गर्ने सानोतिनो अपराधसंग असन्तुष्टि व्यक्त गर्छन् र गिरोहका सदस्यबिच समान हैसियत हुनुपर्ने र ठूलो चोरीको माग गर्छन्, तर एलेक्सले तिनीहरूलाई आक्रमण गरेर गिरोहमा आफ्नो बोलबाला रहेको कुरामा जोड दिन्छ। एलेक्स एकजना धनी "क्याट-लेडी"को घरभित्र घुस्छ र ती महिलालाई एउटा लिङ्गको प्रतिमा (phallic sculpture) ले आक्रमण गर्छ जबकी उसका साथीहरू घरबाहिरै बस्छन्। प्रहरीको साइरन सुनेपछि एलेक्स त्यहाँबाट भागेर बाहिर आउँछ जहाँ डिमले उसको अनुहारमा बोतलले हिर्काएर उसलाइ अचेत बनाइदिन्छ र प्रहरीको हातबाट गिरफ्तार गराउन उसलाई त्यहीँ छोडिदिन्छ। एलेक्सलाई हिरासतमा लिएपछि डेल्टोइडले एलेक्सको आक्रमणमा परेकी महिलाको मृत्यु भएको जानकारी दिन्छन् जसको कारण एलेक्स हत्यारा हुन्छ। उसलाई चौध वर्षको जेल सजाय सुनाइन्छ।

दुई वर्षको जेल सजायपछि, एलेक्सले उत्सुकताका साथ आन्तरिक मन्त्रीको नयाँ लुडोभिको प्रविधिको टेष्ट सब्जेक्ट बन्नको लागि उसलाइ गरिएको प्रस्तावका लागि सहमती जनाउँछ। लुडोभीको प्रविधिमा दुई हप्ताभित्रमा अपराधीहरूलाई अपराधिक क्रियाकलापहरू प्रति घृणा जगाइन्छ र उनीहरूलाइ पुन:स्थापित गरिन्छ। एलेक्स कुर्सीमा बाँधिएको छ, क्ल्याम्पको प्रयोग गरेर उसका आँखा झिम्क्याउन समेत दिइएको छैन र उसको आँखामा निरन्तर ड्रग्स लगाइएको छ। त्यसपछि उसलाइ यौन र हिंसा सम्बन्धी चलचित्रहरू हेर्न बाध्य बनाइएको छ, जसमध्ये केहीमा त उसको मनपर्ने संगीतकार लुडविग भ्यान बीथोभनको संगीत पनि छन्। एलेक्स ती चलचित्रहरूलाइ घृणा गर्न थाल्छ। उसलाइ डर हुन्छ कि कतै यस प्रविधिको प्रयोग र बिथोभनको संगित सुनेर बिरामी त परिने होइन? त्यसैले उसले तुरून्त यो उपचार रोक्न भिख माग्छ।

दुई हप्ता पछि, मन्त्रीले अधिकारीहरूको भेलामा एलेक्सको पुनःस्थापना प्रदर्शन गर्छन्। एलेक्स एक अभिनेता विरुद्ध जवाफी हमला गर्न असमर्थ हुन्छ जसले उसमाथी हमला गर्छ। त्यस्तै एक वस्त्रविहिन महिलासँग यौन सम्बन्ध राख्न पनि ऊ असमर्थ हुन्छ। जेलका पादरीले यसो गर्नु भनेको एलेक्सको आफ्नो स्वतन्त्र इच्छा लुटिनु हो भनी गुनासो गर्छन् तर मन्त्रीले लुडोभिको प्रविधिको प्रयोगले अपराध घटाउनेछ र जेलमा रहेका भीडलाई कम गर्नेछ भनी पादरीलाइ सम्झाउँछन्।

एलेक्सलाइ एक स्वतन्त्र मानिसको रूपमा जेलबाट बाहिर पठाइन्छ। आफ्नो घरमा पुगेपछि एलेक्सले उसको सिकार बनेका पीडितलाई क्षतिपूर्ति दिनका लागि उसको व्यक्तिगत सामान र सम्पत्ति बाबुआमाले बेचेको कुरा थाहा पाउँछ भने उसको कोठा समेत बाहालमा लगाएको कुरो पनि थाहा पाउँछ। घरमा बास नपाउने छाँटकाट पाएपछी एलेक्स सडकमा आउँछ जहाँ उसको भेट एक आवारा वृद्धसँग हुन्छ जसलाई एलेक्सकै गिरोहले धेरै वर्ष अघि आक्रमण गरेको हुन्छ। तिनै वृद्ध र उनका साथीहरूले एलेक्समाथी हमला गर्छन्। एलेक्सलाइ उक्त हमलाबाट दुईजना पुलिसहरूले बचाउँछन् जो उसकै पुरानो ड्रुग्सका सदस्य डिम र जर्जी हुन्छन्। उनीहरूले एलेक्सलाई कन्ट्री-साइडमा लगेर कुटपिट गर्छन् र उसलाइ छोड्नु अघि लगभग पानीमा डुबाएर मार्नै खोज्छन्। त्यसपछि एलेक्स घिस्रँदै लगभग अचेत अवस्थामा नजिकैको घरको ढोकासम्म पुग्छ।

होसमा आउँदा एलेक्सले आफूलाई अलेक्ज्याण्डरको घरमा पाउँछ, जहाँ अलेक्ज्याण्डरको हेरचाहकर्ता जुलियनले उसलाई हेरचाह गरिरहेको छ। अलेक्ज्याण्डरले एलेक्सलाई अघिल्लो आक्रमणबाट चिन्न सक्दैनन् (किनकी त्यससमय उनीहरूले अनुहारमा मास्क लगाउने गर्थे) तर एलेक्स र लुडोभिको प्रविधि बारे उनले अखबारमा पढेका छन्। लेखकले एलेक्सलाई एक राजनीतिक हतियारको रूपमा देख्छन् र उसलाई आफ्ना सहकर्मीहरू समक्ष प्रस्तुत गर्न तयार गर्छन्। बाथटबमा नुहाउने क्रममा एलेक्सले "सिङ्गिङ् इन दि रेन" गाउँछ जसले गर्दा अलेक्ज्याण्डरले महसुस गर्छन् कि एलेक्स उनी र उनको पत्नीलाई कुटपिट गर्ने व्यक्ति हो। आफ्ना सहकर्मीहरूको सहयोगमा, अलेक्ज्याण्डरले एलेक्सलाई ड्रग दिन्छन् र माथिल्लो तलाको कोठामा बन्द गर्छन्। उनले तलको भुइँ तल्लाबाट ठूलो स्वरले बीथोभनको नवौँ सिम्फनी प्ले गरिदिन्छन्। एलेक्स यो ध्वनी सुन्नासाथ बिरामी भएको आभाष गर्छ र पीडालाई प्रतिरोध गर्न असमर्थ भएका कारण झ्यालबाट हाम फालेर आत्महत्या गर्ने प्रयास गर्दछ।

एलेक्स हड्डी भाँचिएको अवस्थामा अस्पतालमा उठ्छ। मनोवैज्ञानिक परीक्षणहरूको एक शृङ्खला दिइने क्रममा, एलेक्सले थाहा पाउँछ कि उसलाइ अब उप्रान्त हिंसा र यौनप्रति घृणा छैन। त्यसपछि आन्तरिक मामिला मन्त्री आउँछन् र एलेक्ससँग माफी माग्छन्। उनले एलेक्सको ख्याल राख्ने र उसलाई चुनावी अभियान र जनसम्बन्धको प्रतिक्रियात्मक सहयोग गरे त्यसको बदलामा एलेक्सलाई जागिर दिने प्रस्ताव गर्छन्। सद्भावनाको संकेतको रूपमा, मन्त्रीले बीथोभनको नवौँ सिम्फोनी प्ले गर्न स्टेरियो प्रणाली ल्याउँछन्। एलेक्स तब हिंसाको बारेमा सोच्छ र एक अनुमोदनकारी भीडको अगाडि एक महिलासँग यौन सम्बन्ध राख्ने ज्वलन्त विचारहरू राख्छ, र सोच्छ, "म ठीक भएँ, सब ठीक छ!"

पात्रहरू[सम्पादन गर्नुहोस्]

माल्कम म्याकडोवेल एलेक्स डीलार्ज का रूपमा।
  • एलेक्स डिलार्ज को रूपमा माल्कम म्याकडोवेल
  • श्री फ्रैंक अलेक्ज्याण्डरको रूपमा प्याट्रिक म्यागी
  • माइकल बेट्स मुख्य गार्ड बार्नेस को रूप मा
  • वारेन क्लार्क डिमको रूपमा
  • स्टेज एक्टरको रूपमा जोन क्लाइभ
  • श्रीमती मेरी अलेक्ज्याण्डर को रूपमा एड्रियन कोरी
  • डा ब्रोडस्कीको रूपमा कार्ल ड्यूरि
  • ट्राम्पको रूपमा पॉल फारेल
  • जो लॉजरको रूपमा क्लाइभ फ्रान्सिस
  • माइकल जोभर जेल राज्यपाल को रूप मा
  • मिरियम कर्लिन क्याटलडीको रूपमा
  • जर्जियाको रूपमा जेम्स मार्कस
  • अब्रे मोरिस पीआर डेल्टोइडको रूपमा
  • गडफ्रे क्वीग्ले जेल जेलिनको रूपमा
  • शीला रेनोर आमाको रूपमा
  • मेज रयान डा बार्नमको रूपमा
  • एन्डोनी शार्प फ्रेडरिक, गृह मन्त्रीको रूपमा
  • बुबाको रूपमा फिलिप स्टोन
  • माइकल टार्न पीटको रूपमा
  • जूलियनको रूपमा डेभिड प्रोवेज
  • क्यारोल पेयजल पानी नर्स Feeley रूपमा
  • स्टीभन बर्कफ डेटका रूपमा
  • कन्स्ट टम
  • मार्गरेट टाइज्याक कन्सप्यारेटर रुबिन्स्टेनको रूपमा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "A Clockwork Orange", British Board of Film Classification, अन्तिम पहुँच ५ अक्टोबर २०१३ 
  2. २.० २.१ "A Clockwork Orange (1972)", Box Office Mojo, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१४