आइओएस जेलब्रेकिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आईओएस जलाशय भण्डार, सिडिया

आईओएस जेलब्रेकिङ्ग एउटा प्रक्रिया हो जसले एप्पल आइएनसी द्वारा उसको डिभाइस जुन आइओएस अपरेटिंग सिस्टमसंग सम्बन्धित हुन्छ त्यसमा लगाइएको सीमिततालाई सफ्टवेयर तथा हार्डवेयरबाट हटाउने काम गर्दछ। यो प्रक्रिया एप्पल आइफोन,आइपोड टच,आइप्याड तथा दोश्रो पुस्ताको एप्पल टिभीमा काम गर्दछ।जेलब्रेकिंगले आइओएसको रुट भित्र प्रवेश गरेर तिनीहरूलाई अतिरिक्तरूपमा अप्लिकेसन,एक्सटेन्सन तथा थीम डाउनलोड गर्न मद्दत गर्दछ जुन एप्पलको आधिकारिक एप स्टोरमा उपलब्ध हुदैन।जेलब्रेक मुलत: एप्पल डिभाइसलाई जेलबाट मुक्त गर्ने भएको हुँदा यसलाई जेलब्रेक भनिन्छ जुन प्राविधिकरूपमा युनिक्सबाट निस्केको हो।एउटा जेलब्रेक आइफोन,आइपोड र आइप्याड जुन आइओसबाट चलिरहेको हो उसले सामान्य अवस्था (जुन एउटा जेलब्रेक नभइसकेको एप्पल डिभाइस) जस्तै एपस्टोर,आइट्युन तथा अन्य कार्य गर्न सक्दछ। जसरी एन्ड्रोइड डिभाइसलाई रुट गरेर अन्य एप्लिकेसन चलाउन सकिन्छ त्यसरीनै एप्पल डिभाइसलाई एप्पलद्वारा प्रतिबन्धित एप्स चलाउन जेलब्रेक गर्नु अत्यन्त जरुरी हुन्छ। जेलब्रेकिंग कानुनीरूपमा सही छ अथवा छैन त्यो देशको कानुनमा निर्भर गर्ने कुरा हो।