आओमोरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आओमोरी प्रिफेक्चर (青森県, Aomori-ken) जापानको एक प्रदेश हो। यस प्रदेशको राजधानीको नाम पनि आओमोरि शहर हो। यो प्रदेश जापानको मुख्य टापु (होन्शु) को उत्तर मा पर्दछ। पूर्वमा प्रशान्त महासागर, दक्षिणपूर्वमा इवाते प्रदेश, दक्षिणपश्चिममा अकिता प्रदेश, पश्चिममा जापानको सागर रहेको छ। ९,६४५.६४ बर्ग किमी क्षेत्रफल भएको आओमोरी प्रीफेक्चर जापानको ८ औँ ठूलो प्रदेश हो। यहाँ ११.८ लाख मानिस बसोबास गर्छन । लगभग ४५% बासिन्दाहरू दुई मुख्य शहरहरू, ओमोरी र हाचिनोहेमा बस्छन्। प्रदेशको अधिकांश भागमा जङ्गल र पहाडी भूभाग रहेको छ।[१]

यस क्षेत्रमा मानिसहरूले करिब १५,००० वर्षदेखि बसोबास गरेको प्रमाण भेटिन्छ। यो कुरा त्यहाँ भेटिएको माटोका भाँडाहरू बाट प्रमाणीत हुन्छI ७००० ईसा पूर्व सम्ममा यहाँ माछा मार्ने संस्कृति विकसित भएको थियो। लगभग ३९०० ईसा पूर्वमा हालको आओमोरि सहरमा बसोबास सुरु भएको थियो। तर केहि अज्ञात कारणहरूका कारण २३०० ईसापूर्वमा यहाँको सभ्यता लगभग समाप्त भएको थियो। [२]

सन्दर्भ सामाग्री‍‍‌‌[सम्पादन गर्नुहोस्]

  1. Prefecture, Aomori, "Aomori Prefecture, Japan", www.britannica.com, The Editors of Encyclopedia Britannica, अन्तिम पहुँच ४ मे २०२२ 
  2. Junko Habu; Mark Hall (१ डिसेम्बर २०१३), "Climate Change, Human Impacts on the Landscape, and Subsistence Specialization: Historical Ecology and Changes in Jomon Hunter-Gatherer Lifeways", The Archaeology and Historical Ecology of Small Scale Economies (University of California, Berkeley), आइएसबिएन 9780813042428, अन्तिम पहुँच ३० जुन २०२०