सामग्रीमा जानुहोस्

आगन्तुक शब्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संस्कृत भाषाबाहेक अन्य भाषाबाट नेपाली भाषामा प्रयोग गरिनु आगन्तुक हो। आगन्तुक शब्दहरू नेपाली वर्ण विन्यासका नियमअनुसार लेखिन्छन्। आगन्तुक प्रयोगमा नेपालीमूलक नियमको पछ्याइ बढ्दो छ। जस्तै: स्कूल, महसुस, शहीद, बक्खु, तुम्बा, क्वाँटी, कच्चा आदि।


त्र बाट निर्माण भएर संख्या जनाउने शब्दलाई पनि आगन्तुक शब्द भनिन्छ। जस्तै:- यत्रो , कत्रो ,त्यत्रो ,भुत्रो ,त्रिचालीस, त्रियासी आदि ।

अरबी दफा, हाकिम, नाल, हक, मौसम, राय
फारसी पुस्ता, पैसा, जागीर, जिन्दगी, किनारा
अङ्ग्रेजी नर्स, रेडियो, जङ्गल, बस, मोटर, करेन्ट
तुर्की तगारो, तोप, चक्कु, तक्मा
पोर्चुगाली गमला, गोदाम, तौलिया, पियन,फेटा, फिता
फ्रान्सेली कुपन, कार्टुन, बिगुल, पुलिस, कलेज
ल्याटिन अपरेटर, क्यालेन्डर, मिसन, बोनस
जर्मन किन्डरगार्डेन, फरेनहाइट, सेमिनार
ग्रीक थर्मस, थ्योरी, प्रोग्राम
चिनिया चाउचाउ, तुफान, मम
इटालेली सोडा, स्टुडियो
जापानी कराँते, जुडा, रिक्सा, होन्डा
नेवारी कौसी, खापा, छिडि, ज्यापू,झ्याल
तिब्बती घ्याङ्, जिम्बु, थुक्पा, दोचा
मगर औसी, आले, पटुका, थुन्से
तामाङ च्याङ्वा, डम्फु
मैथिली जन, ठाट, पटुवा, पैनी
बङ्गाली गम्छा, मुङ्गी,