आदिवासी जनजाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


१. आदिवासी को हुन् ?

आदिवासी÷जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को परिच्छेद १, दफा २ अनुसार

‘आदिवासीरजनजाति’ भन्नाले आफ्नो मातृभाषा र परम्पारगत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित तथा अलिखित इतिहास भएको अनुसूचीबमोजिमको जाति वा समुदाय सम्झनुपर्छ ।

आइएलओ महासन्धि नं. १६९ को धारा १ को उपधारा १ मा आदिवासीलाई पहिचान गर्न ३ वटा समय अवस्थालाई आधार मानिएको छ । पहिलो अवस्था भनेको जुन मुलुक या भौगोलिक क्षेत्रमा उनीहरु बसोबास गरिरहेका छन्, त्यो मुलुक या भौगोलिक क्षेत्रलाई अरुले बिजयी गर्दाको समयमा या समय पूर्वदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ । दोस्रो अवस्था भनेको जुन मुलुक या भौगोलिक क्षेत्रमा उनीहरु बसोबास गरिरहेका छन्, त्यो मुलुक या भौगोलिक क्षेत्र औपनिबेशीकरण भएको बेला या सो बेलाभन्दा अघिदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ । या तेस्रो अवस्था भनेको बर्तमान राज्यको सिमाना निर्माण हुँदाको समय या सो समय पूर्वदेखि उक्त मुलुक या भौगोलिक क्षेत्रमा बसोबास गरेका समुदायका सन्तान भनिएको छ ।

नेपालमा आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन ०५८ आएपछि त्यसले नेपालमा पहिलोचोटी आदिवासी जनजातिको पहिचान र मान्यता प्रदान गरेको हो । जसअनुसार नेपालमा हाल ५९ वटा जातीय समुदायहरु आदिवासी जनजातिका रुपमा रहेका छन् ।

२ नेपालका प्रमुख ६ बटा आदिवासी जनजातीको जनसंख्याः

आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ऐन ०५८  को अनसुचीमा सूचीकृत ६० आदिवासी जनजाति समदायको जनसंख्या राष्ट्रिय जनगणना २०७८ अनुुसार  १,०१,६८,८४४ (एक करोड एक लाख अठ्सठ्ठी हजार आठ सय चवालीस) छ। यो जनसंख्या कूल जसंख्याको ३४.८७ प्रतिशत हो ।

जनगणना २०७८ अनुसार आदिवासी जनजातीको जनसंख्या प्रमुख ६ जनजातीमध्ये पहिलो गुरुङ्गहरुको संख्या ५ लाख ४३ हजार ७ सय ९० रहेको छ । दोस्रो राइहरुको जनसंख्या ६ लाख ४० हजार ६ सय ७४ छ । तेस्रो प्रमुख जनजाती मगरको कुल जनसंख्या २० लाख १३ हजार ४ सय ९८ देखिएको छ । त्यस्तै थारुहरुको जनसंख्या  १८ लाख ७ हजार १ सय २४ छ भने  नेवार समुदायको जनसंख्या करिब १३ लाख ४१ हजार ३ सय ६३ रहेको छ ।