आमा (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मदर
लेखकम्याक्सिम गोर्की
मूल शीर्षकМать
देशरसिया
भाषारसियाली
प्रकाशित मिति
१९०७
Published in English
१९०६

द मदर (रसियाली: Мать) लेखक तथा उपन्यासकार म्याक्सिम गोर्कीद्वारा सन् १९०६ मा कारखानाका कामदारहरुका आन्दोलनमा आधारित भई लेखिएको उपन्यास हो। यस उपन्यास सन् १९०६ मा सर्वप्रथम ऐप्लटनस् म्यागजिनमा अंग्रेजीमा प्रकाशित भएको थियो[१] र रसियामा सन् १९०७ मा प्रकाशित भएको थियो।

यस उपन्यास विभिन्न भाषामा प्रकाशित भएका छन्, र धेरै चलचित्र पनि यसैमा आधारित भइ बनेका छन्। जर्मन नाट्य निर्देशक बेरटोल ब्रेस र उनका सहयोगीहरु द्वारा सन् १९३२ मा यसै उपन्यासमा आधारित भई नाटक निर्माण पनि गरेका थिए।

पृष्ठभुमि[सम्पादन गर्नुहोस्]

मदर लाई गोर्कीको एक रसियाली क्रान्तीमा आधारित भई लेखिएको लामो कृति मानिए पनि अन्य कृतिको तुल्नात्मक सफलताको दृष्टिकोणमा भने कम सफल भएको मानिन्छ।[२] यसो भनिए पनि गोर्कीका कृतीहरुमा मदर पनि अग्रपङ्तिमा पर्दछन्।[३] गोर्कीले यस उपन्यास सन् १९०६ मा अमेरिकाको भ्रमणमा हुँदा लेखेका थिए। सन् १९०५ मा, रसियाली क्रान्ति सेलाए पश्चात्, गोर्की यस उपन्यासमा क्रान्तिमा पुन: जुटाउनका लागि प्रोत्साहान स्वरुप उपन्यास लेखिएको छ।[३]

गोर्किको यस उपन्यास आफ्नो व्यक्तिगत घटनामा पनि आधारित छ, जसमा उनका आफन्त पर्ने ऐना जाल्मोभा र उनकी छोरा पोटर जाल्मोभ समावेश छन्। गोर्की साना छँदा ऐना गोर्की परिवार भेट्न आइरहन्थे। सन् १९०२ मा पोटर, सोरमोभस्की शहरमा भएको प्रदर्शनीमा समातिए पछि ऐनाले क्रान्तिकारी अभियन्ताका रुपमा पछ्याउँछन्।[३][४]

कथा सारंश[सम्पादन गर्नुहोस्]

यस उपन्यासमा, कारखानामा गरिबी र भोकमा, र मुस्किल परिस्थितमा काम गर्ने महिलाको बयान गर्दछन्। पेल्ग्या निलोभ्ना भ्लोसोभा, यस उपन्यासका मुख्य पात्र हुन्; उनकी श्रीमान् भने जड्याँहाका रुपमा प्रस्तुत गरिएका छन् र छोरेा पाबेल लाई हुर्काउन एक्लै जिम्मा पेलग्याले मात्र लिनु परेको छ।

सुरुमा पाबेल पनि आफ्ना बाबुका पदछाप पछ्याउँदै जड्याँहा बन्दै गएपनि अकस्मात् क्रान्तिकारी विचार तिर झुकाव राख्दै जान्छन्। उही पाबेल घरमा नयाँ पुस्तक ल्याउन थाल्दछन्। निलोभ्ना आफ्ना छोराका व्यवाहार देख्दा प्रथमत: अचम्मित भएपनि सहयोग गर्ने चाहन्छिन्। पाबेल लाई उपन्यासमा मुख्य पात्रका रुपमा उभ्याइए पनि, वास्तविक पात्रको भुमिकामा निलोभ्ना पनि देखिन्छिन्। अशिक्षित भएपनि मातृत्व र राजनीतिक अज्ञानता बाट माथि उठ्दै निलोभ्ना पनि क्रान्तिकारी अभियानमा होमिन्छिन्।[३]

चलचित्र र नाटक[सम्पादन गर्नुहोस्]

  • मदर (सन् १९२६ को चलचित्र)
  • डाइ मटर (जर्मन नाटक)
  • मदर (सन् १९५५ को चलचित्र)
  • मदर (सन् १९९० को चलचित्र)

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "Mother", Appleton's Magazine (New York) VII: 721ff, जुलाई–डिसेम्बर १९०६। 
  2. "Maksim Gorky", Encyclopædia Britannica, अन्तिम पहुँच अक्टोबर १, २०१५ 
  3. ३.० ३.१ ३.२ ३.३ Sollars, Michael David; Jennings, Arbolina Llamas, सम्पादकहरू (२०१५), Encyclopedia of the World Novel, Companion to literature, Infobase Learning, पृ: १४०९, आइएसबिएन 9781438140735 
  4. Margaret Wettlin (२००८), Maxim Gorky Mother, Read Books, आइएसबिएन 9781443724784