सामग्रीमा जानुहोस्

इरावन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इरावन
एउटा ठूलो जुँगा भएको पुरुषको टाउको, जसमा ठूला आँखा, ठूला कान र बाक्लो आँखीभौँ छन्। उसको मुखको दुवै तिरबाट दाह्राहरू निस्किएका छन्। टाउकोमा एउटा सोली आकारको मुकुट छ, जसको माथिल्लो भागमा नागको फँणा छ। घाँटीमा फूलको माला र सुनको हार देखिन्छ।
श्री मारिअम्मन मन्दिर, सिङ्गापुरमा पूजिने अरावन। नागको फँणाले अरावनको टाउकोलाई ओत दिएको छ।
तमिलஅரவான்
आबद्धनाग
अस्त्रतरबार, धनुष र वाण
अभिभावकहरूउलूपी (आमा)
अर्जुन (बुबा)
रानीआफ्नो मोहिनी रूपमा कृष्ण (लोक परम्पराहरूमा)

इरावान् (जसलाई इरावत[]इरावन्त पनि भनिन्छ) हिन्दु महाकाव्य महाभारत का एक सहायक पात्र हुन्। महाभारतका मुख्य नायकहरू मध्येका एक पाण्डव राजकुमार अर्जुननाग राजकुमारी उलूपीका छोरा इरावान् 'कुत्तन्तवर सम्प्रदायका केन्द्रीय देवता हुन् जुन नाम सोही परम्परामा उनलाई सामान्यतया दिइने गरिन्छ र द्रौपदी सम्प्रदायमा पनि उनले महत्त्वपूर्ण भूमिका खेल्छन्। यी दुवै सम्प्रदाय तमिल मूलका हुन्, जहाँ उनलाई गाउँका देवताका रूपमा पुजिन्छ र 'अरावन' नामले चिनिन्छ। उनी 'अली' (तमिलमा 'अरावनी' र दक्षिण एसियाभरि हिजडा) भनिने प्रसिद्ध तेस्रो लिङ्गी समुदायका संरक्षक देवता समेत हुन्।[]

महाभारत मा इरावान् १८ दिने कुरुक्षेत्र युद्धको ८औँ दिनमा वीरगति प्राप्त गरेको चित्रण गरिएको छ। यद्यपि, दक्षिण भारतीय परम्पराहरूमा पाण्डवहरूको विजय सुनिश्चित गर्न र देवी कालीलाई प्रसन्न पार्न अरावनले दिएको आत्म-बलिदानको सम्मान गर्ने पूरक अभ्यास रहेको छ। कुत्तन्तवर परम्पराले यस आत्म-बलिदानको सम्मानमा भगवान् कृष्णले अरावनलाई दिएका तीनवटा वरदानमध्ये एकमा ध्यान केन्द्रित गर्दछ। अरावनले आफ्नो मृत्युअघि विवाह गर्ने इच्छा राखेका थिए। कृष्णले आफ्नो महिला रूप मोहिनी धारण गरेर यो वरदान पूरा गरेका थिए। तमिलनाडुको कूवागममा १८ दिने उत्सवको क्रममा यस घटनालाई पुनः प्रदर्शन गरिन्छ; पहिले तेस्रो लिङ्गीहरू (हिजडा) र अरावनको भाकल गरेका पुरुष गाउँलेहरूसँग अरावनको औपचारिक विवाह गरिन्छ र त्यसपछि अरावनको बलिदानको अनुष्ठानिक प्रदर्शनपछि उनीहरूलाई विधवाको रूपमा प्रस्तुत गरिन्छ।

द्रौपदी परम्पराले अर्को वरदानलाई जोड दिन्छ। कृष्णले अरावनलाई आफ्नो काटिएको टाउकोको आँखाबाट महाभारत युद्धको सम्पूर्ण अवधि हेर्ने अनुमति दिन्छन्। अर्को १८ दिने उत्सवमा, महाभारत युद्धको अनुष्ठानिक प्रदर्शन हेर्नका लागि अरावनको टाउकोलाई एउटा स्तम्भमा ठड्याइन्छ। द्रौपदी मन्दिरहरूमा अरावनको टाउकोको आकृति सामान्य रूपमा पाइन्छ। यो प्रायः काठको टाउको हुन्छ; कहिलेकाहीँ यसको आफ्नै छुट्टै मन्दिर हुन्छ वा मन्दिरको छानाको कुनाहरूमा दुष्ट आत्माहरूबाट रक्षा गर्ने रक्षकको रूपमा राखिन्छ। अरावनलाई उनको काटिएको टाउकोको रूपमा पूजा गरिन्छ र उनले रोग निको पार्ने तथा सन्तान नभएका महिलाहरूलाई गर्भधारण गराउने विश्वास गरिन्छ।

इरावन इन्डोनेसियामा पनि परिचित छन्। जाभा टापुमा इरावनको बारेमा स्वतन्त्र परम्पराहरू विकसित भएका छन्, जहाँ उदाहरणका लागि, उनको नागसँगको सम्बन्ध टुट्छ। जाभानी परम्पराहरूले इरावानको कृष्णकी छोरी तितिसारीसँगको नाटकीय विवाह र गलत पहिचानका कारण भएको मृत्युलाई प्रस्तुत गर्दछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Sörensen (1902) p. 345 indexes the name as Irāvat.
  2. Somasundaram O, S (Jan–Mar २००९), "Transgenderism: Facts and fictions", Indian Journal of Psychiatry 51 (1): 73–75, डिओआई:10.4103/0019-5545.44917, पिएमआइडी 19742192, पिएमसी 2738402

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]