इलेभेन मिनेट्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इलेभेन मिनेट्स पाउलो कोइल्होद्वारा लिखित उपन्यास हो ।

कथा[सम्पादन गर्नुहोस्]

ब्राजिलको गाउँमा बस्ने मारिया आफ्नो भाग्य खोज्दै स्वीट्जरल्यान्ड पुग्छे तर बास्तविकता सोचेभन्दा फरक भएपछि जेनेभामा बेश्याबृत्तिमा लाग्न पुग्छे। यस पुस्तकले यौन लगायतका विषय, जस्तै बेश्याबृत्ति,पबित्र यौन जस्ता विषय उठाएको छ। यस्तो भाषाले गर्दा यस पुस्तकलाई 'कामुक' मानिएको छ।

मारिया साँचो मायाको खोजीमा छे। ऊ यस्तो जीबनमा पस्छे जहाबाट ऊ यौनका सबै पक्षको अनुभव पाएपछि यौन जागरण पाइ झन्डै आफ्नै बिनाश गर्छे। साँचो प्रेमको खोजीमा हार मान्न लागिसकेकी उसले एउटा चित्रकार भेट्छे र मायामा पर्छे। अब आफ्नो जीबन कहाँ लाने हो उसले निधो गर्नु पर्छ। मनलाई बाटो देखाउन लगाइ पछि लाग्ने हो कि आत्म बिनाशको बाटो त्याग्ने हो । कोइल्होका अरु पुस्तकजस्तै यो पनि आत्म आबिष्कारको यात्रा हो जसले पाठकलाई यौन (बेश्याबृत्तिमा) ,पबित्र यौन, पबित्र बेश्याबृत्ति, र मायाका सन्दर्भमा यौनको भुमिकाको बारेमा जानकारी दिन्छ।