ईन्द्रजीत थारु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इन्द्रजीत थारु नेपाली काग्रेसका नेता एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्कालाई दाङ -१बाट पराजित गरेर चर्चामा आएका माओवादीका युवा नेताको जन्म गोबरडिहा - ८ गोबरडिहामा भएको हो।

सामान्य थारु परिवारमा जन्मेका थारुले आइ ए तहसम्मको औपचारिक अध्ययन पुरा गर्नुभएको छ। २०५० सालदेखि विद्यार्थी राजनीतिमा लागेका थारु २०५४ सालमा एरिया सदस्य हुँदै २०५९ सालमा दाङ जिल्लाको जनसरकार प्रमुख हुनुभएको थियो।

दाङको सहइन्चार्ज एवं क्षेत्रीय ब्युरो सदस्य भएका थारु अन्तरिम संसदमा पनि सदस्य हुनुहुन्थ्यो। थारुका बुबा इन्टरप्रसाद र आमा काशीदेवी परशुनारायणका कमैया हुनुहुन्थ्यो। चुनाव हुनु २ दिनअघि चैत २६ गते लमहीमा गोली चल्दा थारुका ७ जना कार्यकर्ताको ज्यान गएको थियो।

थारु राष्टिय मुक्ति मोर्चाका महासचिव एवं उपाध्यक्ष तथा थारुवान राज्य समितिका सदस्य पनि हुनुहुन्छ। माओवादीले जन आकांक्षा अनुसार काम गरी देशमा परिवर्तन गर्छ भन्ने विश्वासले जनताले आफूलाई विजय बनाएको थारुको धारणा छ। संविधानसभामा माओवादी घोषणापत्र अनुसार शोषित वर्गको हितमा र आदीवासीहरूको पक्षमा आवाज उठाउने आफ्नो लक्ष्य रहेको थारु बताउनुहुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]