श्रेणी:जीवनी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जीवनी स्वामी श्रीरामानुजाचार्य जगद्गुरु स्वामी रामानुजाचार्यको जन्म भारतको तमिलनाडु प्रदेशको श्रीकाञ्चीको सन्निकट पेरुदुम्बर (भूतपुरी) भन्ने ठाउँमा भएको थियो । उहाँको जन्म वि.सं. १०७४ साल वैशाख महिनाको आद्र्रा नक्षत्रमा भएको थियो । माता कान्तिमती र पिता केशवाचार्यका पुत्रका रुपमा जन्म लिएका स्वामी रामानुजाचार्यले आफ्नै पिताबाट प्रारम्भिक शिक्षा वेद अध्ययन गर्नुभएको थियो भने उपनिषद् वेदान्त आदिको शिक्षा आचार्य श्रीयादवप्रकाशबाट ग्रहण गर्नुभएको थियो । अध्ययनपश्चात् रक्षकाम्बा नाम गरेकी कन्यासँग उहाँको विवाहसंस्कार सम्पन्न भएको थियो । रक्षकाम्बा र रामानुजाचार्यको प्रवृत्ति अनुकुल नभएकाले वैवाहिक सम्बन्ध धेरै समय टिक्न सकेन । उहाँबाट सन्तान पनि भएका थिएनन् । विवाह भएको केही समयपछि रामानुजाचार्यको पिताको देहावसान भयो । त्यसपछि उहाँले आफ्नो अध्ययनको इच्छा पूरा नभएको भन्दै अध्ययनका निमित्त विभिन्न आचार्यहरुकहाँ पुग्नुभयो । त्यसैक्रममा उहाँ श्रीरङ्गम्मा पुग्नुभयो र भगवान्को सेवा आराधनामा संलग्न हुनुभयो । उहाँले यामुनाचार्य नामक आचार्यसँग भेट्ने र दीक्षा तथा अध्ययन गर्ने इच्छा गर्नुभएको थियो तर उहाँसँग भेट हुन नसकेपछि महापूर्णाचार्य स्वामीजीसँग दीक्षा लिनुभएको थियो । रामानुजाचार्य स्वामीजीले आचार्य महापूर्णसँग आफूलाई मन्त्रार्थको रहस्यात्मक तŒवज्ञान दिनुहुन अनुरोध गर्नुभयो । आचार्य महापूर्णले रामानुजाचार्यलाई गोष्ठीपूरम्मा गोष्ठीपूर्ण स्वामीजीसँग जान निर्देशन दिनुभयो । रामानुजाचार्य स्वामीजीले गोष्ठीपूर्ण स्वामीजी भएको ठाउँमा गई साष्टाङ्ग प्रणाम गरेर आफूलाई मन्त्रार्थ उपदेश दिनुहुनका लागि अनुरोध गर्नुभयो । तर गोष्ठीपूर्ण स्वामीजीले रामानुजाचार्यलाई “मन्त्रार्थ यती सस्तो छैन र यति सजिलै प्राप्त गर्न सकिँदैन । यसका लागि योग्य अधिकारी हुनुपर्छ । मैले त कसैलाई पनि योग्य अधिकारी देखेका छैन” भनेर पठाइदिनुभयो । रामानुजाचार्य स्वामीजी खिन्न भएर श्रीरङ्गम् फर्किनुभयो । केही समयपछि रङ्गनाथ भगवान्को दर्शनका लागि गोष्ठीपूर्ण स्वामीजी श्रीरङ्गम्मा आउनुभएको थियो । रङ्गनाथ भगवान्ले पूजारीबाट गोष्ठीपूर्ण स्वामीजीलाई प्रसाद दिलाउनुभयो र पूजारीका मुखबाट रामानुजाचार्यलाई मन्त्रार्थ उपदेश प्रदान गर्न भन्नुभयो । भगवान्को इच्छाअनुसार गोष्ठीपूर्णाचार्यले रामानुजाचार्यलाई बोलाउनुभयो तर मन्त्रार्थको महŒव बताउँदै फेरी पनि उपदेश नदिई पठाइदिनुभयो । यसरी अठारपटकसम्म रामानुजाचार्यलाई फर्काइदिनुभयो । कुनै समयमा एकजना शिष्यले गोष्ठीपूर्ण स्वामीजीसँग मन्त्रार्थको उपदेश सुन्न नपाएकोमा दुःखी भएको बताएपछि गोष्ठीपूर्ण स्वामीजीले रामानुजाचार्यलाई मन्त्रार्थ सुन्नका लागि एक्लै पठाइदिन भन्नुभयो । रामानुजाचार्य आफ्ना केही शिष्यहरूसँग जानुभयो र गोष्ठीपूर्ण स्वामीजीलाई साष्टाङ्ग गर्नुभयो । स्वामीजीले रामानुजाचार्यलाई एक्लै बोलाएर गोप्य राख्ने शर्तमा न्यास, ध्यान, मुद्रा आदि विधिसहित सर्वसिद्धिमन्त्रको अर्थको तŒवज्ञानको उपदेश दिनुभयो । रामानुजाचार्यले गोष्ठीपूर्ण स्वामीजीबाट मन्त्रार्थ श्रवण गरिसकेपछि त्यो मन्त्र श्रवण व्यक्तिले नरकमा जानुपर्दैन, मोक्ष प्राप्त गर्दछ भन्ने जान्नुभयो । एकातर्फ रामानुजाचार्य स्वामीजीलाई गोष्ठीपूर्ण स्वामीजीले अनधिकृत व्यक्तिलाई मन्त्रार्थ उपदेश नगर्नू भन्नुभएको थियो, अर्कोतर्फ अनादिकालदेखि संसारमा अनेक दुःख पाएर भड्किइरहेका जीवहरूलाई यो मन्त्रार्थ उपदेश गर्न पाए उनीहरूको कल्याण हुने थियो भन्ने उदार भावना आएको थियो । रामानुजाचार्यले सबैको उद्धार गर्ने भावनाले श्रीरङ्गम्मा भगवान्को उत्सवको दर्शन गर्न आएका भक्तहरू सबैलाई बोलाएर आफू मन्दिरको गोपुरमा चढी मन्त्रार्थको उपदेश गर्नुभयो । गोष्ठीपूर्ण स्वामीजीले रामानुजाचार्यलाई अनधिकारीलाई किन उपदेश दिएको भनेर गाली गर्नुभयो । रामानुज तिमीले गुरुद्रोह गरेका छौ, तिमीलाई गुरुद्रोह गर्नेको स्थिति कस्तो हुन्छ थाहा छ ? थाहा छ आचार्यवर ! मैले हजुरको आज्ञाको उल्लँघन गरेको छु । गुरुको आज्ञाको उल्लङ्घन गर्नेले नरक प्राप्त गर्दछ । त्यसो भए तिमीले किन त्यसरी मन्त्रार्थ सार्वजनिक गर्यौ त भनेर स्वामीजीले सोध्नुभयो । रामानुजाचार्यले हजुरले नै “यो मन्त्रार्थ सुन्ने व्यक्तिले मोक्ष प्राप्त गर्छन् भन्नुभएको थियो त्यसैले यी सबै भक्तहरूले मोक्ष प्राप्त गर्न सकून् भनेर मैले सबैलाई बोलाएर मन्त्रार्थ सुनाएको हुँ, म एक्लैले नरक भोगेर यी सबै भक्तहरूले मोक्ष प्राप्त गर्न सक्छन् भने मैले नरक भोग्दा सौभाग्य सम्झन्छु” भन्नुभयो । रामानुजाचार्यको कुरा सुनेर गोष्ठीपूर्ण स्वामीजीका आँखा प्रेमले रसाए । उहाँले ममा ज्ञान हुँदाहुँदै पनि यस्तो भावना किन आएन भनेर पश्चात्ताप गर्नुभयो । वास्तवमै संसारमा को यस्तो व्यक्ति होला जो अरुको कल्याणका लागि आफू नरक जान पनि तयार हुन सक्छ ? पक्कै पनि यस्तो उदार भावना भावना सामान्य व्यक्तिमा हुन सक्दैन, रामानुजाचार्य पक्कै पनि भगवान्कै अवतार हुनुपर्छ भन्ने सोच्नुभयो र आफूले मन्त्रार्थ उपदेश गरेको भएपनि रामानुजाचार्यलाई आफ्नो गुरु मानेर मन्नाथ अर्थात् मेरा स्वामी भनेर रामानुजाचार्यलाई बोलाएन लाउनुभयो । त्यसै समयदेखि नै विशिष्टाद्वैत सिद्धान्त रामानुजसिद्धान्तका नामले प्रसिद्ध हुन थाल्यो । वास्तवमै रामानुजाचार्य स्वामीजीले अंगालेको यस उदार सम्प्रदाय श्री अर्थात् लक्ष्मीबाट प्रारम्भ भएकाले श्रीसम्प्रदाय भनिन्थ्यो । रामानुजाचार्यको त्यस महान् कार्यपछि त्यो सम्प्रदाय रामानुज सम्प्रदायका नामले प्रसिद्ध हुन पुग्यो । “लोकाः समस्ताः सुखिनो भवन्तु” अर्थात् सम्पूर्ण प्राणीहरू सुखी होउन् भन्ने यस्तो विशाल भावना भएका स्वामी रामानुजाचार्यले सम्पूर्ण प्राणीहरूको कल्याणार्थ भक्तिमार्गको समर्थनमा गीता, उपनिषद्, ब्रह्मसूत्र आदिमा भाष्य लेख्नुभएको थियो । वेदान्त सूत्रमा रामानुजाचार्यले लेखेको भाष्य श्रीभाष्यका नामले लोकमा प्रसिद्ध छ । सारा लोकको कल्याणार्थ अवतीर्ण भएका रामानुजाचार्य १२० वर्षसम्म यस लोकमा रही वैदिक सनातन धर्मको संरक्षण सम्वर्धन गरी वि.सं. ११९७ सालमा परमधाम जानुभएको थियो । -चेेतनारायण लामिछाने

उपश्रेणीहरू

यो श्रेणीका जम्मा ३२ श्रेणीहरू मध्ये निम्न ३२ उपश्रेणीहरू छन्।

"जीवनी" श्रेणीमा भएका लेखहरू

कुल ३,४०२ मध्ये यो श्रेणीमा २०० पृष्ठहरू रहेका छन्।

(अघिल्लो पृष्ठ) (अर्को पृष्ठ)

(अघिल्लो पृष्ठ) (अर्को पृष्ठ)