अमृता प्रीतम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अमृता प्रीतम
जन्म(१९१९-०८-३१)अगस्ट ३१, १९१९
गुजरावाला, पञ्जाब, भारत
मृत्युअक्टोबर ३१, २००५(२००५-१०-३१) (८६ वर्ष)
नयाँ दिल्ली, भारत
पेशाउपन्यासकार, कवि, निबन्धकार
राष्ट्रियताभारतीय
काल१९३६-२००४
विधाकविता, गद्य, जीवनी
विषयहरूभारतको विभाजन, महिला, सपना
उल्लेखनीय कार्यहरूसुनहरे (कविता), रसीदी टिकट, पिंजर (उपन्यास)
दम्पतिप्रितम सिंह

अमृता प्रीतम (१९१९-२००५) पञ्जाबीको सबैभन्दा लोकप्रिय लेखकहरू मध्ये एक थिइन् । पञ्जाबको गुजरावाला जिल्लामा जन्मेकी अमृता प्रितमलाई पञ्जाबी भाषाको पहिलो कवियत्री मानिन्छ । उनले लगभग १०० पुस्तकहरू लेखेकी छिन् जसमा उनको चर्चित आत्मकथा 'रसीदी टिकट' पनि समावेश रहेको छ । अमृता प्रितम त्यो साहित्यकाहरू मध्ये थिइन् जसको कृतिहरूलाई अनेक भाषाहरूमा अनुवाद गरिएको थियो । आफ्नो अन्तिम दिनहरूमा अमृता प्रितमलाई भारतको दोस्रो सबभन्दा ठुलो सम्मान पद्म विभूषण पनि प्राप्त भएको थियो । उनलाई साहित्य एकेडेमी पुरस्कारले पहिले नै सम्मानित गरिएको थियो ।[१]

जीवनी[सम्पादन गर्ने]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

अमृता प्रीतमको जन्म जन्म 31 अगस्त, 1919 मा भएको थियो । अमृता एक कवयित्री थिइन् र उनका कविताहरु भावना, प्रेम र संवेदनाहरुले भरिएका हुन्थे ।

शिक्षा एवम् कार्यजीवन[सम्पादन गर्ने]

अमृताको बाल्यकाल लाहौरमा बित्यो र शिक्षाा पनि वही नै सम्पन्न भयो ।

साहित्यिक यात्रा[सम्पादन गर्ने]

अमृता प्रीतम लेखनयात्रा पंजाबी भाषाबाट शुरुवात गरिन् र किशोरावस्थाबाटै कविता, कथा र निबंध लेख्न शुरु गरिन् । अमृता जब ११ वर्षकी थिइन् त्यही समयमा नै उनी आमाको निधन भयो जसले गर्दा घरको जिम्मेवारी उनको काँधमा आइपर्‍यो । उनी ती कम साहित्यकारहरुमध्ये हुन् जसको पहिलो संकलन १६ वर्षको उमेरमा प्रकाशित भएको थियो । फेरि १९४७ साल भारत-पाकिस्तान विभाजनको समय आयो, उनीले विभाजनको पीडा सहनुपर्‍यो, र त्यो पीडालाई उनले धेरै नजीकबाट महसुस गरेकी थिईन्, उनका केही कथाहरुमा त्यो पीडा महसूस गर्न सकिन्छ । विभाजनको समयमा उनका परिवार भारतको दिल्लीमा आएर बस्यो । अब उनले पंजाबीको साथ-साथ हिन्दीमा पनि लेख्न शुरु गरिन् ।[२]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

अमृताको ६ वर्षको उमेरमै विवाहको लागि कुरा छिनिएको थियो र ११ वर्षकै सानै उमेरमा उनकी आमाले उन्लाई छोडिन् । उनी १६ वर्षकी हुँदा नै उनले आफ्नो पहिलो पुस्तक पुरा गरिन् र १६ वर्षकै उमेरमा उनको विवाह प्रीतम सिंह सँग भयो जो एक सम्पादक पनि थिए । अमृता बेहद भावुक थिइन्, तर त्यत्तिकै सुन्दरताका साथ उनलाई आफ्नो भावना र सम्बन्धको बीच सामंजस्य मिलाउन आउँथ्यो । आजीवन उनले साहिरसँग प्रेम गरिन् । दुइ छोराछोरीकी आमा पनि भइन् । साहिरसँगको प्रेम मनमा भएका कारण वैवाहिक जीवनबाट बाहिर निस्कन फैसला लिइन र फेरि साहिरले पनि उनको साथ छोडे तर पनि सम्मानका साथ त्यो सम्बन्धबाट उनी अलग भइन् ।[३] उनको प्रीतम सिंहसँगको वैवाहिक जीवन सन् १९६० मा तलाकका साथ टुट्यो ।[२]

‍साहिर प्रेम[सम्पादन गर्ने]

अमृता साहिर लुधियानवीलाई अथाह प्रेम गर्थिन् । साहिर लाहौरमा उनको घर आइरहन्थे । भेटमा उनीहरु घणटौंसम्म चुपचाप बस्दथे । साहिरलाई सिगरेट पिउने आदत थियो, उनी एक के बाद एक लगातार सिगरेट पिउने गर्दथे । उनी हिंडेपछि सिगरेटको ठूटोलाई साहिरको ‌ओंठको निशानलाई महशुस गर्नका लागि अमृता पुनः पिउने गर्थिन् । यसैगरी अमृतालाई सिगरेट पिउने लत साहिरबाट लागेको थियो, जुन आजीवन कायम रह्यो । सारा जीवनर अमृताले साहिरलाई भुल्न सकिनन् । साहिर पनि उनलाई प्रेम गर्दथे र दुवै एक अर्कालाई चिट्ठी लेख्ने गर्दथे । पछि साहिर मुम्बइ गए तर पनि उनीहरुको प्रेम कायमै रह्यो । अमृतादेखि टाढा भएकै कारण साहिरको जीवनमा सुधा मल्होत्रा आएकी थिइन् भन्ने गरिन्छ । यद्यपि दुवैको दिलमा एक अर्काको लागि प्रेम खतम भएको भने थिएन । अमृताले साहिरले पिएका सिगरेटको ठूटोहरु संभालेर राखेकी थिइन् भने साहिरले पनि अमृता पिएको चियाको कप संभालेर राखेका थिए भन्ने गरिन्छ । साहिरले अमृताले पिएको चियाको कप बर्षौंसम्म नधोइ राखेका थिए । तर पछि दुवै अलग भए । भनिन्छ, प्रेममा अमृता जत्तिको समर्पण साहिरको प्रेममा थिएन । कोही कोही ता यतिसम्म भन्ने गर्थे कि उनको प्रेम एकतर्फी थियो ।[३]

इमरोजसंगको सम्बन्ध[सम्पादन गर्ने]

अमृता स्वतन्त्रता विचार भएका आम युवतीहरुका लागि एक रोल मोडल थिइन् । यद्यपि स्वतन्त्रता भन्नाले उनका लागि भावनात्मक स्वतन्त्रता र सामाजिक स्वतन्त्रता थियो । आज पनि समाजमा लिव-इन स्वीकार्य छैन तर पनि त्यो जमानामा पनि अमृता इमरोजसंग लिव-इनमा रहिन् । तर त्यो सम्बन्धमा सम्मान र समर्पण थियो । उनलाई जीवनको आखिरी समयमा सच्चा प्रेम इमरोजको रुपमा पाइन् । तर उनको जीवनको उतर-चढावलाई उनको आत्मकथा को रूपमा लेखियो, खुशवंत सिंहको सुझावमा उनको जीवनीलाई रशीदी टिकट नाम दिइयो ।[३]

अमृताको जीवनमा इमरोज निकै ढिलो आए । कहिलेकाहीं अमृता इमरोजसँग गुनासो गर्ने गर्थिन र सोध्ने गर्थिन्, 'तिमीले मलाई मेरो जिन्दगीको साँझमा किन भेट्यौ, यदि भेट्नु नै थियो भने दिनमा भेट्नुपर्थ्यो' । दुबैले एक साथ बस्ने फैसला गरे र पहिलो दिनदेखि नै दुबै एकै छानोमा अलग-अलग कोठामा बस्न थाले । जब इमरोजले अमृतासङ्ग बस्ने चाहना व्यक्त गरे तब उनले भनिन् सारा संसार घुमेर आउ र फेरि पनि तिमी सङ्गै बस्ने चाहन्छौ भने पनि म यहीं ठाउँमा तिम्रो इन्तजार गरिराखेको हुनेछु । भनिन्छ, तब कोठाको सात चक्कर लगाएपछि इमरोजले भने कि सारा दुनिया घुमे, म अझै पनि तिम्रो साथमै बस्ने चाहना छ ।

जब अमृता रातीको समयामा शान्तिसङ्ग लेख्ने गर्थिन् तब इमरोज सुस्तरी चियाको कप राखेर जान्थे । यो क्रम चालीस पचास बर्षसम्म चल्यो । जब इमरोज उनलाई स्कूटरमा कतै लैजान्थे अमृताको औंलाहरु हमेशा इमरोजको पीठमा केही केही लेखिरहन्थे । र यो कुरा इमरोजलाई पनि थाहा थियो कि लेखेको शब्द साहिर नै हो भनेर । जब उनलाई राज्यसभाको लाथि मनोनीत गरियो, हरेक दिन इमरोज उनीसङ्ग संसद भवन जान्थे र बाहिर बसेर घण्टौंसम्म अमृता नआाउन्जेलसम्म पर्खिराखेका हुन्थे । अक्सर मानिसहरु सम्झन्थे कि इमरोज अमृताका ड्राइभर हुन् । यति मात्र नभई इमरोजले अमृताका लागि आफ्नो करियरको साथ पनि सम्झौता गरे । उनलाई केही राम्रा अफर आए तर उनले अमृताको साथ रहनका लागि त्यसलाइ पनि त्यागिदिए । गुरुदत्तले इमरोजलाई मनमुताबिक शर्त अनुसार काम गर्न अफर गरेका थिए तर अमृतालाई लाग्यो कि उनले पनि साहिरले झै छाडेर नजाउन् त्यसैले उनले नजाने फैसला गरे ।[३]

मृत्यु[सम्पादन गर्ने]

जीवनको अन्तिम समयमा उनलाई हिंड्न डुल्न काफी तकलीफ हुन्थ्यो । त्यो समयमा उनलाई खाना खुवाउन, नुहाउन, घुमाउन जस्तो सम्पूर्ण दैनिक कार्य इमरोजले गर्ने गर्थे । बीमारीको लामो समयपछि अमृता प्रीतमले ३१ अक्टुबर, २००५ मा आफ्नो प्राण त्यागिन् । तर इमरोज भन्ने गर्थे कि अमृता उनलाई छाडेर जान सक्दिनन्, अझै पनि अमृता उनीसङ्गै छन् ।[३] उनका कविता, कथा, नज्म र संस्मरणहरु सदैव मानिसहरुका बीच हुनेछन् र उनका साहित्यहरुले मार्गदशर्न गरिरहनेछन् । अमृता प्रीतम जस्तो साहित्यकार सँधै पैदा हुँदैनन्, उनको मृत्युसङ्गै एक युगको अन्त्य भएको छ । [४]

लेखनशैली[सम्पादन गर्ने]

लेखन एवम मुख्य कृतिहरू[सम्पादन गर्ने]

उपन्यास[सम्पादन गर्ने]

  • पाँच बरस लंबी सड़क
  • पिंजर
  • अदालत
  • कोरे कागज़
  • उनचास दिन
  • सागर और सीपियाँ
  • नागमणि
  • रंग का पत्ता
  • दिल्ली की गलियाँ
  • तेरहवाँ सूरज
  • जिलावतन (१९६८)|

आत्मकथा[सम्पादन गर्ने]

  • रसीदी टिकट (१९७६)

कथा सङ्ग्रह[सम्पादन गर्ने]

  • कहानियाँ जो कहानियाँ नहीं हैं
  • कहानियों के आँगन में

संस्मरण[सम्पादन गर्ने]

  • कच्चा आँगन
  • एक थी सारा।

कविता[सम्पादन गर्ने]

  • अमृत लहरें (१९३६)
  • जिन्दा जियां (१९३९)
  • ट्रेल धोते फूल (१९४२)
  • ओ गीता वालियां (१९४२)
  • बदलम दी लाली (१९४३)
  • लोक पिगर (१९४४)
  • पगथर गीत (१९४६)
  • पंजाबी दी आवाज(१९५२)
  • सुनहरे (१९५५)
  • अशोका चेती (१९५७)
  • कस्तूरी (१९५७)
  • नागमणि (१९६४)
  • इक सी अनीता (१९६४)
  • चक नाबर छ्त्ती (१९६४)
  • उनीझा दिन (१९७९)
  • कागज़ ते कैनवास (१९८१) - ज्ञानपीठ पुरस्कार

पुरस्कार[सम्पादन गर्ने]

अमृतालाई राष्ट्रिय र अन्तर्राष्ट्रय पुरस्कारद्वारा सम्मानित गरियो, जस्मध्ये केही प्रमुख छन् १९५६ मा साहित्य अकादमी पुरस्कार, १९५८ मा पंजाब सरकारका भाषा विभाग द्वारा दिइएको पुरस्कार, १९८८ मा बल्गारिया वैरोव पुरस्कार; (अन्तर्राष्ट्रीय) र १९८२ मा भारतको सर्वोच्च साहित्यिक पुरस्कार ज्ञानपीठ पुरस्कार । उनी पहिलो महिला थिइन् साहित्य अकादमी पुरस्कार पाउने र साथ साथै उनी पहिलो पंजाबी महिला पनि थिइन जो १९६९ मा पद्मश्री सम्मान द्वारा सम्मानित पनि भइन् ।[२]

  • साहित्य अकादमी पुरस्कार (१९५६)
  • ’पद्मश्री’ बाट अलंकृत (१९६९)
  • डॉक्टर ऑफ़ लिटरेचर (दिल्ली युनिवर्सिटी- १९७३)
  • डॉक्टर ऑफ़ लिटरेचर (जबलपुर युनिवर्सिटी- १९७३)
  • बल्गारिया वैरोव पुरस्कार (बुल्गारिया - १९७९)
  • भारतीय ज्ञानपीठ पुरस्कार (१९८१)
  • डॉक्टर ऑफ़ लिटरेचर (विश्व भारती शांतिनिकेतनी- १९८७)
  • फ़्रांस सरकार द्वारा सम्मान (१९८७)
  • पद्म विभूषण (२००४)

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. "साहित्यकार अमृता प्रीतम रहिनन्", बीबीसी, अन्तिम पहुँच २ दिसंबर २००८ 
  2. २.० २.१ २.२ "जीवनी- अमृता प्रीतम", sabkuchgyan.com, अन्तिम पहुँच २०१८-६-१४ 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ तिवारी, प्रियंका (८/३१/२०१६), "अमृता प्रीतम ने रखी थी लिव -इन की नींव", navodayatimes.in, नवोदय टाईम्स, अन्तिम पहुँच २०१८-०६-१४ 
  4. "अमृता प्रीतम जीवनी Biography of Amrita Pritam", jivani.org, अन्तिम पहुँच २०१८-०६-१४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]