सुष्मा श्रेष्ठ
Jump to navigation
Jump to search
पूर्णिमा | |
---|---|
![]() पूर्णिमा गीत प्रस्तुत गर्दै | |
व्यक्तिगत विवरण | |
वास्तविक नाम | सुष्मा श्रेष्ठ |
विधा | चलचित्र गायिका |
पेशा | गायन |
सक्रिय वर्ष | १९७१–हालसम्म |
सुष्मा श्रेष्ठ अथवा पूर्णिमा (जन्म सन् १९६०) नेपाली मूलकी चलचित्र गायिका हुन्। यिनले नेपाली, हिन्दी, मराठी लगायत विभिन्न भाषामा गीत गाएकी छन्।
भारतको मुम्बईमा बसोबास गर्ने यिनी बलिउडको पार्श्व गायनमा पनि स्थापित भैसकेकी छिन्।[१] ११ वर्षको उमेरमा १९७१ मा यिनले अन्दाज चलचित्रका लागि है ना बोलो बोलो गीत मोहम्मद रफी सँग गाएकी थिइन्।
यिनले गाएको हिन्दी गीत इतनी शक्ति हमें दे दाता भारतका विद्यालयहरूमा हरेक विहान प्रार्थना गीतको रूपमा गाइन्छ।
नेपाली चलचित्र जुनीबाट नेपाली पार्श्वगायनमा प्रवेश गरेकी श्रेष्ठले चलचित्र सिन्दूर का लागि गाएको अलि अलि हार हो अलि अलि जीत नामको नेपाली गीत निकै चर्चित रह्यो। [२]
यिनका पिता भोलानाथ बलिउडका संगीतकार थिए।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "List of Poornima Hindi Movies Songs and Lyrics", अन्तिम पहुँच १७ जनवरी २०१०।
- ↑ "SINDOOR (1980)", Screen, अन्तिम पहुँच २९ डिसेम्बर २०१०।