सामग्रीमा जानुहोस्

अञ्जन विष्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अञ्जन बिष्ट
नेपाल राष्ट्रिय फुटबल टिमको प्रशिक्षणका क्रममा अञ्जन बिष्ट
व्यक्तिगत जानकारी
पुरा नाम अञ्जन बिष्ट
जन्म मिति (1998-05-15) १५ मे १९९८ (उमेर २८)[१]
जन्म स्थान हेटौँडा, नेपाल[२]
खेल्ने स्थान(हरू) अग्रपंक्ति
क्लब जानकारी
वर्तमान टोली
मनाङ मर्स्याङ्दी क्लब
युवा करियर
२०११-२०१४ एन्फा एकेडेमी
२०१६– मार्बेला एफसी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१५-१६ एपीएफ क्लब ४ (१)
२०१८– मनाङ मर्स्याङ्दी क्लब ३ (१)
अन्तर्राष्ट्रिय करियर‡
2013–14 नेपाल यु-२७ ५ (३)
2015– नेपाल यु-२० ४ (३)
२०१६– नेपाल यु-२३ ९ (२)
२०१४– नेपाल ३३ (२)
सम्मान
उप-विजेतासाफ यु-१६ च्याम्पियनसिप२०१३
विजेतासाफ यु-१८ च्याम्पियनसिप२०१५
विजेताबङ्गबन्धु गोल्डकप२०१६
सवर्ण पदक – पहिलो स्थानसाग गेम२०१६
विजेताएएफसी सोलिडारिटी कप२०१६
एपीएफ क्लब का लागी
सवर्ण पदक – पहिलो स्थानसातौँ राष्ट्रिय खेलकुद२०७३
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ११ अप्रिल २०१५
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १० अक्टोबर २०१९

अञ्जन बिष्ट(जन्म:१५ मे १९९८) एक नेपाली फुटबल खेलाडी हुन् । उनी नेपालका राष्ट्रिय फुटबल खेलाडी समेत हुन् । ३१ अक्टोबर २०१४ देखि अञ्जन बिष्टले नेपाल राष्ट्रिय फुटबल टिमबाट खेल्न सुरु गरेका थिए[३][४] । अञ्जन विष्टले प्राय सबै किसिमका उमेर समुहमा नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका छन् ।

अञ्जन विष्ट सुरूवाटमा मध्यपंत्तीबाट विपक्ष विरूद्ध फुटबल मैदानमा उत्रने गर्दथे भने हाल उनी अग्रपंक्तिबाट उत्रने गर्दछन् । बिष्टहाल नेपालकै चर्चित र सफल क्लब मनाङ मर्स्याङ्दी क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन् ।

अञ्जन बिष्टले २०१६ मा पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत उत्कृष्ट युवा खेलाडीको पुरस्कार समेत जित्न सफल भएका थिए । अञ्जन बिष्ट नेपाली राष्ट्रिय फुटबल टिमका अर्का चर्चित फुटबल खेलाडी रञ्जन बिष्टको सहोदर भाइ समेत हुन् ।

अन्तर्राष्ट्रिय खेल जीवन

[सम्पादन]

अन्डर-१७ टिम

[सम्पादन]

अञ्जन विष्ट नेपाली जुनियर टिमका नियमित खेलाडी रहेका थिए । उनले सन् २०१३ मा नेपालमा भएको २०१३ साफ यू-१६ च्याम्पियनसिपमा बङ्गलादेश विरूद्वको खेलमा फ्रिकिक मार्फत गोल गर्न सफल भएको थियो । उक्त खेलमा नेपाल बङ्गलादेश विरूद्ध ५-१ गोलअन्तरले विजयी हुन सफल भएको थियो[५] ।

सिनियर टिम

[सम्पादन]

अञ्जन बिष्टले ३१ अक्टोबर २०१४ का दिन नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । उनले खेलको ६१ औँ मीनेटमा सन्दिप राईलाई विस्थापित गर्दै मैदान उत्रिएका थिए । बिष्टको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ०-३ गोल अन्तरले पराजित भएको थियो[३][४] ।

६ मार्च २०१५ मा भारत विरूद्ध नेपालमा भएको २०१८ फिफा विश्वकप छनोट चरणमा अञ्जनले नेपाली टिमको पहिलो रोजाइका रूपमा स्थान बनाउन सफल भएका थिए । यस्तै नेपालले बङ्गलादेशमा आयोजना भएको बङ्गबन्धु गोल्डकपको ऐतिहासिक उपाधि जित्दा अञ्जन विष्टको उत्कृष्ट प्रदर्शनीसँगै उल्लेखनीय योगदान समेत रहेको थियो[६] ।

क्लब जीवन

[सम्पादन]

मार्बेला युनाइटेड एफसी, स्पेनबाट अञ्जन बिष्टले २०१६ मास्च २८ का दिन निज्मेजन कम्बिनेट एकेडेमी अन्डर १९ टिमका विरूद्ध १ गोल गर्न सफल भएका थिए । उक्त खेलमा मार्बेला टिम १-० गोल अन्तरले विजयी भएको थियोे[७] । यस्तै उक्त क्लबबाट अञ्जनले विभिन्न खेलहरूमा उत्कृष्ट प्रदर्शनी गरेका थिए [८] ।

मनाङ मर्स्याङ्दि क्लब

[सम्पादन]

अन्तर्राष्ट्रिय खेल विवरण

[सम्पादन]
अद्यावधिक ६ जुन २०१९[९]
नेपाल राष्ट्रिय टिम
वर्षखेलहरूगोलहरू
२०१४१०
२०१५६०
२०१६८०
२०१७६०
२०१८६०
२०१९६२
जम्मा३३२

अन्तर्राष्ट्रिय गोलहरू

[सम्पादन]
अञ्जन विष्टले नेपालका लागि गरेका अन्तर्राष्ट्रिय गोलहरू[१०]

नेपाल यु-१६

[सम्पादन]

नेपाल यु-१९

[सम्पादन]

नेपाल यु-२३

[सम्पादन]
#मितिस्थानविपक्षस्कोरनतिजाप्रतिस्पर्धा
१.७ फेब्रुअरी २०१६इन्दिरा गान्धी एथलेटिक्स रंगशाला, भारत भुटान५–०५-०साग गेम २०१६
२.७ फेब्रुअरी २०१६इन्दिरा गान्धी एथलेटिक्स रंगशाला, भारत माल्दिभ्स१–०४-३साग गेम २०१६ - सेमिफाइनल

नेपाल राष्ट्रिय टिम

[सम्पादन]
नम्बर.मितिस्थानविपक्षगोल अवस्थाअन्तिम नतिजाप्रतियोगिता
१.१० सेप्टेम्बर २०१९टाइपेइ म्युनिसिपल रंगशाला, टाइपेइ, चाइनिज टाइपेइ चिनियाँ ताइपेई१–०२–०२०२२ फिफा छनोट - एएफसी दोस्रो चरण
२.२–०

उपाधिहरू

[सम्पादन]

नेपाल यु-१६6

[सम्पादन]
  • साफ यु-१६ च्याम्पियनसिप उप-विजेता (१): २०१३

नेपाल यु-१९

[सम्पादन]
  • साफ यु-१८ च्याम्पियनसिप विजेता (१): २०१५

नेपाल यु-२३

[सम्पादन]
  • साग गेम (फुटबल
    • २०१६

नेपाल राष्ट्रिय टिम

[सम्पादन]

क्लब

[सम्पादन]
एपीएफ क्लब
मनाङ मर्स्याङ्दी क्लब

व्यक्तिगत सम्मानहरू

[सम्पादन]
  • एनएसजीएफ स्पोर्ट्स अवार्ड २०१६ उत्कृष्ट युवा वर्ष खेलाडी[११][१२],
  • एपीएफ क्लब उत्कृष्ट वर्ष खेलाडी २०७३,

सन्दर्भ सामाग्री

[सम्पादन]
  1. ↑ https://www.fifa.com/fifa-tournaments/players-coaches/people=389068/index.html अभिलेखिकरण २०१८-०८-१० वेब्याक मेसिन
  2. ↑ "Prolific Nepal U17 Striker Anjan Karki Dreams To Play For Nepal National Team!", GoalNepal.com, १४ अक्टोबर २०१४, अन्तिम पहुँच ७ मार्च २०१५।
  3. 1 2 "Friendly Nepal vs Philippines - Live Updates and Streaming Info", GiveMeGoal.com, मूलबाट १ नोभेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ अक्टोबर २०१४। अभिलेखिकरण १ नोभेम्बर २०१४ वेब्याक मेसिन
  4. 1 2 "Nepal vs Philippines: Live Commentary", GoalNepal.com, ३१ अक्टोबर २०१४, अन्तिम पहुँच ३१ अक्टोबर २०१४।
  5. ↑ Dinesh Thapa, "SAFF U-16 Championship: Nepal thrash Bangladesh to reach final", SportsKeeda, अन्तिम पहुँच ३१ अक्टोबर २०१४।
  6. ↑ "Final squad for qualifer [sic] against India announced", ANFA, अन्तिम पहुँच ६ मार्च २०१५।
  7. ↑ "Nepal International Anjan Bista Scores A Goal For Marbella United FC Against NEC Nijmegen", www.goalnepal.com, अन्तिम पहुँच २०१६-०३-२९।
  8. ↑ "Archived copy", मूलबाट २०१६-१०-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०४-२१। अभिलेखिकरण २०१६-१०-०५ वेब्याक मेसिन
  9. ↑ https://www.national-football-teams.com/player/57603/Anjan_Bista.html
  10. ↑ "Bista, Anjan", National Football Teams, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१९।
  11. ↑ "NSJF Sports Awards 2072", GoalNepal, अन्तिम पहुँच १ अगस्ट २०१६।
  12. ↑ "Football dominates Sports Awards", अन्तिम पहुँच १ अगस्ट २०१६।

बाह्य कडीहरू

[सम्पादन]