मनाङ- मर्स्याङ्दी क्लब
![]() | ||||
| पुरा नाम | मनाङ- मर्स्याङ्दी क्लब | |||
|---|---|---|---|---|
| उपनाम(हरू) | 'मनाङे' | |||
| स्थापना | १९८२ | |||
| मैदान | दशरथ रङ्गशाला, काठमाडौँ, नेपाल | |||
| क्षमता | २५,००० अन्दाजी | |||
| अध्यक्ष | विजय घले[१] | |||
| प्रशिक्षक | राजु काजी शाक्य[२] assistant नबिन न्य | |||
| लिग | २०१५ नेपाल राष्ट्रिय लिग | |||
| २०७२ | दोस्रो | |||
| वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
|
| ||||
मनाङ मर्स्याङ्दी क्लब नेपालको 'क' श्रेणीको फुटबल क्लब हो । यस फुटबल सबैभन्दा धेरै पटक नेपालको राष्ट्रिय लिग जित्ने एकमात्र फुटबल क्लब हो। जसले हालसम्म ७ पटक शहिद स्मारक ए-डिभिजन लिग जितेको छ । भने अन्तिम पटक २०१४ मा राष्ट्रिय लिग जितेको थियो। सन् १९८६ १९८७, १९८९ २०००, २००३, २००६, २०१४ गरी सात पटक सम्म राष्ट्रिय लिग जितेको यस क्लबले सन् २०१३ सालमा अन्तर्राष्ट्रिय उपाधिका रूपमा किङस् कप जित्न सफल भएको थियो ।
मनाङ मर्स्याङदी क्लब जसलाई नेपाली रियल म्याड्रिड भनेर समेत चिनिन्छ । भने यस फुटबल क्लबको राष्ट्रिय लिग तथा अन्य जुनसुकै सानो ठूलो फुटबल प्रतियोगितामा प्रमुख प्रतिद्वन्दीका रूपमा सुरुमा रानीपोखरी कर्नर टिम (आरसीटि) र न्युरोड टिम (एन.आर.टि)आएको थियो भने पछिलो पटक नेपालकै अर्को उत्कृष्ट क्लब थ्री स्टार क्लब र नेपाल पुलिस क्लब लिईन्छ। साथै अन्य नेपाली फुटबल टिमहरूलाई पनि यस टिमको प्रतिद्वन्द्वी मानिन्छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]स्थापना नामाकरण
[सम्पादन गर्नुहोस्]मनाङ मर्स्याङदी क्लब झगडाबाट सुरु भएको एउटा क्लब हो। दशरथ रंगशालामा २०३८ सालमा ‘बी’ डिभिजन लिग खेल चलिरहेको थियो । प्रतिस्पर्धामा उत्रिएका थिए– थ्री स्टार क्लब र ठमेल ११ देउराली क्लब। ठमेल ११ र थ्रीस्टार क्लब बीचको बि-डिभिजनको खेल हुँदा बिजेता टोली ए-डिभिजनमा उक्लने अवस्था थियो। तर खेल अन्त्य नहुदै खेलाडी बीच विवाद सुरु भयो। ठमेलका खेलाडीले रेफ्रीलाई नै पिटे। खेल पूरै बिथोलिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ठमेलका चार खेलाडीसहित क्लबलाई नै एक वर्षको प्रतिबन्ध लगाउँदै थ्री स्टारलाई विजेता घोषणा गर्यो। प्रतिबन्धित ठमेल ११ मा खेलाडी र पदाधिकारीले नंया क्लब स्थापना गरे। मनाङबाट आएका मानिसहरूले यसमा लगानी गरे। सुरुमा यसको नाम मर्स्याङदी- मनाङ क्लब थियो। त्यस थ्री स्टार र मनाङ मर्स्याङदी क्लब स्थापना काल देखि नै प्रतिद्वन्दीको रूपमा उदाएका थिए।[३]
डी डिभिजनबाट ए डिभिजन
[सम्पादन गर्नुहोस्]मनाङले त्यो समयमा समूह डिभिजनबाट ए डिभिजन सम्म पुग्दा सबैमा च्याम्पियन भएको थियो । अझ कुनै पनि खेल हारेको थिएन । ०४३ अघि ए-डिभिजनमा बढुवा भएको मनाङले त्यसपछि निरन्तर सफलतामा आफूलाई अब्बल बनायो । ‘ए’ डिभिजन उक्लिएपछि मनाङले पछि फर्कनुपरेको छैन । त्यसपछि मनाङ ०४३ सँगै ०४४ र ०४६ मा पनि च्याम्पियन बन्यो ।[४]
२०६८ सिजन
[सम्पादन गर्नुहोस्]२०६९ सिजन
[सम्पादन गर्नुहोस्]२०७० सिजन
[सम्पादन गर्नुहोस्]२०७१-७२ सिजन
[सम्पादन गर्नुहोस्]२०७५ सिजन
[सम्पादन गर्नुहोस्]रेलिगेसन बिनाको लिगमा मनाङ मर्स्याङ्दी च्याम्पियन भएको थियो । मछिन्द्र विरुद्धको अन्तिम खेलमा बाहेक सबै खेलमा यो क्लब विजयी भएको थियो ।
बर्तमान खेलाडीहरू
[सम्पादन गर्नुहोस्]अन्तिम समय २ अक्टोबर सम्मको मनाङ मर्स्याङ्दीका खेलाडीहरू.[५]
|
|
प्रायोजकहरू
[सम्पादन गर्नुहोस्]मनाङ मर्स्याङ्दी क्लबका वर्तमानका प्रायोजकहरू:
नेपाली राष्ट्रिय लिगमा प्रदर्शनी
[सम्पादन गर्नुहोस्]जितेका उपाधिहरू
[सम्पादन गर्नुहोस्]- राष्ट्रिय लिग:७
१९८६ १९८७, १९८९ २०००, २००३, २००६, २०१४, २०१८-१९
- बुढासुब्बा गोल्डकप:१
२००४
- खुकुरी गोल्डकप:१
२००३
- इटहरी गोल्डकप:१
२००७
- आहा ! गोल्ड कप:३
२००४, २००५ ,२०१२
- आदर्श कप:१
२०११
- सिमरा गोल्डकप:१
२०१२
- सुदुरपस्चिम खप्तड गोल्डकप;१
- पोखरा कप:१
२०१२[७]
- किङस् कप(भुटान):
अन्तर्राष्ट्रिय उपस्थितिहरू
[सम्पादन गर्नुहोस्]- एसियन क्लब च्याम्पियनसिप:१
१९८८:छनोट चरण
- एएफसी प्रेसिडेन्ट कप:२
२००६:समूह चरण २०१४:अन्तिम चरण
अवार्डहरू
[सम्पादन गर्नुहोस्]- एन्फा अवार्ड २०७५ वर्षको उत्कृष्ट क्लब [८][९],
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "ANFA | Manang Marshyangdi Club", www.the-anfa.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०६-२४।
- ↑ "MMC Appoint Experienced Raju Shakya As A Head Coach", GoalNepal.com, १९ जनवरी २०१५, अन्तिम पहुँच १९ जनवरी २०१५। अभिलेखिकरण १९ जनवरी २०१५ वेब्याक मेसिन
- ↑ लाेथ्याल, कृष्णसिंह (माघ १०, २०७७), "थ्री स्टारसँगकाे झगडाले जन्मिएकाे मनाङ मर्स्याङ्दी क्लब", थ्री स्टारसँगकाे झगडाले जन्मिएकाे मनाङ मर्स्याङ्दी क्लब (नेपालीमा), अन्तिम पहुँच २०२६-०६-२४।
- ↑ कँडेल, प्रकाश (२०१८-०९-२२,असोज ०६, २०७५), "घरेलु लिग उतारचढावपूर्ण विगत", Naya Patrika (अङ्ग्रेजीमा)। अभिलेखिकरण २०२४-१२-०३ वेब्याक मेसिन
- ↑ "MMC Finalizes Squad For A Division League; Signs Jersey Sponsor With Signature", goalnepal.com, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१८। अभिलेखिकरण २६ सेप्टेम्बर २०१८ वेब्याक मेसिन
- ↑ "Manang Marshyangdi Club Signs Muhammed Asif From Calcutta Customs", goalnepal.com, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१८। अभिलेखिकरण १ अक्टोबर २०१८ वेब्याक मेसिन
- ↑ http://www.nepalifootball.com/co[स्थायी मृत कडी] mpetitions/domestic-co mpetitions/pokhara-gc/9-unca tegorised/236-safal-pokhara- gold-cup-news.html
- ↑ "हरि उत्कृष्ट प्रशिक्षक, लव र अस्मिता रेफ्रीमा", हाम्रो खेलकुद, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६।[स्थायी मृत कडी]
- ↑ "मनाङलाई ‘क्लब अफ दी इयर’", khelpati.com, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६।
