झापा ११ फुटबल क्लब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
झापा ११ फुटबल टिम
Jhapaxi logo.jpg
स्थापना२०१४; ९ वर्ष अघि (२०१४)
मैदानबिर्तामोड खेल मैदान
मैदान क्षमता१,०००
Red,Shorts,shocks
घरेलु रङ

झापा ११ फुटबल क्लब झापा जिल्लाको एक फुटबल क्लब हो।[१] यो टिम नेपाली फुटबल क्लबहरूका चर्चित फुटबल टोली मध्येको एक टोली हो। भने उत्तिकै सफल टिम पनि हो। यो फुटबल क्लबले मुख्य गरी नेपाली घरेलु तथा अन्य अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिताहरूमा समग्र झापा जिल्लाको प्रतिनिधित्व गर्ने गर्दछ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन् २०१४ मा आधिकारिक रूपमा स्थापना भएको यो नेपाली फुटबल क्लबले आफ्नो सुरूवाति वर्षबाटनै सफलता प्राप्त गरेको थियो । पहिलोपटक झापा ११ क्लबले उपत्यकामा आफ्नो पहिलो सहभागीतामानै एन्फा कप जित्न सफल भएको थियो जसमा कोही पनि विदेशी खेलाडीहरू रहेका थिएनन्।

प्रायोजक[सम्पादन गर्नुहोस्]

हाल यस क्लबलाई रमपम चाउचाउले मुख्य प्रायोजन गरेको छ।

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

झापा ११ का वर्तमान खेलाडीहरू

उपाधिहरू[सम्पादन गर्नुहोस्]

विजेता :*Cup Winner.png २०१४ एन्फा कप[२]

क्वाटर फाइनल : आहा गोल्ड कप, पोखरा, २०१५

विजेता : *Cup Winner.pngविराट गोल्डकप, विराटनगर, २०१५

विजेता :*Cup Winner.png २०१५ नेपाल राष्ट्रिय लिग[३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "झापा ११", कान्तिपुर दैनिक 
  2. "एन्फा कपको फाइनल", मूलबाट अप्रिल २२, २०१५-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "फिफाको आधिकारिक वेबसाइट" 
  4. "झापालाई रुस्लान फाल्गुनन्द गोल्डकप उपाधि", हाम्रो खेलकुद, अन्तिम पहुँच सोमवार, पौष ३०, २०७५