सामग्रीमा जानुहोस्

फाल्गुनन्द गोल्डकप २०७५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७५ फाल्गुनन्द गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
पाँचथर जिल्ला
मिति२०७५ पुस २१ देखि ३० गतेसम्म
टोलीहरू१०
स्थान(हरू)
अन्तिम स्थान
विजेताझापा ११
उप-विजेतानेपाल आर्मी क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
गोल सङ्ख्या१५ (१.६७ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)कर्ण लिम्बू(झापा)
(४ गोल)
उत्कृष्ट खेलाडी(हरू)देवेन्द्र तामाङ
उत्कृष्ट गोलरक्षकमनोज प्रधान


फाल्गुनन्द गोल्डकप २०७५ फाल्गुनन्द गोल्डकप को दशौँ संस्करण हो । नेपालका राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मानमा प्रत्येक वर्ष फिदिम स्पोर्टिङ क्लबले आयोजना गर्दौ आएको यस प्रतियोगिता २०७५ पुस २१ गतेदेखि पुस ३० गतेसम्म चलेको थियो । २०७५ पुस २१ गते शनिबार दिउँसो ११ बजे फिदिम माविको खेलमैदानमा प्रदेश नम्बर १ का आर्थीक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोले प्रतियोगिताको उद्घाटन् गरेका थिए ।

यस पटकको फाल्गुनन्द गोल्डकप भने जिल्ला फुटबल सङ्घ पाँचथरफिदिम स्र्पोटिङ क्लबले संयुक्त रूपमा आयोजना गरेको थियो । यस संस्करणको फाल्गुन्नद गोल्डकपमा आयोजक सहित मोफसलका चर्चित चार क्लबहरु र ए डिभिजनका पाँच क्लबहरू सहित कुल दश टिमहरूले सहभागीता जनाएका थिए । यस अघि २०७४ सालको प्रतियोगिता सुनसरी ११ क्लबले जितेको थियो ।

माघ ५ गते सम्पन्न फाइनल खेलमा झापा ११ ले नेपाल आर्मी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । फाइनल खेलमा झापाका तर्फबाट दुबै गोल पुजन उपरकोटीले गरेका थिए, फाइनलमा दुई गरेका पुजनउ नै फाइनल खेलका म्यान अफ दी म्याच घोषित भएका थिए । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी झापा ११ का देवेन्द्र तामाङ भएका थिए ।

सहभागी टिमहरू

[सम्पादन गर्नुहोस्]
  • फाल्गुनन्द गोल्डकप २०७५ का सहभागी टिमहरू

क्वाटरफाइनल छनोट खेल

[सम्पादन गर्नुहोस्]

झापा ११ ३-१ कर्ण सिं सोनाम स्मृति क्लब (ताप्लेजुङ)
देवेन्द्र तामाङGoal २५'
राजकुमार कन्दङ्बा Goal ४६'
कर्ण लिम्बू Goal ५७'
अनुप सेन्दाङ Goal ५'
फिदिम मा.वि. को खेल मैदान

मोरङ ११ ०-१ फिदिम स्पोर्टिङ क्लब
काँची Goal ८'
फिदिम मा.वि. को खेल मैदान

क्वाटरफाइनल सेमिफाइनल फाइनल
         
झापा ११
एपीएफ क्लब
झापा ११
सरस्वती युथ क्लब
सुनसरी ११
सरस्वती युथ क्लब
झापा ११
नेपाल आर्मी क्लब
फिदिम स्पोर्टिङ क्लब २ (१)
नेपाल आर्मी क्लब २ (४)
नेपाल आर्मी क्लब
रोयल दार्जिलिङ क्लब
रोयल दार्जिलिङ क्लब
ब्वाइज युनियन क्लब

क्वाटरफाइनल

[सम्पादन गर्नुहोस्]

झापा ११ ३-१ एपीएफ क्लब
कर्ण लिम्बू Goal २३'८५'
दिलेन लोक्तान Goal ४६'
मनिष लामा Goal ३८'
फिदिम मा.वि. को खेल मैदान

नेपाल आर्मी क्लब २-२
(४-१)
फिदिम स्पोर्टिङ क्लब
राजीव गुरूङ Goal ३१'७३' प्रवीन जबेगु Goal ३६'
स्टोफिन Goal ३७'
फिदिम मा.वि. को खेल मैदान

सरस्वती युथ क्लब २-१ सुनसरी ११
भिक्टर Goal ७६'८०' दिपेन तामाङ Goal ७'
फिदिम मा.वि. को खेल मैदान

ब्वाइज युनियन क्लब ०-२ रोयल दार्जिलिङ क्लब
करन राई Goal १६'७४'
फिदिम मा.वि. को खेल मैदान


झापा ११ १-० सरस्वती युथ क्लब
कर्ण लिम्बू Goal ५४'
फिदिम मा.वि. को खेल मैदान

नेपाल आर्मी क्लब २-१ रोयल दार्जिलिङ क्लब
आत्मघाती गोल Goal १६(og)'
एरिक बिष्ट Goal ८९'
सिद्धान्त क्षेत्रि Goal २१'
फिदिम मा.वि. को खेल मैदान

झापा ११ले दसौं रुस्लान फाल्गुनन्द गोल्डकपको फाइनल खेलमा ए डिभिजन टोली नेपाल आर्मी क्लबलाई २–१ ले हराउँदै वर्षको पहिलो उपाधि जितेको थियो । खेलको पहिलो र दोस्रो हाफमा पुजन उपरकोटीले गोल गरेपछि झापाको जित निश्चित भएको थियो । १–१ को बराबरी रहेको खेलको ७ मिनेट बाँकी रहँदा पुजनले निर्णायक गोल गरेका थिए । फिदिम माविको मैदानमा भएको खेलमा पुजनकै गोलबाट झापाले २३ औँ मिनेटमा अग्रता लिएको थियो । तर, ७१ औँ मिनेटमा राजिव गुरुङले गोल गर्दै आर्मीलाई खेलमा फर्काएका थिए । तर, अन्त्यमा फेरि पुजन नायक बने र झापा च्याम्पियन बन्न सफल भयो । विजेता झापाले उपाधिसहित ४ लाख र आर्मीले २ लाख रुपैयाँ प्राप्त गरेको थियो[१]


झापा ११ २-१ नेपाल आर्मी क्लब
पुजन उपरकोटी Goal २३'८३' राजीव गुरूङ Goal ७१'
फिदिम मा.वि. को खेल मैदान

गोलकर्ताहरू

[सम्पादन गर्नुहोस्]
  • फाल्गुनन्द गोल्डकपको गोलकर्ताहरू
४ गोल
३ गोल
  • राजीव गुरूङ
२ गोल

  • पुजन उपरकोटी

  • भिक्टर

  • करन राई

१ गोल

  • काँची
  • मनिष लामा
  • दिलेन लोक्तान

  • स्टोफिन
  • प्रवीन जबेगु
  • दिपेन तामाङ
  • एरिक बिष्ट

आत्मघाती गोल

[सम्पादन गर्नुहोस्]

२८ गते शनिबार नेपाल आर्मी क्लबरोयल दार्जिलिङ क्लब बिच भएको दोस्रो सेमिफाइनल खेलको १६ औँ मिनेट दार्जिलिङका डिफेन्डरले बल क्लीयर गर्ने क्रममा आत्माघाती गोल गरेका थिए। नेपाल आर्मी क्लबले उक्त उपहार गोल मार्फत अग्रता बनाएको थियो। अन्तमा आर्मीले खेल २-१ गोल अन्तरले जित्दै फाइनलमा पुगेको थियो।

म्यान अफ-दी म्याच

[सम्पादन गर्नुहोस्]
  • फाल्गुनन्द गोल्डकपको प्रत्येक खेलका म्यान अफ दी-म्याच विजेता खेलाडीहरू :

प्रत्येक खेलका म्यान अफ दि म्याच विजेता खेलाडीहरूले नगद रू दश हजार प्राप्त गरेका थिए ।

म्याच खेलाडी क्लब विपक्ष मिति
म्याच १ देवेन्द्र तामाङ[२] झापा ११ कर्ण सिं सोनाम स्मृति क्लब (ताप्लेजुङ) २०७५ पुष २१
म्याच २ प्रवीन जबेगु[३] फिदिम स्पोर्टिङ क्लब मोरङ ११ २०७५ पुष २२
म्याच ३ कर्ण लिम्बू[४] झापा ११ एपीएफ क्लब २०७५ पुष २३
म्याच ४ विश्वास चौधरी[५] नेपाल आर्मी क्लब फिदिम स्पोर्टिङ क्लब २०७५ पुष २४
म्याच ५ भिक्टर[६] सरस्वती युथ क्लब सुनसरी ११ २०७५ पुष २५
म्याच ६ करन राई[६] रोयल दार्जिलिङ क्लब ब्वाइज युनियन क्लब २०७५ पुष २६
म्याच ७ दिलेन मोक्तान[७] झापा ११ सरस्वती युथ क्लब २०७५ पुष २७
म्याच ८ एरिक विष्ट[८] नेपाल आर्मी क्लब रोयल दार्जिलिङ क्लब २०७५ पुष २८
फाइनल राजीव गुरूङ नेपाल आर्मी क्लब झापा ११ २०७५ पुष २३०

व्यक्तिगत पुरस्कारहरू

[सम्पादन गर्नुहोस्]
  • फाल्गुनन्द गोल्डकपको विधागत पुरस्कारका विजेताहरू[९]:

राष्ट्रिय टोलीका नियमित सदस्य तथा झापा ११ का खेलाडी देवेन्द्र तामाङ दशौँ रुस्लान फाल्गुनन्द गोल्डकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । तामाङले सर्वोकृष्ट खेलाडी हुँदै यामाहाको मोटर साइकल प्राप्त गरेका थिए । आयोजक, पत्रकार र फुटबलसंग सम्बन्धीत व्यक्तिहरूको समितिले तामाङलाइ सर्वोकृष्ट खेलाडीको रूपमा छनोट गरेको थियो ।

साथै प्रतियागितामा चार गोल गरेका झापा कर्ण लिम्बू सर्वाधिक गोलकर्ता हुँदै १५ हजार रुपैयाँ प्राप्त गरेका थिए । यस्तै उत्कृष्ट सबैले जनही दश-दश हजार रुपैयाँ प्राप्त गरेका थिए ।

खेलाडी पुरस्कार विधा क्लब
देवेन्द्र तामाङ सर्वोत्कृष्ट खेलाडी झापा ११
कर्ण लिम्बू सर्वाधिक गोलकर्ता झापा ११
मनोज प्रधान उत्कृष्ट गोलरक्ष झापा ११
युद्ध शाही उत्कृष्ट डिफ्रन्डर नेपाल आर्मी क्लब
दिलेन लोक्तान उत्कृष्ट फरवार्ड झापा ११
उत्कृष्ट मिडफिल्डर पुजन उपरकोटि झापा ११
प्रवीन जबेगु उदयमानी खेलाडी फिदिम स्पोर्टीङ क्लब

पुरस्कार राशि

[सम्पादन गर्नुहोस्]

पूर्वी क्षेत्रकै प्रतिष्ठित फुटबल प्रतियोगिता फाल्गुनन्द गोल्डकपको दशौँ संस्करणको विजेताले उपाधि सहित नगद चार लाख प्राप्त गर्दा उपबिजेताले नगद दुई लाख प्राप्त गरेको थियो।

  • उपाधि राशी विवरण
    • प्रथम पुरस्कार :- ने.रू.४,००,०००
    • द्वितीय पुरस्कार :- ने.रू. २,००,०००

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "झापालाई रुस्लान फाल्गुनन्द गोल्डकप उपाधि", हाम्रो खेलकुद, अन्तिम पहुँच सोमवार, पौष ३०, २०७५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२६ मिति
  2. खेलकुद "कर्ण र देवेन्द्र उत्कृष्ट प्रदर्शनमा झापा-११को जित", अन्तिम पहुँच शनिबार, पौष २१, २०७५ [स्थायी मृत कडी]
  3. खेलकुद "फिदिमले मोरङलाई हरायो", अन्तिम पहुँच आईतबार, पौष २२, २०७५ [स्थायी मृत कडी]
  4. खेलकुद "कर्णको दुई गोलसँगै झापा सेमिफाइनलमा", अन्तिम पहुँच सोमवार, पौष २३, २०७५ [स्थायी मृत कडी]
  5. खेलकुद "टाइब्रेकरमा आयोजकलाई हराउँदै आर्मी सेमिफाइनलमा", अन्तिम पहुँच मंगलबार, पौष २४, २०७५ [स्थायी मृत कडी]
  6. ६.० ६.१ खेलकुद "सुनसरीलाई हराउँदै सरस्वती सेमिफाइनलमा", अन्तिम पहुँच बुधबार, पौष २५, २०७५ [स्थायी मृत कडी]
  7. खेलकुद "कर्णको गोलसँगै झापा फाइनलमा", अन्तिम पहुँच शुक्रबार, पौष २७, २०७५ [स्थायी मृत कडी]
  8. खेलकुद "दार्जिलिङलाइ रोक्दै आर्मी फाइनलमा", अन्तिम पहुँच शनिबार, पौष २८, २०७५ [स्थायी मृत कडी]
  9. "झापालाई फाल्गुनन्द उपाधि, देवेन्द्र सर्वोत्कृष्ट", हाम्रो खेलकुद, अन्तिम पहुँच सोमवार, पौष ३०, २०७५ [स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]