विशाल गोल्डकप २०७५ (अन्य नाम:टुबोर्ग विशाल स्मृति गोल्डकप २०७५)विशाल गोल्डकप को दोस्रो संस्करण हो। यो फुटबल प्रतियोगिता २०७५ पुस २८ गतेदेखि आयोजना भएको थियो। यस पटकको विशाल गोल्डकपमा नेपाल र भारतका ८ गरी टिमको सहभागिता जनाएका थिए।[१]। यो प्रतियोगिता बिशाल स्मृति फाउण्डेशनले आयोजना गरेको हो।
निकै नै जीर्ण नारायणी रंगशालामा खेलाडीको मात्र नभएर सम्पूर्ण फुटबल खेल प्रेमीहरुको समेत ध्यान जाओस् र राज्यका जिम्मेवार तहमा हुने व्यक्तिहरुमा दबाब सिर्जना होस्, भन्ने उद्देश्य सहित पूर्व राष्ट्रिय खेलाडी विशालजंग राणाको स्मृतिमा गत बर्षबाट प्रतियोगिता सुरु गरिएको थियो ।
झन्डै लगभग डेढ दशकपछि अघिल्लो बर्षबाट सुरु भएको प्रतियोगितामा नारायणी रंगशालाको पूर्व र पश्चिमका प्याराफिटमा मात्र दर्शकलाई बस्न आयोजक र सुरक्षाकर्मीले अनुमति थियो ।