सामग्रीमा जानुहोस्

भरत खवास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भरत खवास
व्यक्तिगत जानकारी
पुरा नाम भरत खवास
जन्म मिति (1992-04-16) १६ अप्रिल १९९२ (उमेर ३३)
जन्म स्थान काठमाडौँ, नेपाल
युवा करियर
२००६-२००७ सङ्कटा ब्वाइज स्पोर्ट्स क्लब
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००७-२०११ फ्रेन्डस् क्लब
२०११-२०१२ नेपाल पुलिस क्लब (१३)
२०१२-हालसम्म त्रिभुवन आर्मी क्लब (७)
अन्तर्राष्ट्रिय करियर
२००८- वर्तमान सम्म  नेपाल ५० (१०)
*क्लब घरेलु लिग उपस्थिति र गोल

भरत खवास एक नेपालका महत्त्वपूर्ण फुटबल खेलाडी हुन्। वर्तमान उनी नेपाल आर्मी क्लबमा आवद्ध रहेका छन् भने आर्मीकै फुटबल टोली त्रिभुवन आर्मी क्लबबाट फुटबल खेल्ने गर्दछन्।[][]

खवासले नेपाली फुटबल टोलीमा २००८ देखि प्रवेश पाएका हुन्। उनी नेपालले २०१६ सालमा एएफसी सोलिदरिटी कप जित्दाको एक महत्त्वपूर्ण सदस्य हुन्।दभरतले नेपालकालागि २० खेल खेलि सकेका छन् भने १० गोल समेत गरिसकेका छन्।

भरत खवास नेपाली फुटबल इतिहासमा एक चर्चित त्यस्तो नाम हो जसले नेपालका लागि अन्तर्राष्ट्रिय ह्याट्रिक समेत गरिसकेका छन्। उनले २ मार्च २०१३ (दशरथ रङ्गशाला, काठमाडौँ) मा नर्दन मारियाना आइस्ल्यान्डविरूद्ध २०१४ एएफसी च्यालेन्स कप छनोट चरणमा ह्याट्रिक गरेका हुन्। उनी नेपालका लागि ह्याट्रिक गर्ने चौथो खेलाडी समेत हुन्।

भरत खवास वर्तमान नेपाली सेनाको विभागिय टोली नेपाल आर्मी फुटबल क्लबका खेलाडी तथा क्याप्टेन हुन्।

२०७५ सहिद स्मारक लिग

[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय

[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय खेल जीवन

[सम्पादन गर्नुहोस्]

उनी नेपलका लागि २१ नम्बरको जर्सीमा मैदान उत्रने गर्दछन्। भरत खवास नेपाली फुटबल इतिहासमा एक चर्चित त्यस्तो नाम हो जसले नेपालका लागि अन्तर्राष्ट्रिय ह्याट्रिक समेत गरिसकेका छन्। उनले २ मार्च २०१३(दशरथ रङ्गशाला , काठमाडौँ) मा नर्दन मारियाना आइस्ल्यान्डविरूद्व २०१४ एएफसी च्यालेन्स कप छनोट चरणमा ह्याट्रिक गरेका हुन्। उनी नेपालका लागि ह्याट्रिक गर्ने चौथो खेलाडी समेत हुन्।

नेपालका निम्ति उच्च तथा स्तरिय खेल प्रस्तुत गरेका खवासले २०१७ मार्च अप्रिलमा पिलिपिन्स सँगको २०१९ एएफसी एसिया कप छनोट तेस्रो चरणको खेलमा पहिलो पटक कप्तानको भूमिका प्राप्त गरेका थिए।

२०१६ एएफसी सोलिडारिटी कप

[सम्पादन गर्नुहोस्]

नेपालले २०१६ को सोलिडारिटी कप जित्दा नेपालको तर्फबाट सर्वाधिक उत्कृष्ट खेल खेल्ने खेलाडी भरत खवास नै थिए।उनले कुल प्रतियोगिता भरि कुल १ गोल गरी २ गोलका निम्ति पास समेत उपलब्ध गराएका थिए।फाइनल खेलमा उनकै उत्कृष्ट पासमा सुजल श्रेष्ठले हेड मार्फत गोल गरेका थिए ,भने त्यहि गोलका मद्दतले नेपाल फाइनलमा विजय भएको थियो।

२०१८ सनफ च्याम्पियनसिप

[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय गोलहरू

[सम्पादन गर्नुहोस्]
#मितिस्थानविपक्षगोलनतिजाप्रतियोगिता
१.२५ मार्च २००८पोखरा रङ्गशाला, पोखरा पाकिस्तान–१२–१मैत्रीपुर्ण खेल
२.७ अप्रिल २०११दशरथ रङ्गशाला, काठमाडौँ अफगानिस्तान–०१–०एएफसी च्यालेन्ज कप छनोट चरण
३.२८ जुलाई २०११दशरथ रङ्गशाला , काठमाडौ जोर्डन
–१,
१–१
२०१४ फिफा विश्वकप छनोट चरण (एएफसी)
४.६ डिसेम्बर २०११जवाहरलाल नेहरू रङ्गशाला, नयाँ दिल्ली पाकिस्तान
–०,
१–१
साफ च्याम्पियनसिप २०११
५./६./७.२ मार्च २०१३दशरथ रङ्गशाला, काठमाडौँ उत्तरी मारिआना टापु
–०, ३–०, ६–०
६–०
२०१४ एएफसी च्यालेन्स कप छनोट चरण
८.३१ अगस्ट २०१३दशरथ रङ्गशाला, काठमाडौँ बङ्गलादेश
–०
२–०
साफ च्याम्पियनसिप २०१३
९.८ नोभेम्बर २०१६सर्वाक रङ्गशाला, मलेसिया ब्रुनाई
२-०
३-०
२०१६ एएफसी सोलिदरिटी कप
१०.६ सेप्टेम्बर २०१८राष्ट्रिय रङ्गशाला, ढाका भुटान
३-०
४-०
२०१८ साफ च्याम्पियनसिप

अन्तर्राष्ट्रिय मान्यता बाहेकका गोलहरू

[सम्पादन गर्नुहोस्]
#मितिस्थानविपक्षगोलनतिजाप्रतियोगिता
१.२९ मार्च २०१६तुअनुकु अब्दुल रमन रङ्गशाला, मलेसिया मलेसिया(यू-२३)
–०
१–१
मैत्रीपूर्ण खेल

राष्ट्रिय टोली

[सम्पादन गर्नुहोस्]

भरत खवास वर्तमान नेपाल आर्मी फुटबल टोलीका कप्तान समेत हुन् उनले नेपाली आर्मी फुटबल टोलीबाट विभिन्न घरेलु फुटबल प्रतियोगिताहरू जितिसकेका छन्। जस मध्ये केही महत्त्वपूर्ण उपाधिहरू निम्नानुसार रहेका छन्।

सम्मान तथा पुरस्कारहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Oldest and youngest", RSSSF, अन्तिम पहुँच २८ जुलाई २०१४
  2. Goal.com अभिलेखिकरण २०१९-०४-२८ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]