अनिल गुरुङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अनिल गुरुङ
Anilgurung.jpg
व्यक्तिगत विवरण
पुरा नाम अनिल गुरुङ
जन्म मिति (१९८८-०९-२३) २३ सेप्टेम्बर १९८८ (उमेर ३०)
जन्म स्थान पोखरा, नेपाल
उचाई १.७० मी (५ फिट ७ इन्च)
खेल्ने स्थान स्ट्राइकर
क्लबको विवरण
हालको क्लब मनाङ- मर्स्याङ्दी क्लब
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००३ ब्रिगेड बोय्ज क्लब २५ (८)
२००४ थ्रीस्टार क्लब २७ (१३)
२००५ मनाङ- मर्स्याङ्दी क्लब २४ (३२)
२००७ न्यु रोड टिम (०)
२००९-२०१० सिलोङ लाजोङ क्लब १२ (३)
२०११ मनाङ- मर्स्याङ्दी क्लब (४)
राष्ट्रिय टिम
२००७–२०१७ नेपाल ५० (१०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

अनिल गुरुङ नेपाली फुटबल खेलाडी हुन् । हाल उनी बेलायतको वोकिङ क्लबको ट्रायल खेल्न गएपछि चर्चामा छन् । हाल उनी मनाङ- मर्स्याङ्दी क्लबबाट खेल्छन् । उनलाई एक समय भारतिय क्लब सिलोङ लाजोङले रु. ६३ लाखमा ३ वर्षका लागि अनुबन्ध गरेको थियो ।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

अनिल गुरुङको जन्म दिलबहादुर गुरुङ र लक्ष्मी कुमारी गुरुङका सुपुत्रका रूपमा मालेपाटन, पोखरामा भएको हो। उनले बाराहीमा बि पढेका हुन्। उनले १३ वर्षको कलिलो उमेरमै फुटबल खेल्न थालेका हुन्। उनले पहिला सहारा क्लब, पोखराबाट खेल्न थाले। अरुको जस्तै उनको बा आमाले पनि खेलेर पैसा नकमाइने भन्दै उनलाई खेल्नबाट टाढा राख्न खोजे र सेनामा भर्ती भएको हेर्न चाहन्थे। परिवारको इच्छा विपरीत उनी खेलिरहे।

घरायसी खेल र सफलता[सम्पादन गर्ने]

नेपाली लिगमा अनिलले पहिला ब्रिगेड ब्वाइज, त्यसपछि थ्री स्टार, न्यु रोड टिम, र मनाङ मर्स्याङ्दी क्लबमा खेले। उनले पछिल्लो शहीद स्मारक ए डिभिजन लिगमा सबैभन्दा बढी ३२ गोल हान्दै यामाहा बाइक जिते। त्यस लगायत उनले अनगिन्ती पुरस्कार जितेका छन्।

बेलायतमा ट्रायल[सम्पादन गर्ने]

अनिल गुरुङ बेलायतको चेल्सी रिजर्ब र वोकिङ क्लबका लागि ट्रायल खेल्न गएका थिए। यसो गर्ने उनी प्रथम नेपाली हुन्। उनलाई सहारा (पोखरा) र सहारा (युके)ले आर्थिक सहयोग गरेको थियो। उनले केही समस्याका कारण त्यहाँ मौका नपाए पनि उनी नेपालको खेल जगतमा नायक भएका छन्।[१]

भारतको आइ लिग र सिलोङ लाजोङ[सम्पादन गर्ने]

पहिला भारतको सिलोङ लाजोङ क्लबबाट बोलाईए पनि उनी बेलायतजान परेकाले उनले इन्कार गर्दै आएका थिए। अक्टोबर ३०, २००९ का दिन अनिलले भारतीय आइ लिग क्लब सिलोङ लाजोङसँग रु ६३ लाखमा ३ वर्षका लागि अनुबन्धित भए। यससँगै उनी सबैभन्दा बढी कमाउने नेपाली फुटबल खेलाडी बने। [१]

अन्तर्राष्ट्रिय खेल[सम्पादन गर्ने]

सन्यास[सम्पादन गर्ने]

फिलिपिन्सबिरुद्धको खेलसँगै ५०औं अन्तर्राष्ट्रिय खेल पूरा गरेका ३१ वर्षे स्ट्राइकर अनिल गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ८२औं मिनेटमा सुजल श्रेष्ठलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेका अनिलले आफ्नो अन्तिम खेल करीव १० मिनेटमात्र खेले । १० वर्षे अन्तर्राष्ट्रिय फुटबल करिअरमा ५० अन्तर्राष्ट्रिय खेल पूरा गरेका उनले १० गोल गरेका छन् । सन् २००८ मा पाकिस्तानबिरुद्धको मैत्रीपूर्ण खेलमा पहिलो गोल गरेका उनले सन् २०१३ को साफ च्याम्पियनसिपमा भारतबिरुद्ध १०औं अन्तर्राष्ट्रिय गोल गरेका थिए । पछिल्ला दुई वर्षमा राष्ट्रिय टोलीमा पर्न संघर्षरत थिए । अखिल नेपाल फुटबल संघ एन्फाले बिशेष कार्यक्रम गरी मंगलबार अनिलको बिदाई गरेको छ ।

अन्तराष्ट्रिय गोल[सम्पादन गर्ने]

नेपालले गरेको गोल अघिल्लो
# मिति स्थान प्रतिद्वन्दी स्कोर नतिजा प्रतिस्पर्धा
१. 25 March 2008 Pokhara Rangasala, Pokhara  पाकिस्तान
2–1
2–1
Friendly
२. 15 October 2008 MBPJ Stadium, Petaling Jaya  अफगानिस्तान
1–1
2–2
2008 Merdeka Tournament
३. 29 November 2009 Mohammedan Sporting Club, Kolkata  भूटान
1–1
2-1
Friendly
४. 10 December 2009 Bangabandhu National Stadium, Dhaka  अफगानिस्तान
1–0
3–0
2009 SAFF Championship
५. 10 December 2009 Bangabandhu National Stadiu, Dhaka  अफगानिस्तान
3–0
3–0
2009 SAFF Championship
६. 19 March 2011 Pokhara Rangasala, Pokhara  भूटान
2–0
2–1
Friendly
७. 29 June 2011 Dasarath Rangasala Stadium, Kathmandu  पूर्वी टिमोर
1–0
2–1
2014 FIFA World Cup qualifier
८. २ जुलाई २०११ दशरथ रंगशाला,काठमाडौ  पूर्वी टिमोर
१–०
५–०
२०१४ फिफा विश्वकप छनोट
९. ३१ अगस्ट २०१३ दशरथ रंगशाला,काठमाडौ  बङ्गलादेश
१–०
२–०
२०१३ साफ च्याम्पियनसिप
१०. ५ सेप्टेम्बर २०१३ दशरथ रंगशाला,काठमाडौ  भारत
१–०
२–१
२०१३ साफ च्याम्पियनसिप

उपाधिहरू[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]