सामग्रीमा जानुहोस्

पोखरा महानगरपालिका

पोखरा
आदर्श वाक्य(हरू): 
सफा पोखरा; हरियो पोखरा
पोखरा मा पर्दछ गण्डकी प्रदेश
पोखरा
पोखरा
नेपालको नक्शामा पोखराको स्थान
पोखरा मा पर्दछ नेपाल
पोखरा
पोखरा
पोखरा (नेपाल)
निर्देशाङ्क: २८°१२′३०″उ ८३°५९′२०″पू / 28.20833°N 83.98889°E / 28.20833; 83.98889
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
साक्षरता दर ८३% उच्च
स्थापना२७ फागुन २०७३
सरकार
  नगरप्रमुखधनराज आचार्य (नेकपा (एकीकृत समाजवादी))
  उपप्रमुखमञ्जुदेवी गुरुङ (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा४६४.२४ किमी (१७९.२४ वर्ग माइल)
  पानी४.४ किमी (१.७ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५१३,५०४
  घनत्व११००/किमी (२९००/वर्ग माइल)
  जातीयता
खस (ब्राह्मण क्षेत्री ठकुरीदलित) गुरुङ मगर नेवार थकाली
  धर्मावलम्बी
हिन्दु धर्म बुद्ध धर्म
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
३३७००, ३३७०२, ३३७०४, ३३७०६, ३३७०८, ३३७१३
क्षेत्रीय सङ्केत+९७७-६१
केन्द्रसाविक पोखरा उपमहानगरपालिकाको कार्यालय
वेबसाइटपोखरा महानगरपालिका

पोखरा नेपालको गण्डकी प्रदेश स्थित कास्की जिल्लामा रहेको महानगरपालिका हो। वि.सं. २०५२ माघ १८ गते उपमहानगरपालिका घोषित पोखरालाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वि.सं. २०७३ फागुन २७ गते महानगरपालिका घोषणा गरेको हो।[][][] क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो यस महानगरपालिकाको क्षेत्रफल ४६४.२४ वर्ग कि. मी. रहेको छ भने कुल जनसङ्ख्या ४,१४,१४१ रहेको छ।[] महानगरपालिकाको केन्द्र साविक पोखरा उपमहानगरपालिका कार्यालय नै रहेको छ।[][] २०७१ पुस २८ गते, तात्कालीन पोखरा उपमहानगरपालिकामा लामाचौर, भलाम, काँहु, आर्वाविजय, निर्मलपोखरी, कृष्तिनाच्नेचौर, पुम्दीभुम्दी, सराङकोट, हेम्जाअर्मला गरी १० वटा गाविसहरू गाभ्दै यसको क्षेत्र विस्तार गरिएको थियो। लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमागीको (३-९) वडाहरू, कास्कीकोट, माझठानाको (१,४-९) वडाहरू कालिकाको (१-५) वडाहरू र पुरन्चौर गाउँ विकास समिति मिलि कुल ३३ वटा वडामा विभाजित छ।[] पोखरा लेखनाथ महानगरपालिकाको पूर्वी सिमानामा मादी गाउँपालिकारूपा गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका, पर्वतस्याङ्जा जिल्ला रहेको छ उत्तरी सिमानामा माछापुच्छ्रे गाउँपालिकामादी गाउँपालिका तथा दक्षिणमा स्याङ्जातनहुँ जिल्ला रहेको छ।[१०][११][१२]

पोखरा महानगरपालिका पोखरा उपत्यकामा अवस्थित नेपालको अत्यन्तै रमणीय स्थानको रूपमा परिचित छ। पोखरा सहर नेपालको ठूलो सहर हो।[१३] त्यसैले पोखरालाई नेपालको एक महत्त्वपूर्ण पर्यटकीय स्थलको रूपमा पनि लिने गरिन्छ। यहाँका महत्पूर्ण स्थानहरूमा फेवा ताल, महेन्द्र गुफा, पातले छाँगो, सराङकोट आदि पर्दछन्। यो सहर कास्की जिल्लाको जिल्ला सदरमुकामका साथै गण्डकी प्रदेशको पनि सदरमुकाम हो। पोखरा सहर नेपालको प्रमुख सहरमध्ये एक हो। पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य स्थलमध्ये पर्दछ। देश अनि विदेशबाट हजारौँ पर्यटक पोखरा भ्रमण गर्न आउने गर्दछन्।

शाब्दिक अर्थ

नेपाली शब्द "पोखरी"बाट पोखरा भन्ने शब्दको निर्माण भएको हो। पोखरा भन्नाले ताल वा पोखरी निकटको वस्ती भन्ने बुझिन्छ।

वडागत विभाजन र जनसङ्ख्या

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार पोखरा महानगरपालिकाको कुल जनसङ्ख्या ५,१३,५०४ रहेको छ। यस महानगरपालिकालाई ३३ वटा वडाहरूमा विभाजन गरिएको छ। महानगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

पोखरा महानगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरू/गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
पोखरा (१)१३,९४७१.५४९,०५६.४९
पोखरा (२)१०,१०००.६१६,८३३.३३
पोखरा (३)८,२८४०.६३१३,१४९.२१
पोखरा (४)९,१५२०.५११७,९४५.१०
पोखरा (५)२२,३२५१.७८१२,५४२.१३
पोखरा (६)१४,४५५६.३३२,२८३.५७
पोखरा (७)१६,१३९१.९७८,१९२.३९
पोखरा (८)२५,४३९१.७६१४,४५३.९८
पोखरा (९)१५,९८११.२२१३,०९९.१८
१०पोखरा (१०)१८,४३५१.९६९,४०५.६१
११पोखरा (११), काँहु१७,५९४६.९७२,५२४.२५
१२पोखरा (१२)१२,७१०१.४९,०७८.५७
१३पोखरा (१३), आर्वाविजय२२,३९९१५.३८१,४५६.३७
१४पोखरा (१४, १८)३१,५६११३.३६२,३६२.३५
१५पोखरा (१५)२४,४०६५.१२४,७६६.८०
१६पोखरा (१६), अर्मला२४,४६५३४.६८७०५.४५
१७पोखरा (१७)४६,००५७.८९५,८३०.८०
१८सराङकोट१२,९४५१७.७७७२८.४७
१९लामाचौरपुरन्चौर१३,८५५११.०४१,२५४.९८
२०भलाममौजा३,९३६२२.९४१७१.५८
२१निर्मलपोखरीकृष्तिनाच्नेचौर९,०७०३५.९२५२.६५
२२पुम्दीभुम्दी७,५९६३२.११२३६.५६
२३चापाकोट (१-९) र भदौरे तमागी (३-९)४,२७६४७.८८९.४६
२४कास्कीकोट५,९५०१८.५३२१.६२
२५हेम्जा१७,५९७२२.३८७८६.२८
२६लेखनाथ (३-५)१६,७७७१२.१३१,३८३.१०
२७लेखनाथ (२,६-७)१६,३७७१२.२३१,३३९.०८
२८माझठाना (१,४-९) र कालिका (१-५)४,२२४१७.५७२४०.४१
२९लेखनाथ (१)१६,२५७४.२२३,८५२.३७
३०लेखनाथ (८, १२)१६,१९२९.४१,७२२.५५
३१लेखनाथ (९-११)८,७०२२४.४६३५५.७६
३२लेखनाथ (१३-१५)१४,६८३१५.०१९७८.२१
३३भरतपोखरी११,६७०४४.१८२६४.१५
जम्मा५,१३,५०४४५०.७४१,१३९.२५

भूगोल

पोखरा महानगरपालिका पोखरा उपत्यकाको उत्तर पूर्वी कुनोमा अवस्थित छ। धौलागिरि, अन्नपूर्णमनास्लु शृङ्खला, ८००० मिटर भन्दा अग्ला हिमालहरू पनि यहाँबाट देख्न सकिन्छ। फेवातालले पोखराको सौन्दर्य अझै बढाएको छ। पोखरा नेपालकै सबैभन्दा धेरै पानी पर्ने ठाउँ हो। यहाँका पाताले छाँगो, महेन्द्र गुफागुप्तेश्वर गुफा पनि पर्यटकीय स्थल हुन्। माछापुच्छ्रे हिमालको मनोरम दृष्य पनि पोखराबाट देखिन्छ। सराङ्कोट पनि पर्यटकीय गन्तव्य रूपमा रहेको छ जहाँबाट सूर्योदय तथा सूर्यास्तको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ साथै फेवाताल, सेतो गुम्बा, अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यपनि यहाँबाट गर्न सकिन्छ।

शब्द-व्युपत्ति

पोखरा शब्दको व्युपत्ति "पोखरी" शब्दबाट भएको मानिन्छ जसको अर्थ हुन्छ जलाशय वा तलाउ जहाँ पानि जमेको हुन्छ।

इतिहास

वर्तमान नेपाल एकीकरण हुनु अगाडि पोखरा कास्की राज्यअन्तर्गत थियो। कुलमण्डल खाण हुँदै कुलमण्डल बिरबिक्रम भएका कास्की राज्यका राजाहरुले नै पाेखरालाई शहरीकरण तिर डाेर्याएका थिए । ऐतिहासिक कास्कीकोट उपत्यकाको उत्तरी छेउमा रहेको छ। पृथ्वी नारायण शाहका माहिला छोरा नायव बहादुर शाहको समयमा कास्कीकाे पोखरा उपत्यका समेत वर्तमान नेपालमा मिलाईएको हो।

अर्थतन्त्र

वि.सं २०४६ सालदेखि दशकदेखि पोखरामा तीव्र सहरीकरणको भएको छ। फलस्वरूप, सेवा क्षेत्रका उद्योगहरूले परम्परागत कृषिलाई उछिन्ने स्थानीय अर्थतन्त्रमा योगदान पुऱ्याएको छ। सहरीकरणको प्रभाव उच्च अचल सम्पत्तिको मूल्यमा देखिन्छ, जुन देशकै सबैभन्दा उच्च मध्ये एक हो।[१४] पोखराको अर्थतन्त्रका लागि प्रमुख योगदानकर्ताहरू पर्यटन लगायत निर्माण र सेवा क्षेत्र हुन्; कृषि तथा विदेशी तथा घरेलु विप्रेषण पनि अर्थतन्त्रमा प्रभाव पार्ने प्रमुख तत्वहरू हुन्। पर्यटन, सेवा क्षेत्र र उत्पादनले अर्थतन्त्रमा करिब ५८% योगदान, विप्रेषण करिब २०% र कृषिमा झण्डै १६% योगदान गरेको छ।[१५]

जनसङ्ख्या

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पोखरा महानगरपालिकाको कुल जनसङ्ख्या ५,१३,५०४ रहेको छ भने यहाँ १,४०,४५९ घरधुरी रहेका छन्।[][१६] ५ दशमलव ४६ प्रतिशत जनसङ्ख्या वृद्धि रहेको यहाँको वृद्धिदर अधिराज्यमै सर्वाधिकमध्ये पर्छ। सन् २०११ को तथ्याङ्कअनुसार यहाँ बाहुन २२ दशमलव ८३ प्रतिशत, गुरुङ २१ दशमलव ६२ प्रतिशत, मगर ८ दशमलव २० प्रतिशत, क्षेत्री १५ दशमलव ३५, दलित ८ दशमलव ७१ प्रतिशत रहेको छ। यहाँ नेवार, मुसलमान, तामाङ, थकाली आदि जनजाति बस्छन्।[१७] परम्परागत पेसा व्यवसायका अलावा बाहिर काम गरेर आएका मानिस र लाहुरेको बसोबास बढी भएको पोखरालाई नेपालकै महङ्गो सहर पनि भनिन्छ।[१८]

पर्यटकीय स्थलहरू

फेवा ताल

पोखरा तथा लेखनाथको मुख्य व्यवसाय पर्यटन हो। पोखरा महानगरपालिकामा विन्ध्यवासिनी मन्दिर, धर्मशाला, बुद्धविहार, मैत्री चैत्य तथा राधाकृष्ण मन्दिर, भद्रकाली मन्दिर, शोभा भगवती मन्दिर, सिद्धेश्वर महादेव, पुष्करेश्वर शिव मन्दिर, राम मन्दिर, केदारेश्वर मन्दिर, शिवहरि मन्दिर तथा नमोबौद्ध गुम्बा आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेका छन् भने सेती नदीको गल्छी, चमेरे गुफा, पाताले छाँगो, महेन्द्र गुफा, गुप्तेश्वर गुफा आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन्।[१९] यहाँका रमणीय तालहरू र सेतीगण्डकी हिमाली छायाँ तथा झरनाहरू प्रमुख पर्यटकीय आकर्षण हुन्। फेवातालमा पर्ने माछापुच्छ्रे हिमालको छाँया तथा बेगनासमा गरिने डुङ्गा सयर बिर्सिनसक्नुका छन्। साथै अन्नपूर्ण पदमार्ग पनि यहीबाट शुरू हुन्छ।[२०]

शिक्षा तथा स्वास्थ्य

साथ-साथै पोखरा उपत्यका पश्चिम नेपालको प्रमुख शिक्षा तथा स्वास्थ्य केन्द्र पनि हो। नेपालकै प्रख्यात पृथ्वी नारायण क्याम्पस, जनप्रिय क्याम्पस, पोखरा विश्वविद्यालय, पोखरा चिसाखोला वेद विद्याश्रम तथा अन्य क्यापस तथा विद्यालय रहेको पोखरामा पोखरा क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल सहित थुप्रै स्वास्थ्यसंस्था रहेका छन्।[२१]

राजमार्ग

पोखरा उपत्यका पूर्वमा पृथ्वी राजमार्गका माध्यमले मध्य पहाडी क्षेत्र, काठमाडौँ उपत्यका मध्य दक्षीणको चितवन जिल्ला तथा पूर्व-पश्चिम राजमार्ग नेपालको तराइसँग जोडिएको छ भने सिद्धार्थ राजमार्गले पोखरालाई पश्चिम तराई, र केही पहाडी जिल्लासँग तथा धौलागिरी राजमार्गले पश्चिम-उत्तरी पहाडीहिमाली क्षेत्रसँग जोडेका छन्।

नदी तथा तालहरू

पोखरा उपत्यकाका अवस्थित बेगनस ताल

पोखरा उपत्यका जलस्रोतमा धनी छ। यसका मुख्य ताल तथा नदीहरू यस प्रकार छन्:[२२][२३]

तालहरू

नदीहरू

  • सेती नदी (सेती खोला), काहु खोला, विजयपुर खोला, फुर्से खोला, काली खोला, यामदी खोला, मार्दी खोला, हर्पन खोला, हदी खोला आदी

सञ्चार

वि.सं २०४६ को दशकसम्म नेपालमा सञ्चार माध्यम र सञ्चार निकै सीमित थियो।[२४] तथापि, त्यसपछिका दशकमा छापा, रेडियो र टेलिभिजनमा निजी सञ्चार माध्यमहरूको वृद्धि भएको थियो। पोखरा उपत्यकामा निजी स्वामित्वमा रहेका १९ वटा स्थानीय एफएम स्टेसन छन्। काठमाडौँ थप ४ वटा एफएम स्टेसनहरूका पोखरामा आफ्नो क्षेत्रीय प्रसारण स्टेसनहरू रहेका छन्।[२५] यहाँ ६ वटा सामुदायिक रेडियो स्टेसन र पाँचवटा टेलिभिजन स्टेसन छन्।

नेपाली भाषाका लगभग १४ वटा राष्ट्रिय दैनिक पत्रिकाहरू यस सहरबाट प्रकाशित हुन्छन्।अन्य विभिन्न साप्ताहिक तथा मासिक समाचार पत्रिकाहरू पनि प्रकाशित छन्।[२६][२७][२८] काठमाडौँमा प्रकाशित सबै प्रमुख राष्ट्रिय पत्रपत्रिकाले पोखरामा वितरण गरेका छन्। पोखराबाट पनि थुप्रै अनलाइन समाचार वेबसाइटहरू पनि सञ्चालित छन्। लोकप्रिय प्रविधिमा आधारित वेब-पत्रिका टेनसंसार पनि पोखरामा सुरु भएको थियो।[२९][३०]

पोखरामा नेपाल टेलिकम, स्मार्ट टेलिकमएनसेलको ४जी नेटवर्क सञ्चालित छन्।[३१] नेपाल टेलिकमले वाई–म्याक्स प्रविधिको प्रयोग गरी वाई–फाई हटस्पट यहाँ २०७० सालबाट सुरु गरेको थियो।[३२] प्रयोगकर्तामा आधारित इन्टरनेट विभिन्न निजी इन्टरनेट सेवा प्रदायकहरूद्वारा प्रदान गरिन्छ।

नगर प्रशासन

नगरपालिकाको पहिलो प्रमुख शिवबहादुर थापा (२०१६-२०१८) तथा उपप्रमुखहरू भक्तबहादुर भट्टराई, टीकाराम बराल र प्रेमराज पराजुली हुनुहुन्थ्यो। देशमा बहुदलीय प्रणाली पुनःस्थापनापछि भोला थापा (२०४९-२०५३) प्रमुख, नरेशशङ्कर पालिखे उपप्रमुख, कृष्णबहादुर थापा (२०५४-२०५९) प्रमुख तथा क्या. मानबहादुर गुरुङ उपप्रमुख भए। त्यसपछि हर्कबहादुर गुरुङ प्रमुख तथा गणेशबहादुर भट्टराई उपप्रमुखमा मनोनित भए।[३३]

चित्र दीर्घा

सन्दर्भ सामग्रीहरू

  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "७ सय ४४ स्थानीय तह कार्यान्वयनमा", कान्तिपुर दैनिक, २७ फागुन २०७३, अन्तिम पहुँच २७ फागुन २०७३ अभिलेखिकरण २०१७-०५-०१ वेब्याक मेसिन
  4. "एउटै प्रदेशमा तीन महानगरपालिका", सेतोपाटी, ९ चैत २०७३, अन्तिम पहुँच ९ चैत २०७३ अभिलेखिकरण २०१७-०३-२६ वेब्याक मेसिन
  5. "यी हुन् अब बन्ने ४ महानगरपालिका र १२ उप-महानगरपालिका", सेतोपाटी, १२ पुष २०७३, अन्तिम पहुँच १२ पुष २०७३ अभिलेखिकरण २०१७-०५-१७ वेब्याक मेसिन
  6. "अब नेपालमा तीनवटा महानगरपालिका", सेतोपाटी, २३ कात्तिक २०७३, अन्तिम पहुँच २३ कात्तिक २०७३ अभिलेखिकरण २०१७-०४-२२ वेब्याक मेसिन
  7. "सात प्रदेशको नयाँ नेपाल", अनलाइन खबर, अन्तिम पहुँच २०७१ माघ ५
  8. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फागुन २०७३, अन्तिम पहुँच २८ फागुन २०७३ अभिलेखिकरण २०१७-०५-१८ वेब्याक मेसिन
  9. "पोखरा लेखनाथ महानगरपालिकाद्वारा औपचारिक रूपमा काम सुरू", सेतोपाटी, ३० फागुन २०७३, अन्तिम पहुँच ३० फागुन २०७३ अभिलेखिकरण २०१७-०३-१६ वेब्याक मेसिन
  10. "हेर्नुहोस्, तपाईंँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फागुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  11. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पुष २०७३, अन्तिम पहुँच २३ पुष २०७३
  12. "कास्कीमा स्थानीय तह पुनःसंरचना कार्यान्वयन", नागरिक दैनिक, ०५ चैत २०७३, अन्तिम पहुँच ०५ चैत २०७३
  13. "देशकै ठूलो महानगर पोखरामा मेयर र उपमेयर को-को बन्दैछन्", सेतोपाटी, ८ वैशाख २०७४, अन्तिम पहुँच ८ वैशाख २०७४ अभिलेखिकरण २०१७-०४-२७ वेब्याक मेसिन
  14. "पोखराको शान"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१
  15. Baniya, Lal Bahadur (२००४), "Human Resource Development Practice in Nepalese Business Organizations: A Case Study of Manufacturing Enterprises in Pokhara", Journal of Nepalese Business Studies 1 (1): 58–68, आइएसएसएन 2350-8795, डिओआई:10.3126/jnbs.v1i1.39
  16. "पोखरा मुलुककै ठूलो महानगर", कान्तिपुर दैनिक, २९ फागुन २०७३, अन्तिम पहुँच २९ फागुन २०७३ अभिलेखिकरण २०१७-०५-०१ वेब्याक मेसिन
  17. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, २०७२ मङ्सिर २४, अन्तिम पहुँच २०७२ मङ्सिर २४ अभिलेखिकरण २०१७-०५-१७ वेब्याक मेसिन
  18. Cost of Living Index in Nepal - Statistics & Graphs of Nepalese Citizen's Economic Power | साभार मिति २०१४-०३-१८ |
  19. "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति अभिलेखिकरण २०१०-०८-०१ वेब्याक मेसिन
  20. "मर्नुअघि घुम्नै पर्ने नेपालका १० ठाउँहरू", नेपालीपत्र, २६ चैत २०७३, अन्तिम पहुँच २६ चैत २०७३ अभिलेखिकरण २०१७-०४-१२ वेब्याक मेसिन
  21. "मणिपाल शिक्षण अस्पताल प्रसङ्ग", Karnalikhabar, २०७४ बैशाख १६, अन्तिम पहुँच २०७४ बैशाख १६ अभिलेखिकरण २०१७-०४-३० वेब्याक मेसिन
  22. Thapa, Gopal B.; Weber, Karl E. (जुन १९९२), "Deforestation in the Upper Pokhara Valley, Nepal", Singapore Journal of Tropical Geography 12 (1): 52–67, डिओआई:10.1111/j.1467-9493.1991.tb00028.x
  23. Bisht, Ramesh Chandra (२००८), International Encyclopaedia of Himalayas (Vol. 4, Nepal Himalayas संस्करण), Mittal Publications, आइएसबिएन 978-81-8324-269-1
  24. Wilmore, Michael (२००८), Developing Alternative Media Traditions in Nepal, Langam, MD, USA: Lexington Books, आइएसबिएन 978-0-7391-2525-0
  25. Lin, Kong Yen; Dixit, Kunda (१–७ मे २००९), "Women on air", Nepali Times, मूलबाट ४ मे २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ मे २०१२
  26. "समाचारपाटी डटकम (पोखराबाट संचालित राष्ट्रिय स्तरको अनलाइन पत्रिका)" अभिलेखिकरण २०१५-०८-१२ वेब्याक मेसिन
  27. "आदर्श समाज राष्ट्रिय दैनिक" अभिलेखिकरण २०१३-०६-०५ वेब्याक मेसिन
  28. "समाधान राष्ट्रिय दैनिक", मूलबाट १९ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अप्रिल २०१२ अभिलेखिकरण १९ अप्रिल २०१२ वेब्याक मेसिन
  29. "गन्थन डट कम" अभिलेखिकरण २०१४-०१-१० वेब्याक मेसिन
  30. Kshetri, Indra Dhoj (२००८), "Online News Portals in Nepal: An Overview", Bodhi 2 (1): 260–267, आइएसएसएन 2091-0479, डिओआई:10.3126/bodhi.v2i1.2876
  31. "आइतबारदेखि काठमाडौँ र पोखरामा स्मार्ट टेलिकमको फोरजी सेवा"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१
  32. "पोखरामा टेलिकमको 'हटस्पट इन्टरनेट'" (नेपाली) भाषा)। नागरिक दैनिक। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१
  33. "पोखरा लेखनाथ महानगरपालिका:पदाधिकारीहरू", अन्तिम पहुँच २०७४ बैशाख १७ अभिलेखिकरण २०१७-०५-१६ वेब्याक मेसिन

बाह्य कडीहरू

यो पनि हेर्नुहोस