नेपालमा टेलिफोन नम्बर
स्वरूप
| अवस्थिति | |
|---|---|
| देश | नेपाल |
| महादेश | एसिया |
| एनएसएन लम्बाई | ८ (ल्यान्डलाइन) १० (मोबाइल नम्बर) |
| पहुँच कोडहरू | |
| देश कोड | +९७७ |
| अन्तर्राष्ट्रिय पहुँच | ०० |
| लामो-दूरी | छैन |
नेपालमा टेलिफोन नम्बरहरू नेपाल सरकार मातहतको नेपाल दूरसञ्चार प्राधिकरणद्वारा राष्ट्रिय नम्बरिङ योजना अन्तर्गत प्रशासित गरिन्छ। अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घले नेपाललाई देश कोड "९७७" प्रदान गरेको थियो।[१] नेपालमा टेलिफोन नम्बर १० अङ्क लामो हुन्छ। ल्यान्डलाइन नम्बर र मोबाइल नम्बरका विभिन्न संरचना हुन्छन्। यहाँ नेपालको ल्यान्डलाइन टेलिफोनको कोडको सूची दिइएको छ। यी एसटिडी कोडहरू ल्यान्डलाइन टेलिफोनका लागि महत्त्वपूर्ण छन् र स्थानीय कल (नेपालभित्र) का लागि आवश्यक हुन्छ।[२]
नेपालका प्रत्येक जिल्लाको ल्यान्डलाइन टेलिफोन क्षेत्र कोडहरूको सूची
[सम्पादन गर्नुहोस्]आपतकालिन सेवाका नम्बरहरू
[सम्पादन गर्नुहोस्]| कोड | सङ्गठन |
|---|---|
| १०५ | नेपाली सेना |
| १०७ | अख्तियार दुरुपयोग अनुसन्धान आयोग |
| १०३ | ट्राफिक प्रहरी |
| १०९८ | बालबालिका हेल्पलाइन |
| ११४४ | पर्यटन प्रहरी |
| १०४ | बालबालिका हराएमा |
| १०१ | दमकल |
| १०२ | एम्बुलेन्स |
| १०० | नेपाल प्रहरी |
सन्दर्भ सामग्रहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Nepal Country Code", वर्ल्डोमिटर (अङ्ग्रेजीमा), २९ जेठ २०८१।
- ↑ "List of Landline Telephone Area Codes of Each District of Nepal", टप नेपाली, २०८१ जेठ २९।