मुगु जिल्ला
मुगु जिल्ला | |
![]() | |
अञ्चल: | कर्णाली |
---|---|
प्रदेश: | कर्णाली |
सदरमुकाम: | गमगढी, |
क्षेत्रफल: | ३,४२२ वर्ग कि.मि. |
जनसङ्ख्या: | |
गाउँपालिका(हरू): | |
नगरपालिका(हरू): | |
प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या:२ | १ |
भौगोलिक अवस्थिति: | हिमाल |
सबै भन्दा अग्लो स्थान: | मिटर |
सबै भन्दा होचो स्थान : | मिटर |
प्रमुख जातिहरू: | आदि |
प्रमुख भाषाहरू: | आदि |
मानव विकास सूचकाङ्क: | (७५ जिल्लाहरू मध्ये) |
टेलिफोन कोड: | ०१९ |
प्रमुख जिल्ला अधिकारी: | |
वेबसाइट: | ddcmugu |
(नेपाल सम्बन्धि लेखको अंश) |
प्रशासनिक विभाजन |
---|
![]() |
|
|
|
नेपाल |
मुगु नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, कर्णाली अञ्चलको उत्तरी भेगमा अवस्थित विकट,दुर्गम र पिछडिएको पहाडी जिल्ला हो। यस जिल्लामा मुगु कर्णाली, हुम्ला कर्णाली जस्ता सदावहार नदीहरू अनेक खोलानाला र झरनाहरू रहेका छन। नेपालको सबभन्द ठूलो तालको परिचय पाएको रारातालपनि यहि जिल्लाम रहेको छ। राष्ट्रिय चरा डाँफे, कालिज र कस्तुरी लगायतका जनावर पाइने रारा राष्ट्रिय निकुञ्ज पनि यो जिल्लाको अर्को परिचय हो। आर्थिक सामाजिक तथा राजनीतिक विकासको दृष्टिकोणले अत्यन्तै पिछडिएको यस जिल्लाको प्रमुख आर्थिक क्रियाकलापमा कृषी, पशुपालन, घरेलु उद्योग र जडीवुटी प्रमुख रहेका छन। स्वास्थ्य शिक्षा जस्ता सामाजिक क्षेत्रमा अत्यन्तै पछाडी परेको मुगुका जनताले सडक यातायातको अभावमा अनियमित र महँङ्गो खाद्यान्न तथा औषधोपचारको सामना गरिरहनु परेको छ। मुगु जिल्ला भौगोलिक विविधतासँगै धार्मिक सांस्कृतिक तथा भेष भूषामा पनि विविधता भएको जिल्ला हो। कुनै ठाउँमा भोटेसेलो छ भने, अर्को ठाउँमा देउडा गीत। त्यसैगरी यस जिल्लामा असुरो देखि यार्चागुम्बा र सिसौ देखि देवदार जस्ता काठहरू पाइने हुनाले यहुको प्राकृतिक सम्पदामा पनि निकै विविधता पाइन्छ। त्यसै गरी तराईको गर्मी हावापानी फल्ने आँप, केरा, उखु, पहाडमा पाइने सुन्तला र हिमालमा पाइने स्याउ, नास्पाती जस्ता फलहरू पाइनुका अतिरिक्त बाबियो घाँस देखि बुकी फूल सम्म पाइन्छ। यस जिल्लाको सदरमुकाम गमगढी बजार प्रसिद्ध रारातालको उत्तर-पूर्वमा तथा प्रसिद्ध मुगु कर्णाली नदीको किनारमा रहेको छ। यो श्रीनगरगाविसमा अवस्थित छ। गमगढी बजारको उचाई समुद्री सतह देखि २,२६६ मिटर छ।
जिल्लाको नामाकरण[सम्पादन गर्ने]
पौराणिक किम्बदन्ती अनुसार विभिन्न भनाईहरू रहेतापनि यस जिल्लाको उत्तरी भेगको इलाका नम्बर ३मा पर्ने मुगु गाउँको नामबाट यस जिल्लाका नाम मुगु रहन गएको हो।
भौगोलिक अवस्थिति[सम्पादन गर्ने]
- अक्षांश: २२ डिग्रि ४६ मिनेट ४०" देखि २९ डिग्रि ५६ मिनेट ३०" उत्तर
- देशान्तर: ८१ डिग्रि ४६ मिनेट ४०" देखि ८२ डिग्रि ४९ मिनेट ५७" पूर्व
- सिमाना: पूर्व-डोल्पा, पश्चिम- बाजुरा, उत्तरमा हुम्ला र दक्षिणमा जुम्ला र कालिकोट जिल्ला
- क्षेत्रफल: ३,५३५ वर्ग किलोमिटर [१]
- सबभन्दा होचोस्थान:
- सबभन्दा अग्लोस्थान:
- सदरमुकाम: गमगढी, श्रीनगर गाविस
मुगु जिल्ला भौगोलिक रूपमा विषम र विविधता युक्त पर्यटन, जडिबुटि र तामाखानी र फलामखानी समेत भएको विकट र दुर्गम हिमाली जिल्ला हो । विश्व मानचित्रमा मुगु जिल्ला २९०' २३" देखी २९०' ५६" उत्तरी अक्षांश र ८१०' ४६" देखी ८२०' ४९" सम्म पूर्वी देशान्तरमा अवस्थित छ । ३५३५ वर्ग किलो मिटर क्षेत्रफल भएको यस जिल्लाको पूर्वमा डोल्पा जिल्ला, पश्चिममा बाजुरा जिल्ला, दक्षिणमा जुम्ला जिल्ला र कालीकोट जिल्ला र उत्तरमा चिनको स्वसाशित क्षेत्र तिब्बत पर्दछ । मुगु जिल्लाले नेपालको कुल क्षेत्रफलको २.११% भू-भाग ओगटेको छ । मुगु जिल्ला समुन्द्री सतहबाट १२०१ मिटर देखि ६६१६ मिटर सम्मको उचाईंमा फैलिएको छ[२] ।
पर्यटन[सम्पादन गर्ने]
नेपालको सबै भन्दा ठुलो रारा ताल मुगु जिल्लामा नै पर्दछ । रारा तालको लम्बाई ५ किलो मिटर चौडाई, ३ किलो मिटर र गहिराई १६७ मिटर रहेको छ । समुद्री सतहबाट २९९० मिटरको उचाईमा अवस्थित रारा ताल मुगु जिल्लामा आउने पर्यटनको मुख्य आकर्षण हो । यसका साथै छायाँनाथ मन्दिर, रारा राष्ट्रिय निकुञ्ज, चङ्खेली हिमाल आदी पर्यटकिय स्थलहरू यस जिल्लामा रहेका छन् । भौगोलिक विकटताका कारण यि पर्यटकिय स्थलहरूको विकास र प्रवर्वर्द्धन हुन सकेको छैन ।[२]
अर्थतन्त्र[सम्पादन गर्ने]
नेपालको मध्य पश्चिमाञ्चल विकाश क्षेत्र अन्तर्गत पर्ने यो जिल्ला मानव विकास सूचकाङ्कका दृष्टिकोणबाट विश्लेषण गर्दा विगतका वर्षहरूमा ७५ औँ स्थानबाट माथी उठ्न नसके पनि हालको अवस्थामा यो जिल्ला सडक सञ्जाल जोडिनु र जनताको राजनीतिक तथा सामाजिक चेतनास्तरमा क्रमशः विकास हुनको परिणाम स्वरुप शाक्षरता दर औषत आयु र प्रति व्याक्ति आय जस्ता सूचकहरूमा सुधार भई यस वर्ष जिल्ला मानव विकास सूचकाङ्कको सूचीमा ६७ औँ स्थानमा पर्नु जिल्लाको विकास क्रममा उल्लेख्य उपलब्धि हो । नवौँ गणतान्त्रिक जिल्ला परिषदको प्रतिवद्धता अनुरुप कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा शुशाषन प्रवर्द्धन सबैको सहयोग र सहकार्य भएमा आगामी वर्षहरूमा मानव विकास सूचकाङ्कको सूचीमा थप सुधार हुने निश्चित छ ।[२]
प्रसाशनिक विभाजन[सम्पादन गर्ने]
एक मात्र संसदिय निर्वाचन क्षेत्र रहेको मुगु जिल्लालाई पहिले २३ वटा गाविस विभाजित गरिएको थियो भने हाल यस जिल्लालाई १ नगरपालिका र ३ वटा गाउँपालिका स्थानिय तहहरू कायम गरिएको छ । मुगु जिल्लामा हाल कायम भएका स्थानिय तहहरू १. छायाँनाथ रारा, २. खत्याड, ३. मुगुम कर्मारोङ्ग र ४. सोरू रहेका छन् ।[२]