मकवानपुर जिल्ला
मकवानप ुर जिल्ला | |
![]() | |
अञ्चल: | नारायणी अञ्चल |
---|---|
प्रदेश: | {{{प्रदेश}}} |
सदरमुकाम: | हेटौँडा |
क्षेत्रफल: | २,४२६ वर्ग कि.मि. |
जनसङ्ख्या: | ३,९२६,०४ |
गाउँपालिका(हरू): | |
नगरपालिका(हरू): | |
प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या: | ४ |
भौगोलिक अवस्थिति: | तराई, भित्रिमधेस , प हाड |
सबै भन्दा अग्लो स्थान: | ५००६ मी. मिटर |
सबै भन्दा होचो स्थान : | मिटर |
प्रमुख जातिहरू: | - ब्राहम्ण, क्षेत्री, तामागं, राई, नेवारप आदि |
प्रमुख भाषाहरू: | - नेपाली,तामागं, राई, मगर आदि |
मानव विकास सूचकाङ्क: | - (७५ जिल्लाहरू मध्ये) |
टेलिफोन कोड: | -०५७ |
प्रमुख जिल्ला अधिकारी: | - |
वेबसाइट: | www.ddcmakwanpur.gov.np |
(नेपाल सम्बन्धि लेखको अंश) |
प्रशासनिक विभाजन |
---|
![]() |
|
|
|
नेपाल पोर्टल हिमालय पोर्टल |
यो जिल्ला कुनै बेला मेची-महाकालीलाई राजधानीसँग जोड्ने रूपमा लिइन्थ्यो भने अहिले पृथ्वी राजमार्ग निर्माणले केही ओझेलमा पर्न गएको छ। उत्तरतर्फ करिव ६६ कि.मि. लामो महाभारत शृङ्खला र दक्षिणतर्फकरिव ९२ कि.मि. लामो चुरे पर्वत (सिवालिक पहाड)को काखमा यो जिल्ला अवस्थित छ। राजधानी प्रवेशको मुख्य मार्गको रूपमा परिचित यो जिल्ला राजधानी काठमाडौँ र ऐतिहासिक जिल्ला ललितपुरसँग सीमावद्ध भएर रहेको छ। त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको निर्माणले यस जिल्लाबाट देशको पूर्व तथा पश्चिम आवागमनलाई अत्यन्त सहज तुल्याएको छ। यस जिल्लाको सदरमुकाम हेटौँडाबाट फाखेल-हुमानेभञ्ज्याङ्ग-फर्पिङ्ग हुंदै छोटो समयमै काठमाडौँ पुग्ने वैकल्पिक मार्ग पनि निर्माण भएको छ। यो जिल्ला देशकै तेस्रो ठूलो औद्योगिक जिल्ला मध्येमा पर्दछ। यहाँ थुप्रै प्राकृतिक मनोरम स्थलहरू रहेका छन्। शान्त शीतल वातावरणले जो कोहीको मन जित्न सक्दछ। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षणले पनि यस जिल्लाको केही भूभाग ओगटेको छ। सेन वंशीय राजाहरूको दरबार मकवानपुरगढी (बडा महाराजाधिराज पृथ्वीनारायण शाहको ससुराली पनि), सामारिक दृष्टिले महत्त्वपूर्ण स्थान चिसापानी गढी, पर्यटकीय स्थल शहीद स्मारक, लालीगुरांस र सुनगाभाका प्राकृतिक सङ्ग्रहालयहरूले यस जिल्लाको सौर्न्दर्य अझ बढाएको छ। यस जिल्ला मा नेपालकै एकमात्र मानव निर्मित ताल छ जसलाई इन्द्रसरोवर वा कुलेखानी नामले चिनिन्छ । यस ताल को पानीबाट कुलेखानी प्रथम कुलेखानी दितिय र कुलेखानी तृतीय(हाल निर्माणाधीन ) मा विद्युत उत्पादन गरिन्छ । जो नेपाल विद्युत प्राधिकरण को "Backup" को रूपमा रहेको छ ।
जिल्लाको नामाकरण[सम्पादन गर्ने]
यस जिल्लाको नामाकरण सेनवंशीय प्रतापि राजा मुकुन्द सेनको नाम अप्रभंश हुदै माकन्दपुरवाट अन्तमा मकवानपुर भएको जनश्रुती यहाँ प्रचलित छ।
ऐतिहासिक पक्ष[सम्पादन गर्ने]
यस जिल्लाको सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक पक्षको व्यवस्थितढंगबाट ऐतिहासिक अध्ययन भएको पाइन्न। किंवदन्ती र फाटफुट निस्केका लेखहरू अध्ययन गर्ने हो भने महाभारतकालदेखि नै यो जिल्ला विभिन्न प्रसंगमा आउने गरेको छ। वनबासको क्रममा पाँच पाण्डवहरू यस जिल्लामा आइपुगेका र भीमसेनले हेडम्बा राक्षस मारेको र उनैको नामबाट हेटौँडा नामकरण भएको भन्ने जनश्रुति प्रचलित छ। हेडम्बा राक्षसकी बहिनी भूटनीस“ग भीमसेनको विवाह भई घटोत्कच छोरा जन्मेको र उनै भूटनीको नामबाट हेटौँडाको प्रसिद्ध मन्दिर भूटनदेवी स्थापना गरिएको पनि जनश्रुति छ।
यस जिल्लामा आदिवासी जनजातिको रूपमा रहेका राई (देवास) जातिहरू दक्षिण पूर्वी बाग्मती नदी किनारको आसपास तीन चार सय वर्षअघिदेखि नै बसोबास गर्ने गरेको र फापरवारी गाविस वडा नं. १ झुरझुरे उनीहरूको राजधानी रहेको बताइन्छ। त्यसैगरी बेतिनी गाविसमा तामाङ्ग जातिहरूको घिसिङ्ग राजाको दरबार थियो भन्ने मान्यता र हाल यस जिल्लामा ५० प्रतिशतको हाराहारीमा रहेको तामाङ्ग जातिहरूको बाहुल्य त्यसको सवुत हुन सक्दछ।
आज भन्दा २३ सय वर्ष पहिले नेपालको भ्रमणमा आउँदा चित्लाङ्गमा सम्राट अशोक कि पुत्री चारुमती ले स्थापना गरेको चैत्य देखि लिएर लिच्छवी कालीन राजा नरेन्द्रदेवलाई राजा प्रमाणित गर्ने एक मात्र शिलालेख पृथ्वीनारायण शाहको ससुराली अर्थात् मकुन्ददेवको दरवार रहेको मकवानपुरगढी र सामरिक हिसाबले महत्त्वपूर्ण भएर काली तोप रहेको र उपत्यकाबाट बाहिर जाँदा जाच गर्ने र राहदानी दिने तथा राणकालीन भन्सार चौकि चिसापानीगढीले यस जिल्लाको ऐतिहासिक महत्त्व दर्शाउछ।
भौगोलिक अवस्थिति[सम्पादन गर्ने]
मकवानपुर जिल्ला पूर्व पश्चिम लम्बिएर रहेको छ। पूर्व साघुरो हुँदै पश्चिम तर्फबेलुन फुलेझै फुकेको आकारमा छ।
- अक्षांश: २७.१०" देखि २७.४०" उत्तरी अक्षांश
- देशान्तर: ८४.४१" देखि ८५.३१" पूर्वी देशान्तरसम्म
- क्षेत्रफल: २४२६ वर्ग कि.मि. (नेपालको कूल क्षेत्रफलको १.६५५ भाग)
- सिमाना: पूर्व काभ्रे र सिन्धुली जिल्ला, पश्चिम चितवन र धादिङ्ग जिल्ला, उत्तर काठमाडौँं र ललितपुर, दक्षिण पर्सा, बारा र रौतहट जिल्ला
- सबैभन्दा ठूलो गाविस: मनहरी गाविस (क्षेत्रफल २५६.५७ बर्ग कि.मि.)
- सबैभन्दा सानो गाविस: कोगटे गाविस (क्षेत्रफल १०.३५ वर्ग कि.मि.)
- सबैभन्दा बढी जनघनत्व भएको गाविस: पदमपोखरी गाविस
- सबैभन्दा कम जनघनत्व भएको गाविस: मनहरी गाविस
राजनीतिक विभाजन[सम्पादन गर्ने]
मकवानपुर जिल्ला नेपालको मध्यमाञ्चल विकास क्षेत्र अर्न्तर्गत नारायणी अञ्चलमा पर्दछ। यस जिल्लाको सदरमुकाम हेटौँडा हो। २०४३ सालमा हेटौँडालाई सदरमुकाम बनाइएको हो। यस पूर्व भीमफेदी यस जिल्लाको सदरमुकाम थियो। मध्यमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकामको रूपमा यसलाई विकास गर्ने लक्ष्य राखिएको छ र क्षेत्रीयस्तरका कार्यालयहरू यहा स्थानान्तरण हुने क्रम बढ्दो छ। प्रशासकीय दृष्टिले यस जिल्लालाई ४ निर्वाचन क्षेत्र, ४३ गाँउ विकास समिति र १ नगरपालिकामा विभाजन गरिएको छ।
गाँउ विकास समिति र नगरपालिका[सम्पादन गर्ने]
राईगाउ, फापरवारी, धियाल, वेतिनि, ठिंगन, मन्थली, शिखरपुर, छतिवन, हटिया, हर्नामाढी, चुरियामाई, मकवानपुर गढी, आमभन्ज्याङ्ग, सुकौरा, वुढीचौर, राक्सीराङ, काकडा, सरिखेत, मनहरि, हेटौँडा उपमहानगरपालिका, पदमपोखरी, हाडिखोला, वसामाडि, खैराङ, डाडाखर्क, आग्रा, गोगने, पालुगं, दामन, टिस्टुंग, वज्रवराही, भैसे, नामटार, कालिकाटार, भार्ता, निवुवाटार, भिमफेदी, इपापन्चकन्या, कोगटे, चित्लांगं, कुलेखानी, मार्खु, सिस्नेरी, फाखेल,थाहा नगरपालीका
जनसांख्यिक स्थिति[सम्पादन गर्ने]
२०५८ सालको जनगणना अनुसार यस जिल्लाको कूल जनसङ्ख्या ३,९२,६०४ रहेको छ जसमध्ये महिलाहरू ४९.२८ प्रतिशत छन्। २०६४ सालको प्रक्षेपित तथ्याङ्क अनुसार यस जिल्लाको जनसङ्ख्या ४,३८,१०१ अनुमान गरिएको छ। यस जिल्लाको औसत बाषिर्क जनसङ्ख्या बृद्धिदर २.२२ प्रतिशत रहेको छ जुन ४८ सालको जनसङ्ख्या वृद्धिको तुलनामा ०.३४ प्रतिशतले घटेकोछ। एक परिवारमा सरदर ५.५२ जना सदस्यहरू रहने गरेको तथ्याङ्कले देखाउछ। जनसङ्ख्याको दृष्टिकोणले सबैभन्दा बढी जनसङ्ख्या भएको गाविस छतिवन हो। यस गाविसको जनसङ्ख्या २१,५२३ छ भने सबैभन्दा कम जनसङ्ख्या भएको गाविस कोगटे हो जसमा १,४२९ जना छन्। हेटौँडा नगरपालिकाको जनसङ्ख्या ६८,४८२ रहेको छ। नेपालको कूल जनसङ्ख्याको १.७५ जनसाख्यिक योगदान यस जिल्लाको रहेको छ।
प्राकृतिक स्वरूप[सम्पादन गर्ने]
यो जिल्ला मध्य पहाडी जिल्ला हो। यहा“को ७५५ भू-भाग पहाडले ढाकेको छ। शिशिर याममा हिउं पर्ने २५८४ मिटरको उच्च भू-भाग -दामन गाविसको सिमभञ्ज्याङ्ग हो भने दक्षिणतर्फ समुद्री सतहको १६६ मिटर सम्मको होचो भू-भाग-राईगाउँ गाविसको हात्तीढुङ्गा रहेको छ। मकवानपुर जिल्ला विभिन्न जात जाति तथा सांस्कृतिक विविधताको साथै हिउपर्ने पहाडी क्षेत्रदेखि समथर मैदानसम्म भएको यस जिल्ला जैविक विविधताको दृष्टिले पनि अन्यन्तै धनी रहेको छ। यसलाई सुनगाभाको प्राकृतिक म्यूजियमको रूपमा पनि चिन्न सकिन्छ। छोटो दूरी तथा सानो भूभागमा पनि ठूलो वातावरणीय विविधताको शृङ्खला रहेको भैसेदेखि सिमभन्ज्याङ्ग सम्मको उचाईमा ९० जाति (जेनेरा)को सुनगाभा (अर्किड) मध्ये ६२ जाति यस जिल्लामा पाइन्छ।
हावापानी[सम्पादन गर्ने]
जिल्लाको धरातलीय विविधता संगसंगै यहांको हावापानीमा पनि निकै विविधता पाइन्छ। यहाँ मुख्यतया ३ किसिमको हावापानी पाइन्छ जसमा दक्षिणतर्फचुरे शृङ्खलाको आसपास उष्ण, त्यसपछि क्रमशः उत्तरतर्फसमशीतोष्ण र शीतोष्ण किसिमको हावापानी पाइन्छ। यस जिल्लामा वाषिर्क सरदर २५३५ मिलि लिटर वर्षा हुन्छ। यो अङ्क नेपालको चेहरापुञ्जी भनेर चिनिने कास्की जिल्लाको पोखरा पछिको अङ्क हो। जाडो महिनाको पुस माघमा न्यूनतम १६.६ डि.से. तापक्रम पाइन्छ भने गर्मीयामको बैशाख जेठमा अधिकतम ३०.३ डि.से. तापक्रम पाइन्छ।
नदी नाला/ताल[सम्पादन गर्ने]
यस जिल्लालाई जलाधारको रूपमा चार जलाधार क्षेत्र र १२५ उप-जलाधार क्षेत्रमा विभाजन गर्न सकिन्छ। चार जलाधार क्षेत्रमा बाग्मती, बकैया, राप्ती र त्रिशुली हुन्। यस जिल्लाको ३.२७ प्रतिशत भूभाग नदी, खोला तथा तालले ढाकेको छ। जिल्लाको पूर्वी सीमा नदीको रूपमा रहेको वाग्मती नदी, पूर्व मध्यभागबाट शुरु भै दक्षिणतर्फबग्ने बकैया नदी, जिल्लाको मध्यभागबाट बग्ने राप्ती, पश्चिमी भेगबाट बग्ने मनहरी र पश्चिमी सीमानदी लोथर यस जिल्लाका प्रमुख नदीहरू हुन्। यस जिल्लामा विद्युत् उत्पादन गर्नको लागि निर्माण गरिएको मानव निर्मित इन्द्रसरोवर प्रमुख रूपमा रहेको छ। यो कुलेखानी र मार्खु गाउ विकास समितिको ७ कि.मि. क्षेत्रफलमा फैलिएर रहेको छ। स्थायी पानीको श्रोतको अभाव रहेको यी नदीहरूमा वर्षातको समयमा बाढीको रूपमा प्रशस्त मात्रामा पानी बगेता पनि हिउंदमा ज्यादै कम पानी बग्ने गर्दछ।
भू-उपयोग[सम्पादन गर्ने]
यस जिल्लाको कूल क्षेत्रफल २,४४,४५७ हेक्टर मध्ये कृषियोग्य जमीन ६१४८९ हे. -२५.१५%), झांडी, घांसे मैदान ४९६८ हे. -२.०३%), खोलानाला तथा बगर १६७१० हे. -६.८३%), वन क्षेत्र १४४५५८ हे. -५९.१४५), औद्योगिक क्षेत्र १६०७ हे. (०.६६%), निकुञ्ज क्षेत्र १५१२५ हे. (६.१९%) छ। जिल्लाको ७५ प्रतिशत भूभाग पहाडी र २५ प्रतिशत भूभाग समथर रहेको छ।
मुख्य पर्वत शृङ्खला[सम्पादन गर्ने]
चन्द्रागिरी :फाखेल गाविसदेखि टिष्टुङ्ग गाविससम्म महाभारत : बेतिनी गाविसदेखि खैराङ्ग गाविससम्म चुरे : राईगाउँ गाविसदेखि मनहरी गाविससम्म
मुख्य पेशा[सम्पादन गर्ने]
मकवानपुर जिल्ला औद्योगिक जिल्लाको नामले चिनिएता पनि यहाँका मानिसहरूको मुख्य पेशा कृषि नै हो। यहाँको कूल जनसङ्ख्या मध्ये ८२.७% कृषिमा र १७.३५ गैर कृषिमा संलग्न छन्। आर्थिक रूपले सक्रिय जनसङ्ख्याको ५३.६% कृषिमा र ४६.९४% जनसङ्ख्या गैर कृषि पेशामा संलग्न छन्।
जात जाति[सम्पादन गर्ने]
मकवान पुर जिल्ला बहुजातीय र बहुभाषिक जातजातिहरूको एउटा फूलबारी हो। यो जिल्ला तामाङ्ग जातिको बाहुल्य भएको जिल्ला हो। यहाँ ४७.३% तामाङ्ग छन ्। ७०% भन ्दा बढी जन जातिहरूको बसोबास रहेको छ। तामाङ्ग जाति पछि दोस्रो स्थान मा ब्राम्हण(१४.९%), तेस्रोमा क्षेत्री (१०.६%), चौथोमा राई (६.८%), पाँचौमा न ेवार (५.०१%), छैठौंमा मगर (३.८%) र साटौँमा चेपाङ्ग(२.७%)आदि विभिन्न जातजाति प्रमुख रूपमा रहेको छन्। दलित जातिहरू करिव ७% छन्। जातीय विविधताको धनी यस जिल्लामा अन्य जिल्लामा नभएको र लोपोन्मुख अवस्थामा पुगेका वनकरिया जातिको पनि बसोबास छ।
धर्म[सम्पादन गर्ने]
यस जिल्लामा विविध धर्म र सम्प्रदायका मानिस बसोबास गर्दछन्। तामाङ जातिको वाहुल्य रहेको भएतापनि हिन्दू धर्म मान्नेहरू बढी देखिन्छन् भने क्रिश्चियन र इस्लाम धर्म मान्नेहरू न्यून रहेको पाइन्छ। यस जिल्लामा हिन्दूधर्मावलम्वीहरू ४९.३६% छन् भने बौद्ध धर्म मान्नेहरू ४७.६३% छन्। क्रिश्चियन र इश्लाम धर्मावलम्वीहरू क्रमशः २.०७ र ०.३२ प्रतिशत रहेको तथ्याङ्कबाट देखिन्छ।
धार्मिक र पर्यटकीय स्थल[सम्पादन गर्ने]
मकवानपुर जिल्लाको धार्मिक मठ मन्दिरहरू उल्लेख्य रूपमा छन्। हेटौँडा उपमहानगरपालिका क्षेत्र भित्र भूटनदेवी, भुवनेश्वर महादेव, पुण्य क्षेत्र रहेका छन् भने मकवानपुरगढी गाविसमा मनकामना मन्दिर र वंशगोपालको मन्दिर रहेको छ। चुरियामाई गाविसमा चुरियामाईको र भैंसे गाविसमा त्रिखण्डी महादेवको मन्दिर प्रसिद्ध छन्। त्यसैगरी दामन गाविसमा ऋषेश्वर र इन्द्रायणी माईको मन्दिर छ भने बज्रबाराही गाविसमा बज्रबाराही, नामटार गाविसमा स्यार्सेकालिका, चित्लाङ्ग गाविसमा शिवालय,हेटौँडा -९, चौधघरेमा शीर्षक लिंङ्करहेको कुष्माण्ड सरोबर त्रिवेणीधाम (मुक्तीनाथ पछिको १०८ धारा रहेको नेपालकै एक प्रसिद्ध धार्मिक एंव पर्यटकिय स्थल) साथै चिसापानी गडि मा बटुक भैरव को प्रसिद्ध मन्दिर छ । यसका अलावा तामाङ बाहुल्य क्षेत्रमा गुम्बा बौद्ध घ्याङ आदि प्रख्यात मठ मन्दिर तथा देवालयहरू छन्।
प्रमुख पर्यटकीय स्थल अन्तर्गत निम्न स्थलहरु पर्दछन।
- चित्लाङ
- मकवानपुरगढी
- भैरवडाडाँ
- इन्द्रसरोवर ( कुलेखानी )
- चिसापानी गढी
- गुम्बाडाँडाँ
- सप्तकन्या गुफा
- सिसा महल
- चुरियामाईको सुरुङ
- सीमभञ्ज्यादेखि देउरालीसम्मको सुनगाभा पदयात्रा
- सातधारा,
- अशोककालीन चैत्य
- दामन
- पालुङ
- बज्रवाराही
- मार्खु
प्रमुख बजार केन्द्रहरू[सम्पादन गर्ने]
समाज र जनसङ्ख्याको विकासको क्रमसंगै ग्रामीण क्षेत्रहरूमा ग्रामीण जनताको आवश्यकताका वस्तु तथा सेवाहरू र स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा सेवाहरू खरीद विक्री गर्ने उद्देश्यले विभिन्न ग्रामीण क्षेत्रहरूमा बजार केन्द्रहरू स्थापना र विकास हुंदै गएको पाइन्छ। यसरी स्थापना र विकास भएका बजारहरू हेटौँडा, भीमफेदी, मनहरी, लोथर, छतिवन, फापरवारी, राईगाउँ, चौघडा, पालुङ्ग (ओखरेबजार), हुन्। त्यसैगरी भैंसे, दामन (शिखरकोट), हटिया (चिसापानी), बसामाडी (बस्तीपुर), बज्रबाराही (सरस्वती बजार), मार्खु, कुलेखानी, नामटार, हर्नामाडी आदि पनि क्रमशः बजारउन्मुख गाविसहरू हुन्।
स्वास्थ्य[सम्पादन गर्ने]
यस जिल्लालाई मध्यमाञ्चल विकास क्षेत्रको सदरमुकामको रूपमा विकास गर्ने कार्य संगसंगै क्षेत्रीय अस्पताल निर्माण गर्ने नीतिगत निर्णय भैसकेको छ। हाल यस जिल्लामा ५० शैयाको एक जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ४, स्वास्थ्य चौकी १ र उपस्वास्थ्य चौकी ३१ रहेको छ। आयुर्वेदिक औषधालय दुइवटा छन्। यस जिल्लामा शिशु मृत्युदर प्रति हजार ६४ जना र बालमृत्युदर ९१ जना रहेको पाइन्छ। कुल प्रजनन् दर प्रति महिला ५.१ छ भने परिवार नियोजनको सेवा लिने व्यक्ति ३९% मात्र रहेको छ।
शिक्षा[सम्पादन गर्ने]
२०४८ सालको तथ्याङ्क अनुसार यस जिल्लाको साक्षरता प्रतिशत ३८.४% रहेकोमा २०५८ सालको जनगणना अनुसार यो दर बढेर ६३.४% पुगेको छ। महिला साक्षरता प्रतिशत ५३.९% छन् भने पुरुष साक्षरता ७२.६% रहेको छ। यस जिल्लाको बढी साक्षर भएको गाविस हर्नामाडी (६१.२८%) हो भने सबैभन्दा कम साक्षर भएको गाविस भार्ता (१४.७६%) हो।
कृषि तथा पशु[सम्पादन गर्ने]
कृषि पेशामा ८२.७% जनता संलग्न रहेको यस जिल्लामा २५.१५% भूभाग कृषि क्षेत्रले मात्र ढाकेको छ। कृषि भूमिको ३७.२८%मा वर्षरि र मौसमी सिंचाई सुविधा पुगेको छ। भूबनोटको आधारमा यस जिल्लालाई मध्य पहाड र भित्री मधेशको रूपमा वर्गीकरण गर्न सकिन्छ। महाभारत पर्वत शृङ्खलाको उत्तरी भेगमा पर्ने उच्च भूभागदेखि वेशी फा“टसम्मको चिसो भागमा खासगरी बेमौसमी तरकारी, आलु, हिउंदे फलफूल, सुन्तला जातका फलफूलका लागि उपयुक्त हावापानी छ भने तल्लो पहाडी भेगमा अगौटे तरकारी, आलु तथा खाद्यान्न उत्पादनको लागि उपयुक्त मानिन्छ। त्यसैगरी चुरर्ेपर्वत र महाभारत पर्वत शृङ्खला बीचको एक चौथाइ समथर भूभागमा न्यानो हावापानी भएको कारण अगौटे तरकारी, आलु तथा खाद्यान्न उत्पादनको दृष्टिले उपयुक्त ठानिन्छ। यस जिल्लामा उन्नत जातका गाई, भैंसी र बाख्रा पालन व्यवसाय क्रमिक रूपले बढ्दै गएको पाइन्छ भने वंगुर, भेडा र कुखुरा पालन कार्य भने क्रमशः घटेको देखिन्छ। पशुजन्य उत्पादनमध्ये दुध वाषिर्क १३४१.३ मे.टन, मासु २९५.१ मे. टन र अण्डा ४१०७५९.१ गोटाले बढ्दो छ भने माछा उत्पादनमा खासै बढोत्तरी देखिन्न। पशुजन्य उत्पादन र जनसङ्ख्याको तुलना गर्दा एक वर्षा एकजनाको भागमा दुध १२३.९७ लिटर, मासु १९.०९ किलो, अण्टा १४.२६ गोटा र माछा ७७.६८ ग्राम पर्न आउ“छ। जिल्ला कृषि विकास कार्यालयले जिल्लाका ६ वटा सेवा केन्द्र र ७ वटा उपसेवा केन्द्र मार्फ सेवा पुर्याएको छ भने जिल्ला पशुसेवा कार्यालयले ६ वटा सेवाकेन्द्र र १० वटा उपसेवा केन्द्र मार्फ सेवा पुर्याइरहेका छन्।
राष्ट्रिय राजमार्ग[सम्पादन गर्ने]
त्रिभुवन राजपथ -चुरे-सोप्याङ खण्ड) ११० कि.मि. महेन्द्र राजमार्ग -चुरे-लोथर खण्ड) ४७ कि.मि. जिल्ला सडक अवस्थाक) हेटौँडा-भीमफेदी २३ कि.मि. ख) हटिया-राईगाउँ ६५ कि.मि. ग) कुन्छाल-कुलेखानी १८ कि.मि. घ) भीमफेदी-कुलेखानी-फाखेल-काठमाडौँं ५३ कि.मि. ङ) चुनिया-नामटार २० कि.मि. -८ कि.मि. मोटर चल्ने) च) दामन-डांडावास १० कि.मि. छ) सामरी-आमभञ्ज्याङ्ग ६ कि.मि. ज) कान्तिराजपथ -हेटौँडा-ठिंगन) ४२ कि.मि. -३० कि.मि. मोटर चल्ने) झ) पशुपतिनगर-मकरी भुन्द्रुङ्ग टा“डी-सान्नानीटार १८ कि.मि. -१० कि.मि. मोटर चल्ने) ञ) कुलेखानी-सिस्नेरी-छैमले ३० कि.मि. ट) चुच्चेखोला-फुर्केचौर १३ कि.मि. ठ) पिप्ले-कुर्ले १२ कि.मि. (६ कि.मि. मोटर चल्ने) ड) टौखेल-चित्लाङ्ग-चन्द्रागिरी १५ कि.मि. ढ) घट्टेदोभान-चखेल-देउराली-मातातिर्थ १० कि.मि.(५ कि.मि. मोटर चल्ने)
नगर सडक[सम्पादन गर्ने]
कालोपत्रे सडक ५६.६२ किमि -राजमार्ग सहित) ग्राभेल सडक ४८.४५ किमि कच्ची सडक ७० किमि गोरेटो बाटो २९ किमि कंक्रिट सडक १२.५५ किमि सडक पुगेको नपा/गाविस संख्या - ३४ वटा सडक नपुगेको गाविस संख्या - १० वटा
रोप-वे[सम्पादन गर्ने]
हेटौँडा - टेकु - ४२ कि.मि. -हाल बन्द)
विद्युत् उत्पादन[सम्पादन गर्ने]
कुलेखानी प्रथम ६०,००० कि.वा. कुलेखानी दोस्रो ३२,००० कि.वा. कुलेखानी तेस्रो १५,००० कि.वा. -निर्माणाधिन) पूर्ण विद्युतीकरण भएको गाविस/नपा संख्या ३४.१० प्रतिशत, १५ गाविस) आंशिक विद्युतीकरण भएको गाविस संख्या ३४.१० प्रतिशत, १५ गाविस) विद्युतीकरण हुन बा“की गाविस संख्या ३१.८० प्रतिशत, १४ गाविस)
सञ्चार[सम्पादन गर्ने]
सञ्चार को हिसाब ले यहाँ खासै परिवर्तन देखिन्न । टेलीफोन सुबिधा नगरक्षेत्रमा मात्र सिमित हुनाले ग्रामिण तथा शहरोन्मुख क्षेत्रमा ईन्टरनेट सुबिधा छैन । तर हाल तार रहित ईन्टरनेट र मोबाइल फोन सुबिधा जिल्लाका सबैजसो क्षेत्रमा उपलब्ध छ साथै रेडियो हरेक जसो स्थान मा सुन्न सकिन्छ र टेलिभिजन पनि स्याटेलाइट प्रविधि मार्फत हरेक स्थानमा हेर्न सकिन्छ ।
अनलाईन[सम्पादन गर्ने]
प्रविधिको विकाससँगै पछिल्लो समयमा मकवानपुरमा अनलाईन सञ्चार माध्यमको विकास द्रुत रूपमा अगाडि बढेको छ।
रेडियो[सम्पादन गर्ने]
यस जिल्लामा उपत्यका बाहिरकै पहिलो ब्यबसायिक रेडियो मनकामना एफएम खुलेको भए पनि खुलेको छ वर्ष पछि २०६२ सालमा बन्द भयो .हाल ,पलुंग एफएम, हेटौडा एफएम ,प्रतिध्वनि एफएम,थाहा एफएम,मकवानपुर एफएम,शक्ति एफएम,निकाश एफएम,आकाश गंगा एफएम, रेडियो सरोबर, रेडियो अनमोल ९० मेगाहर्ज र रेडियो सन्देश १०६.९ मेगाहर्ज छन् ।
पत्रपत्रिका[सम्पादन गर्ने]
यस जिल्ला कुनै समयमा कुराकानी साप्ताहिक तथा प्रयास साप्ताहिक आदि सुरुमा चर्चित भएका थिए । त्यस्तै नेपाल पत्रकार महासङ्घ मकवानपुरका निवर्तमान उपाध्यक्ष गिरिजा अधिकारी सम्पादक रहेका ‘साम’ साप्ताहिकले ठूलो चर्चा पाएको थियो । । हाल हेटौडा संदेश दैनिक, साझाकुरा दैनिक, प्रदेश,थाहा संदेश, समृद्ध समाज तथा भर्खरै प्रकाशनमा आएको शान्तिपुर दैनिक अहिले चर्चामा छन् । यस अघि संचालनमा आएको नारायणी दैनिक तथा हेटौडा टुडे अहिले बन्द भएको छ ।
मकवानपुरमा पछिल्लो समय ‘समावेशी चिन्तन’ साप्ताहिक र नवराज वाईबा सम्पादक रहेका ‘ताम्सालिङ काअी’ साप्ताहिक नियमित प्रकाशनमा छन् । तिलक अधिकारी सम्पादक रहेका ‘जनता जिन्दावाद’ साप्ताहिक मकवानपुर र काठमाडौँबाट प्रकाशन हुने मकवानपुरको एकमात्र रंगीन साप्ताहिक हो ।
यी बाहेक अभ्यास ,,शान्ति आब्हान, जुलुस,मध्यस्थता लगायतका साप्ताहिकहरु संचालनमा छनु । त्यस्तै उपत्यका बाहिरकै पहिलो सबै भन्दा ठुलो रंगिन पत्रिका चर्चिच पत्रकार रिपेश दाहाल द्वारा प्रकाशित, सम्पादित सबथोक साप्ताहिक सञ्चालन भएको भए पनि अहिले यो पत्रिका बन्द छ ।
पत्रकार[सम्पादन गर्ने]
यस जिल्लाका प्रथम पत्रकार न्हुच्छेमान श्रेष्ठ हुन् .कृष्णराम परियार,कौशल पाण्डे ,नवराज शर्मा ,प्रताप बिस्टआदि पुराना पत्रकार हुन्.राममणि दाहाल ,महेन्द्र श्रेष्ठ ,गिरिजा अधिकारी,देवराज रिमाल पछिल्लो पुराना पत्रकार हुन् त्यस्तै भानुभक्त आचार्य,रामकुमार एलन,रामशरण पुडाशैनी,देवराज पन्त,राजन दाहाल केहि पुराना तथा सन्तोष न्यौपाने ,सम्झना कार्की ,खेम बोलखे ,उज्ज्वल चौलागाईं,रिपेश ऋद्धि दाहाल ,पुर्णिमा गोले ,सबिन न्यौपाने,,प्रकाश दाहाल ,रुपेश दुलाल,नरेन्द्र सापकोटा,सुनिल खड्का ,प्रेम दाहाल,कृष्ण सरु ,सरिता दाहाल, अशोक सुजन श्रेष्ठ, चन्द्र घलान , जिबराज बख्रेल, धर्मेन्द्र दाहाल,सुरेश श्रेष्ठ, मदन मिजार, अमृत चिमरिया, उज्ज्वल अधिकारी, बलराम पुडासैनी आदि पत्रकारहरु सक्रिय छन्।
दूरसञ्चार[सम्पादन गर्ने]
मोवाईल हेनपा र २२ गाविस -प्रिपेड ९५००, पोस्टपेड ६५०) सिडिएमए ३७ गाविस/नपा -प्रिपेड ९८६, पोस्टपेड १०७६) टेलिफोन सुविधा उपलब्ध गाविस/नपा संख्या ४० टेलिफोन सुविधा उपलब्ध नभएको गाविस संख्या ४ -ठिंगन, बेतिनी, मंथलि, इपा)
हुलाक[सम्पादन गर्ने]
जिल्ला हुलाक १ वटा इलाका हुलाक ११ वटा अतिरिक्त हुलाक ३४ वटा काउण्टर हुलाक १ वटा
हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
मकवानपुर जिल्ला परीक्षण को [खाम भाषाको विकिपिडिया] हाल विकिमीडिया इन्क्यूबेटरमा रहेको छ । |