झुरझुरे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तत्कालीन सेन कालीन समयमा शासन प्रणाली सरलीकरण, सहजीकरण र प्रभावकारिताको उद्देश्य राखी मकवानपुर सेन राज्य भित्र स-साना जातिय स्वायत्त उपराज्यहरु स्थापना गर्न पाउने व्यवस्था थियो जस बमोजिम तामाङको बेतिनी र लिक्छेपिन्चे, कुमालको कुमालटार, नेवारको पालुङ, मगरको अम्बास, गोपालको कुन्छाल भए झैं देवास राईको मकवानपुरको पूर्वीय भूखण्डमा “झुरझुरे” नामक आफ्नो छुट्टै उपराज्य रहेको तथ्य ईतिहासमा पाइन्छ। उक्त झूर्झुरे उपराज्य मकवानपुर सेन राज्यका चौतरिया बाजहाङ राई, उनका हजारौं राई सैनिकहरू एवं तिनका परिवारजन संगठित भएर स्थापना गरेका थिए। पृथ्वीनारायण शाहले मकवानपुर माथी वि.स.१८१९ मा आक्रमण गरेको बखतसम्म जिवित मानिएको झुरझुरे उपराज्यको बारेमा थप जानकारी हाँसिल गर्न विस्तृत खोज अनुसन्धान गर्नु अपरीहार्य रहेको छ ।

साविक फापरवारी गाविसको वडा नं. १ मा एवं हाल वागमती गाउपालिका अन्तर्गत पर्ने झुरझुरे मूलबासी भुमिपुत्र देवास राई जातिको उत्पत्ति र विकासको केन्द्र हो ।