सामग्रीमा जानुहोस्

डोल्पा जिल्ला

निर्देशाङ्कहरू: २८°५६′उ ८२°५४′पू / 28.933°N 82.900°E / 28.933; 82.900
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
डोल्पा जिल्ला
Two mountains shrouded in clouds
कर्णाली प्रदेशको नक्सामा डोल्पा जिल्लाको अवस्थिति (पहेँलो)को अवस्थिति
कर्णाली प्रदेशको नक्सामा डोल्पा जिल्लाको अवस्थिति (पहेँलो)
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
स्थापनावि.सं २०१८
सदरमुकामदुनै (ठुलिभेरी)
नगरपालिका
सरकार
 • प्रकारजिल्ला समन्वय समिति
 • अङ्गजिसस, डोल्पा
 • जिसस प्रमुखश्यामबहादुर रोकाया
 • जिसस उपप्रमुखतेजेन्द्रबहादुर बुढा
 • निर्वाचन क्षेत्रडोल्पा १
 • प्रदेश सभाडोल्पा १(क)
डोल्पा १(ख)
क्षेत्रफल
 • जम्मा७८८९ किमी (३०४६ वर्ग माइल)
 • क्रमप्रथम
जनसङ्ख्या
 • जम्मा४२७७४
 • घनत्व५.४/किमी (१४/वर्ग माइल)
जनसाङ्ख्यिकी
 • जातीय समूहक्षेत्री, मगर, डोल्पो, कामी, गुरुङ, ठकुरी
 • महिला ♀५०%
मानव विकास सूचकाङ्क
 • साक्षरता दर५३%
समय क्षेत्रयुटिसी+०५:४५ (नेपाली समय)
टेलिफोन कोड०८७
मुख्य भाषा(हरू)नेपाली, तिब्बती
मुख्य राजमार्गकालीगण्डकी करिडोर
वेबसाइटddcdolpa.gov.np

डोल्पा जिल्ला, नेपालको कर्णाली प्रदेशमा अवस्थित एक जिल्ला हो। यो नेपालको ७७ जिल्लाहरू र कर्णालीका दश जिल्लाहरू मध्ये एक हो। दुनै जिल्लाको सदरमुकाम हो। यस जिल्लाले ७,८८९ वर्ग किलोमिटर (३,०४६ वर्ग माइल) क्षेत्रफल ओगटेको छ र राष्ट्रिय जनगणना २०७८ अनुसार यस जिल्लाको जनसङ्ख्या ४२,७७४ रहेको छ।[] यो क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो जिल्ला हो भने यसले नेपालको ५.३६% भू-भाग ओगटेको छ। यो जिल्ला समुन्द्र सतहभन्दा १,५२५ देखि ७,६२५ मिटरको उचाइमा अवस्थित छ। यस जिल्लाको प्रमुख पर्यटकीय आकर्षण फोक्सुण्डो ताल हो।

भूगोल र जलवायु

[सम्पादन गर्नुहोस्]

डोल्पा नेपालको सबैभन्दा ठूलो जिल्ला हो जसले देशको कुल भूभागको ५.३६% ओगटेको छ। यो २८°४३'उत्तर देखि २९°४३'उत्तर अक्षांश र ८२°२३'पूर्व देखि ८३°४१'पूर्व देशान्तरमा अवस्थित छ। उचाइ १,५२५ देखि ७,६२५ मिटर (५,००३ देखि २५,०१६ फिट) सम्म छ। यो जिल्लाको उत्तर र उत्तरपूर्वमा तिब्बत, पश्चिममा जुम्ला र मुगु जिल्ला, दक्षिणमा म्याग्दी, जाजरकोट, पश्चिम र पूर्वी रुकुम र पूर्वमा मुस्ताङसँग सिमाना जोडिएको छ।

जिल्लाको ठुलो भाग शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जद्वारा संरक्षित छ। यो नाम १२ औँ शताब्दीको शे गुम्बा र नेपालको सबैभन्दा गहिरो ताल, फोक्सुन्डो तालबाट लिइएको हो, जुन दुवै यही जिल्लामा अवस्थित छन्। राष्ट्रिय निकुञ्जले हिउँ चितुवा, कस्तुरी मृगतिब्बती ब्वाँसो जस्ता लोपोन्मुख जनावरहरूको संरक्षण गर्दछ। शे फोक्सुन्डो नेपालको सबैभन्दा ठुलो र एक मात्र हिमालपारी राष्ट्रिय निकुञ्ज हो।[]

यस जिल्लाको कालिका गाउँ विकास समितिको त्रिवेणीमा रहेको १,५०० मिटर (४,९०० फिट) भन्दा अलि बढी उचाइदेखि चुरेन हिमालको चुचुरोमा रहेको ७,३८१ मिटर (२४,२१६ फिट) सम्मको उचाइ ५,००० मिटर (१६,००० फिट) भन्दा बढी छ। यहाँ कान्जिरोवा (६,२२१ मिटर (२०,४१० फिट)), मुकोट (६,६३८ मिटर (२१,७७८ फिट) र पुथा हिउँचुली (७,२४६ मिटर (२३,७७३ फिट)) सहित अन्य प्रसिद्ध चुचुराहरू हुन्।

हावापानी क्षेत्र[] उचाइ दायरा क्षेत्रफलको %
उपोष्णकटिबन्ध १,००० देखि २,००० मिटर
३,३०० देखि ६,६०० फिट
०.३%
शीतोष्ण कटिबन्ध २,००० देखि ३,००० मिटर
६,४०० देखि ९,८०० फिट
५.१%
उप पर्वतीय ३,००० देखि ४,००० मिटर
९,८०० देखि १३,१०० फिट
१२.२%
उच्च पर्वतीय ४,००० देखि ५,००० मिटर
१३,१०० देखि १६,४०० फिट
८.२%
हिमरेखा ५,००० मिटर भन्दा माथि ३.८%
भोट हिमालय[]

[]

३,००० देखि ६,४०० मिटर
९,८०० देखि २१,००० फिट
७०.२%

जनसाङ्ख्यिकी

[सम्पादन गर्नुहोस्]

डोल्पाका प्रमुख पेशाहरू कृषि (७९.५%) र सेवा (२%) हुन्।

ऐतिहासिक जनसङ्ख्या
जनगणना वर्ष (वि.सं)जन.±% प्र.व. ±%
२०३८२२,०४३—    
२०४८२५,०१३+१.२७%
२०५८२९,५४५+१.६८%
२०६८३६,७००+२.१९%
२०७८४२,९५९+१.५९%
स्रोत: सिटी पपुलेसन[]

राष्ट्रिय जनगणना २०७८ अनुसार, डोल्पा जिल्लाको जनसङ्ख्या ४२,७७४ थियो। जनसङ्ख्याको ८.५१% ५ वर्ष मुनिका छन्। यहाँको साक्षरता दर ६७.०२% छ र लिङ्ग अनुपात प्रति १००० पुरुषमा १००१ महिला छ। जनसङ्ख्याको २२,०९४ (५१.६५%) नगरपालिकाहरूमा बसोबास गर्दछन्।[]

डोल्पा जिल्लाका जातजातिहरू (वि.सं २०७८)[]
  1. क्षेत्री (४७.४%)
  2. मगर (१२.१२%)
  3. डोल्पो (१२%)
  4. कामी (९.३५%)
  5. गुरुङ (५.९७%)
  6. ठकुरी (५.७६%)
  7. सार्की (२.८८%)
  8. दमाई (१.५७%)
  9. बाहुन (१.०६%)
  10. अन्य पहाडी जनजाति (१.३१%)
  11. अन्य (०.५८%)


खस जातिले जनसङ्ख्याको बहुमत ओगटेका छन्, जुन जनसङ्ख्याको ६८% हो। पहाडी जनजातिहरूले जनसङ्ख्याको ३१% ओगटेका छन्, जसमध्ये मगर १२% र गुरुङ ६% छन्।[]

डोल्पा जिल्लामा बोलिने भाषाहरू (वि.सं २०७८)[]
  1. नेपाली (७५.२६%)
  2. मगर खाम (९.७४%)
  3. डोल्पाली (७.१२%)
  4. भोटे (२.४४%)
  5. मगर काइके (१.९८%)
  6. मगर ढुट (१.४९%)
  7. तिछुरोङ पोइके (०.९६%)
  8. अन्य (१.०१%)

राष्ट्रिय जनगणना २०७८को अनुसार, ७५.२६% जनसङ्ख्याले नेपाली बोल्दछन् भने ९.७४% मगर खाम, ७.१२% डोल्पाली, २.४४% भोटे, १.९८% मगर काइके, १.४९% मगर ढुट र ०.९६% तिछुरोङ पोइके आफ्नो पहिलो भाषाको रूपमा बोल्दछन्।[]

डोल्पा जिल्लाको धर्मगत तथ्याङ्क (वि.सं २०७८)[१०]
धर्म प्रतिशत
हिन्दु
७०.६३%
बुद्ध
२७.७७%
बोन
१.०६%
इसाई
०.४५%
अन्य वा उल्लेख नभएका
०.०९%

प्रशासनिक विभाजन

[सम्पादन गर्नुहोस्]

जिल्लामा ८ स्थानीय तहहरू छन्, जसमध्ये २ नगरपालिका र ६ गाउँपालिका छन्।[११]

डोल्पा जिल्लाका स्थानीय तहहरू
क्रम स्थानीय तहहरू समावेश गाविसहरू वडा सङ्ख्या केन्द्र जनसङ्ख्या (वि.सं २०७८) क्षेत्रफल (वर्ग किमी) जनघनत्व (वर्ग किमी)
ठुलिभेरी नगरपालिका दुनै, माझफाल, जुफालरह ११ जुफाल ९,८६१ ४२१.३४ २३
त्रिपुरासुन्दरी नगरपालिका त्रिपुराकोट, सुँ, ल्हाँ, पहाडालिकु ११ त्रिपुराकाेट बगर १२,२३३ ३९३.५४ ३१
डोल्पोबुद्ध गाउँपालिका धोतिन्जे धो २,४२० ३७७.३८ ६.४
शे फोक्सुण्डो गाउँपालिका साल्दाङ, भिजेरफोक्सुण्डो साल्दाङ ३,६३५ १२३.०७ ३०
जगदुल्ला गाउँपालिका काइगाउँरिमी माझगाउँ २,५७५ ८३.३१ ३१
मुड्केचुला गाउँपालिका कालिका, नर्कुसर्मी नर्कु ५,८०३ २५०.०८ २३
काईके गाउँपालिका शहरतारालावन शहरतारा ३,९६५ ४६६.०६ ८.५
छार्का ताङसोङ गाउँपालिका छार्कामुकोट कागकोट १,६७२ ३४५.५७ ४.८
डोल्पा जिल्लाका पूर्व गाविसहरू

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १६ असोज २०८२ 
  2. "शे-फोक्सुण्डो राष्ट्रिय निकुन्ज" (नेपालीमा), राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, अन्तिम पहुँच १७ असोज २०८२ 
  3. The Map of Potential Vegetation of Nepal – a forestry/agroecological/biodiversity classification system, . Forest & Landscape Development and Environment Series 2-2005 and CFC-TIS Document Series No.110., २००५, आइएसबिएन 87-7903-210-9, अन्तिम पहुँच २२ नोभेम्बर २०१३ 
  4. Shrestha, Mani R.; Rokaya, Maan B.; Ghimire, Suresh K. (२००५), "Vegetation pattern of Trans-Himalayan zone in the North-West Nepal", Nepal Journal of Plant Sciences 1: 129–135, अन्तिम पहुँच ७ फेब्रुअरी २०१४ 
  5. Banerji, Gargi; Basu, Sejuti, "Climate Change and Himalayan Cold Deserts: Mapping vulnerability and threat to ecology and indigenous livelihoods", Pragya, Gurgaon, Haryana, India, अन्तिम पहुँच ७ फेब्रुअरी २०१४ 
  6. "NEPAL: Administrative Division", www.citypopulation.de (अङ्ग्रेजीमा)। 
  7. "Provincial/District/Local reports: Karnali Province", राष्ट्रिय जनगणना २०७८, केन्द्रीय तथ्याङ्क विभाग 
  8. ८.० ८.१ "Table 1: Caste/Ethnicity and sex", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २०२४-०३-१६ 
  9. ९.० ९.१ "Table 5: Mother tongue and sex", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय (नेपाल) 
  10. "Table 5: Religion and sex", राष्ट्रिय जनगणना २०७८, राष्ट्रिय तथ्याङ्क कार्यालय (नेपाल), अन्तिम पहुँच २०२४-०३-१६ 
  11. "स्थानिय तह", सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच १ सेप्टेम्बर २०१८ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

२८°५६′उ ८२°५४′पू / 28.933°N 82.900°E / 28.933; 82.900