चितवन जिल्ला
चितवन जिल्ला | |
|---|---|
मौलाकालिका मन्दिरबाट देखिएको नारायणगढको एक दृश्य | |
| आदर्श वाक्य(हरू): हाम्रो चितवन, राम्रो चितवन | |
बागमती प्रदेशको नक्सामा चितवन जिल्लाको अवस्थिति | |
| निर्देशाङ्क: २७°३५′उ ८४°३०′पू / 27.583°N 84.500°E | |
| देश | नेपाल |
| प्रदेश | बागमती प्रदेश |
| सदरमुकाम | भरतपुर |
| मानव विकास सूचकाङ्क | |
| मानव गरिबी सूचकाङ्क | |
| साक्षरता दर | |
| स्थापित | १४औँ शताब्दी[२] |
| क्षेत्रफल | |
| • जम्मा | २,२३८.३९ किमी२ (८६४.२५ वर्ग माइल) |
| उन्नतांश | ४१५ मिटर (१३६२ फिट) |
| जनसङ्ख्या | |
| • जम्मा | ७१९,८५९ |
| • घनत्व | ३२०/किमी२ (८३०/वर्ग माइल) |
| • जातीगत समूहहरू | थारु बाहुन क्षेत्री नेवार दराई मुसलमान गुरुङ मगर तामाङ चेपाङ दमाई |
| • धर्म | हिन्दु इस्लाम बौद्ध इसाई |
| भाषाहरू | |
| • स्थानीय | नेपाली, थारु, नेवारी, तामाङ, गुरुङ, दराई, भोजपुरी, मगर, चेपाङ |
| • आधिकारिक | नेपाली |
| समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
| क्षेत्रीय सङ्केत | ०५६ |
| वेबसाइट | जिसस चितवन |
चितवन जिल्ला नेपालका ७७ जिल्लाहरू मध्ये एक हो। यो बागमती प्रदेशको दक्षिण पश्चिममा अवस्थित छ। यो बागमती प्रदेशका १३ जिल्लाहरू मध्ये एक हो। भरतपुर जिल्लाको सदरमुकाम तथा सबैभन्दा ठुलो सहर हुनुका साथै जिल्लाको प्रशासनिक केन्द्र समेत हो। यसले २,२३८.३९ वर्ग किलोमिटर (८६४.२५ वर्ग माइल) क्षेत्रफल ओगटेको छ। बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार जिल्लाको क्षेत्रफल ७,१९,८५९ रहेको थियो भने यहाँ १,७९,३४५ घरधुरी रहेका थिए।[३] भरतपुर दक्षिण मध्य नेपालको वाणिज्यिक र सेवा केन्द्र हो र यस क्षेत्रमा उच्च शिक्षा, स्वास्थ्य सेवा र यातायातको लागि प्रमुख गन्तव्य हो। यो जिल्लाको धेरैजसो भूभाग चितवन उपत्यकामा रहेको छ भने यसको उत्तरी भागमा महाभारत पर्वत शृङ्खला अवस्थित छ। भरतपुर नेपालको मध्य पश्चिम क्षेत्रको व्यापारिक नगर हो। नारायणगढ नारायणी नदीको किनारमा बसेको चितवनको अर्को ठूलो बजार हो भने अन्य ठुला बजारहरूमा मुग्लिङ, टाँडी, खैरहनी, वीरेन्द्रनगर, पर्सा भण्डारा आदी हुन्। नेपालका भित्री मधेशका जिल्लाहरू मध्ये चितवन पनि एक हो।
शब्दको उत्पत्ति
चितवन नामको उत्पत्ति सम्बन्धी विभिन्न किंवदन्तीहरू छन्:
- चितवन नाम संस्कृतका दुई शब्दहरू चित्त, अर्थात् हृदय, र वन अर्थात् जङ्गल वा वनको संयोजन हो। यस प्रकार, चितवनको अर्थ जङ्गलको हृदय हुन्छ।[५][६]
- चितवन थारु भगवान-राजा चित्रसेन बाबाद्वारा शासित घना जङ्गल थियो, जसलाई विष्णुको अवतारको रूपमा हेरिन्छ। हाल, थारुहरू हरिबोधनी एकादशीको अवसरमा चित्रसारी नामक ठाउँमा उनको मूर्तिमा पूजा गर्छन्, जुन सौराहामा पर्दछ। त्यसैले, यो क्षेत्रलाई चित्रबन (चित्रसेनको जङ्गल) भनिन्थ्यो जुन पछि चितवनको रूपमा रूपान्तरित भयो।[७]
- चितवनका जङ्गलहरू चितुवा र पाटे बाघहरूले भरिएको थियो र थारु भाषामा चितुवाको नाम चित्री भएको कारण त्यस क्षेत्रलाई चितवन भनिएको जनविश्वास रहेको छ।
इतिहास
चितवनको विकासक्रम सुरु भएको धेरै भएको छैन। बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले वि.सं. १८८५ चैत्र १ गते उपरदाङगढी बनाए पछि यसलाई सदरमुकामको रूपमा २०१८ सालसम्म कायम राखेको भन्ने इतिहासमा लेखिएको छ। पछि यातायातको असुविधाले राजा महेन्द्रको समयमा हालको भरतपुरमा सदरमुकाम सारिएको थियो। पछि राजा महेन्द्रको महत्त्वकांक्षी योजना अन्तर्गत बनेको महेन्द्र राजमार्गले यसलाई छिचोलेर गए पछि यो ठाउँ को विकास तिब्र रूपमा बढेको थियो।
चितवनलाई पहिले चित्रवन भनिन्थ्यो। यो ठाउँमा पहिले ठूलो वन थियो। वनमा थारूहरूको राजा चित्रसेनले राज्य गर्दथ्यो। यहि चित्रसेन राजाको वन भएकोले चित्रवन भन्न थालियो जो पछि चितवनको नामले चिनिन थाल्यो। हाल पनि थारूहरू हरिवोधनी एकादशीको दिनमा भगवान "चित्रसेन बाबा"को रूपमा पूजा गर्ने गर्दछन्।[७]
पछि यो स्थानमा भारतिय राजनितीको प्रभाव कम गर्न राजा महेन्द्रले पहाडवासी जनतालाई निशुल्क जग्गा वितरण गरे पछि यहाको जनसङ्ख्या बढ्न गयो। बन्दिपुरका नेवारहरू पनि बिस्तारै यहि स्थानान्तर हुदै आए। २०२२ सालमा यहीँ नजिकै गैँडाकोटमा महेन्द्र राजमार्गको उद्घाटन गरे पछि यो स्थानको विकासक्रम तिब्र रूपले बढ्न गयो।[८]
नारायणी नदीको किनारमा अवस्थित भएकोले नारायणघाट पनि भन्न थालियो।
यातायता र सञ्चार
भरतपुर विमानस्थल यो क्षेत्रको एक मात्र सञ्चालित विमानस्थल हो भने अर्को विमानस्थल मेघौली विमानस्थल हो। यसले काठमाडौँ र पोखरा सम्म उडानहरू सञ्चालन गर्दछ। महेन्द्र राजमार्ग, नेपालको मुख्य पूर्व–पश्चिम राजमार्ग, यस क्षेत्रबाट जान्छ र पृथ्वी राजमार्ग, भारतको सीमा देखि काठमाडौँबाट जाने उत्तर–दक्षिण राजमार्ग, यस जिल्लाबाट जान्छ। नारायणगढ पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट यात्रा गर्ने सवारी साधनहरूको मुख्य ट्रान्जिट बिन्दु हो र काठमाडौँबाट, गोरखा र पोखरा हुँदै मुग्लिङमा यात्रा गर्ने व्यक्तिहरुलाई पनि सुविधा पुग्छ।
भरतपुरबाट प्रसारण गर्ने धेरै स्थानीय एफएम रेडियो र टेलिभिजन स्टेशनहरू छन्: सिनर्जी एफएम, हाम्रो एफएम, रेडियो त्रिवेणी, रेडियो माडी, रेडियो चितवन, चितवन अनलाइन एफएम, कालिका म्युजिक एफएम, कालिका एफएम र नारायणी एफएम, रेडियो इच्छाकामना आदी। टेलिभिजन च्यानलहरूमा बेसो च्यानल, आभियान च्यानल, युनिक टेलिभिजन र आवास टेलिभिजन समावेश छन्। यहाँ धेरै निजी इन्टरनेट सेवा प्रदायकहरू पनि छन्। ठुला सहरी क्षेत्रहरूमा फाइबर जडान र पोरजी इन्टरनेट उपलब्ध छ।
भौगोलिक अवस्थिति र जलवायु
| जलवायु क्षेत्र[९] | उचाइ दायरा | क्षेत्रफलको प्रतिशत |
|---|---|---|
| तल्लो उष्णकटिबन्धीय जलवायु | ३०० मी (९८० फिट) भन्दा तल | ५८.२% |
| माथिल्लो उष्णकटिबन्धीय जलवायु | ३०१ to १,००० मी (९८८ to ३,२८१ फिट) | ३२.६% |
| उपोष्णकटिबन्ध | १,००१ to २,००० मी (३,२८४ to ६,५६२ फिट) | ६.७% |
चितवन जिल्ला नेपालको मध्य मागमा अवस्थित छ र यसको नक्सा लगभग समकोण त्रिभजुको आकार जस्तो छ। पूर्व तथा दक्षिण तर्फ फराकिलो र पश्चिम तथा उत्तरतर्फ सागुरिएको चितवन जिल्ला नारायणी नदीको पूर्वी भागमा भित्री मधेश र राप्ती उपत्यकाको नामले समते परिचित छ। जिल्ला विश्व मानचित्रमा २७०२१’४५” उत्तरी अक्षांश देखि २७०५२’३०” उत्तरी अक्षांशसम्म र ८३०५४’४५” पुर्वी देशान्तर देखि ८४०४८’ ५” पुर्वी देशान्तरसम्ममा अवस्थित छ। जिल्ला तराईको भावर प्रदेश देखि महाभारत पर्वत सम्म फैलिएको छ। समुद्री सतहबाट १४१ मिटरमा रहेको जिल्लाको सबैभन्दा होचो ठाउँ मेघौलीको गोलाघाट हो भने सबैभन्दा अग्लो ठाउँ सिराइचुली हो जुन समुद्र सतहबाट १,९४५ मिटर रहेको छ।[१०]
यस जिल्लाको पूर्व तर्फ मकवानपुर र पर्सा जिल्ला, पश्चिम तर्फ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र तनहुँ जिल्ला, उत्तर तर्फ गोरखा र धादिङ जिल्लाहरू पर्दछन् भने दक्षिण तर्फ भारतको उत्तर प्रदेश र बिहार राज्य पदर्छ। यो जिल्लाको उत्तरी विन्दु इच्छाकामना गाउँपालिकाको कुरिनटार, दक्षिणविन्दु माडी नगरपालिकाको वाँदरझुला, पूर्वी विन्दु राप्ती नगरपालिका (साविक लोथर गाविस)को चौरस डाँडा र पश्चिमी विन्दु चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको किनारी भागहरू पदर्छन्।[७]
जनसाङ्ख्यिकी
| जनगणनाको वर्ष (वि.सं) | जन. | ±% प्र.व. ±% |
|---|---|---|
| २०३८ | २५९,५७१ | — |
| २०४८ | ३५४,४८८ | +३.१७% |
| २०५८ | ४७२,०४८ | +२.९१% |
| २०६८ | ५६७,९८८ | +१.८७% |
| २०७८ | ७१९,८५९ | +२.४% |
| स्रोत: सिटी पपुलेसन[११] | ||
नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार, चितवन जिल्लामा जनसङ्ख्या ७,१९,८५९ रहेको थियो भने यहाँ १,७९,३४५ घरघुरी रहेको थियो।[३] जनसङ्ख्याको ७.०१% ५ वर्षभन्दा कम उमेरका छन्। यहाँको साक्षरता दर ८३.६८% रहेको छ र महिला पुरुषको अनुपात १०४६ महिलाहरू प्रति १००० पुरुषहरू थियो। जनसङ्ख्याको ६८३,६३४ (९४.९७%) नगरपालिकाहरूमा बसोबास गर्दथे।[१२]
जातीय हिसाबमा यहाँ खस सबैभन्दा ठुलो जातीय समूह थियो, जुन जनसङ्ख्याको ४०% थियो। पहाडी जनजातिहरू दोस्रो ठूलो समूह हुन्, जुन जनसङ्ख्याको ३१% थिए। तामाङ पहाडी जनजातिहरूमा सबैभन्दा ठुलो जातीगत समूह थिए, भने मगरहरू जनसङ्ख्याको ११% रहेको थियो। क्षेत्री र बाहुनहरूको जनसङ्ख्याको २०% रहेको थियो।[१३]
पहिलो भाषा रूपमा, ६७.७९% जनसङ्ख्याले नेपाली, ९.५२% थारु, ४.९४% तमाङ, ३.३२% चेपाङ, ३.२४% गुरुङ, ३.२२% मगर, २.४८% भोजपुरी, २.०३% नेवारी र १.०२% दाराईलाई पहिलो भाषा रूपमा बोल्छन्।[१४]
नेपालको एघारौँ राष्ट्रिय जनगणना, २०६८ मा, ७०.१% जनसङ्ख्याले नेपाली भाषालाई पहिलो भाषा रूपमा बोल्दथे।[१५]
धर्मगत रूपमा जनसङ्ख्याको ८१.४३% हिन्दु, १२.४८% बौद्ध, ४.१९% इसाई र १.३३% मुसलमान थिए।[१६]
प्रशासनिक विभाजन
जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका गरि सातवटा स्थानीय तहहरू रहेका छन्।[१७][१८]
| क्रम | स्थानीय तहहरू | समावेश गाविसहरू | वडा सङ्ख्या | केन्द्र | जनसङ्ख्या (वि.सं २०७८) | क्षेत्रफल (वर्ग किमी) |
जनघनत्व (वर्ग किमी) |
|---|---|---|---|---|---|---|---|
| १ | भरतपुर महानगरपालिका | मङ्गलपुर, फुलबारी, गीतानगर, पटिहानी, शिवनगर, शुक्रनगर, मेघौली, जगतपुर, पार्वतीपुर, शारदानगर, गुञ्जनगर, दिव्यनगर र कविलास | २९ | भरतपुर | ३,६९,२६८ | ४३२.९५ | ८५० |
| २ | कालिका नगरपालिका | पदमपुर, जुटपानी, शक्तिखोर र सिद्दी | ९ | जुटपानी | ५२,१६४ | १४९.०८ | ३५० |
| ३ | खैरहनी नगरपालिका | खैरहनी, कुमरोज, चैनपुर र कठार | १३ | पर्सा बजार | ६७,३८५ | ८५.५५ | ७९० |
| ४ | माडी नगरपालिका | बगौडा, गर्दी, माडी कल्याणपुर र अयोध्यापुरी | ९ | वसन्तपुर बजार | ३८,२९५ | २१८.२४ | २१८ |
| ५ | रत्ननगर नगरपालिका | पिठुवा र बछ्यौली | १६ | टाँडी बजार | ८९,९०५ | ६८.६८ | १३०० |
| ६ | राप्ती नगरपालिका | पिप्ले, भण्डारा, वीरेन्द्रनगर, कोराक र लोथर | १३ | भण्डारा | ६६,६१७ | २१२.३१ | ३१० |
| ७ | इच्छाकामना गाउँपालिका | दारेचोक, चण्डीभञ्ज्याङ, काउले र दाहाखानी | ७ | कुरिनटार | २७,६४३ | १६६.७३ | १७० |

स्वास्थ्य सेवा
चितवन जिल्ला अस्पतालहरूको लागि प्रसिद्ध छ र यहाँका अधिकांश शीर्ष अस्पतालहरू भरतपुर-१० मा अवस्थित छन्। भरतपुरलाई नेपालको चिकित्सा सहरको रूपमा पनि चिनिन्छ। यहाँको प्रमुख अस्पतालहरूमा भरतपुर अस्पताल, वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर आँखा अस्पताल, कलेज अफ मेडिकल साइन्सेस, चितवन मेडिकल कलेज, रत्ननगर अस्पताल आदी हुन्।[१९]
उल्लेखनीय मानिसहरू
- पुष्पकमल दाहाल: नेपालको प्रधानमन्त्री २०६४–०६५ र २०७३–०७४; नेकपा (माओवादी केन्द्र)को अध्यक्ष
- नीलकण्ठ उप्रेती: नेपालको पूर्व निर्वाचन आयुक्त
- सुरेन्द्र पाण्डे: नेपालको पूर्व अर्थमन्त्री[२०]
- रामबहादुर थापा: पूर्व गृहमन्त्री[२१]
- विक्रम पाण्डे पूर्व मन्त्री तथा चितवन ३ को सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष
- सृष्टी श्रेष्ठ: मिस नेपाल २०१२[२२]
- शिव रेग्मी: नेपाली चलचित्र निर्देशक[२३]
- वोधराज आर्चाय: नेपाली वैज्ञानिक
- कमलबहादुर अधिकारी: नेपाली भारोत्तोलक
- सन्दीप लामिछाने: क्रिकेट खेलाडी
- अस्मी श्रेष्ठ: मिस नेपाल २०१६
- निर्मल पुर्जा: नेपाली पर्वतारोही
चित्र दीर्घा
-
चितवन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित बिसहजारी ताल
-
चितवन राष्ट्रिय निकुञ्जमा हात्ती सफारी र अगाडी देखिएको एकसिङ्गे गैँडा
-
मेघौलीमा हुने गरेको हात्ती पोलो
-
नारायणी नदी किनारमा चितवन महोत्सव २०७३
-
नारायणी नदी
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
- ↑ Merlen, S. (ed.) (2011). An Overview of the Central Development Region. United Nations Resident & Humanitarian Coordinator's Office, Nepal
- ↑ "History", अन्तिम पहुँच १६ मे २०१०।
- ↑ ३.० ३.१ ३.२ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "National Population and Housing Census 2011 (National Report)", केन्द्रीय तथ्याङ्क विभाग, नेपाल सरकार, नोभेम्बर २०१२, मूलबाट १८ अप्रिल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १ नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण १८ अप्रिल २०१३ मिति
- ↑ Sanskrit-English Dictionary spokensanskrit.de: Sanskrit word चित्त
- ↑ Sanskrit-English Dictionary spokensanskrit.de: Sanskrit word वन
- ↑ ७.० ७.१ ७.२ "चितवन जिल्ला" (नेपालीमा), जिल्ला चिनारी, अन्तिम पहुँच १० साउन २०८२।
- ↑ "राजतन्त्रको पालामा बनेको गौरव महेन्द्र राजमार्ग गणतन्त्रमा जीर्ण अवस्थामा"। नेपाल पत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ फेब्रुअरी २०२१।
- ↑ The Map of Potential Vegetation of Nepal – a forestry/agroecological/biodiversity classification system, Forest & Landscape Development and Environment Series 2-2005 and CFC-TIS Document Series No. 110, २००५, आइएसबिएन 87-7903-210-9, अन्तिम पहुँच २२ नोभेम्बर २०१३।
- ↑ रमेशकुमार पौडेल, "झुल्के घाम हेर्न सिराइचुली", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २२ साउन २०८१।
- ↑ "NEPAL: Administrative Division", www.citypopulation.de (अङ्ग्रेजीमा)।
- ↑ "Provincial/District/Local reports: Bagmati Province", Census Nepal 2021, केन्द्रीय तथ्याङ्क विभाग।
- ↑ १३.० १३.१ "Table 1: Caste/Ethnicity and sex", Census Nepal 2021, केन्द्रीय तथ्याङ्क विभाग, अन्तिम पहुँच २०२४-०३-१६।
- ↑ १४.० १४.१ "Table 5: Mother tongue and sex", Census Nepal 2021, केन्द्रीय तथ्याङ्क विभाग।
- ↑ "Social characteristics tables", केन्द्रीय तथ्याङ्क विभाग। वेब्याक मेसिन अभिलेखिकरण २०२४-०९-२३ मिति
- ↑ १६.० १६.१ "Table 5: Religion and sex", Census Nepal 2021, केन्द्रीय तथ्याङ्क विभाग, अन्तिम पहुँच २०२४-०३-१६।
- ↑ "स्थानिय तह" (नेपालीमा), सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तिम पहुँच २० असोज २०८२।
- ↑ "Nepal Census 2001", Nepal's village development committees, डिजिटल हिमालय, मूलबाट १२ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ नोभेम्बर २००८।
- ↑ "स्वास्थ्य क्षेत्रको राजधानी बन्दै चितवन : काठमाण्डौंमा नपाईने सुविधा चितवनमा" (नेपालीमा), कान्तिपुर हेल्थ, अन्तिम पहुँच १० साउन २०८२।
- ↑ "Surendra PandeyCommunist Party of Nepal (Unified-Marxist- Leninist) Election Area: Chitwan-1 (Elected)", मूलबाट ७ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अगस्ट २०१४। वेब्याक मेसिन अभिलेखिकरण ७ जुलाई २०१४ मिति
- ↑ CPN-Maoist Gen Secy Thapa bereaved of father वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-०३ मिति. thehimalayantimes.com. Retrieved 1 June 2014.
- ↑ About Shristi Shrestha – Miss Nepal वेब्याक मेसिन अभिलेखिकरण ४ जुन २०१४ मिति. shristishrestha.org. Retrieved 1 June 2014.
- ↑ Regmi no more. ekantipur.com. Retrieved 10 December 2013.
बाह्य कडीहरू
- "नेपालका जिल्लाहरू", स्ट्याटोइड्स।