सामग्रीमा जानुहोस्

नेपालको प्रशासनिक विभाजन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको प्रशासनिक विभाजन नेपालका उपराष्ट्रिय प्रशासनिक एकाइहरू हुन्। नेपालको पहिलो तहका विभाजन भनेको प्रदेशहरू हुन् । प्रत्येक प्रदेशलाई जिल्ला, प्रत्येक जिल्लालाई नगरपालिका वा गाउँपालिका ती प्रत्येक गाउँपालिका वा नगरपालिकालाई वडामा विभाजन गरिएको छ। वि.सं २०७२ अघि प्रदेशहरूको सट्टा नेपाललाई विकासक्षेत्र र प्रशासनिक क्षेत्रमा (अञ्चल) मा विभाजन गरिएको थियो।

वि.सं २०७२ मा नेपालको नयाँ संविधानको आवश्यकता पूरा गर्दै सबै पुराना नगरपालिका र गाउँ विकास समितिहरू (३९०० भन्दा बढी) लाई ७५३ नयाँ नगरपालिका र गाउँपालिकामा पुनर्संरचना गरिएको थियो। पूर्व ७५ जिल्ला विकास समितिहरूलाई पनि ७७ नयाँ जिल्ला समन्वय समितिहरूले प्रतिस्थापन गरेका थिए जसमा जिल्ला विकास समितिको तुलनामा धेरै कम शक्ति छ। हाल ६ महानगर, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका रहेका छन् ।

सङ्घीय सरकार
प्रदेश (उदाहरण कर्णाली)
७७ जिल्ला (उदाहरण नुवाकोट)
महानगरपालिका (उदाहरण भरतपुर)११ उपमहानगर (उदाहरण धरान)२७६ नगरपालिका (उदाहरण रत्ननगर)४६० गाउँपालिका (उदाहरण इच्छाकामना)
नेपालका सात प्रदेशहरू

नेपालका सात प्रदेशहरू रहेका छन्।[] प्रदेशहरूलाई नेपालको संविधान २०७२ को अनुसूची ४ अनुसार परिभाषित गरिएको छ। विद्यमान जिल्लाहरूलाई एकसाथ मिलाएर प्रदेश गठन गरिएको थियो। नेपालका दुई जिल्लाहरूलाई टुक्राएर दुई जिल्ला थप गरिएको थियो।[]

प्रदेश राजधानी क्षेत्रफल (वर्ग किलोमिटर) जनसङ्ख्या (वि.सं २०७८)[]
कोशी प्रदेश विराटनगर २५,९०५ ४९,६१,४१२
मधेश प्रदेश जनकपुर ९,६६१ ६१,१४,६००
बागमती हेटौँडा २०,३०० ६१,१६,८६६
गण्डकी पोखरा २१,५०४ २४,६६,४२७
लुम्बिनी देउखुरी २२,२८८ ५१,२२,०७८
कर्णाली वीरेन्द्रनगर नगरपालिका २७,९८४ १६,८८,४१२
सुदूरपश्चिम धनगढी १९,५३९ २६,९४,७८३
नेपाल काठमाडौँ १,४७,५१६ २,९१,६४,५७८
नेपालको ७७ जिल्ला

नेपालका सात प्रदेशहरूलाई २०७४ सालमा ७७ बनाइएको थियो। [] प्रत्येक जिल्लालाई जिल्ला समन्वय समितिद्वारा प्रशासित गरिएको छ।

# प्रदेश जिल्ला सदरमुकाम क्षेत्रफल (वर्ग किलोमिटर) जनसङ्ख्या (वि.सं २०७८)[]
कोशी प्रदेश ताप्लेजुङ जिल्ला ताप्लेजुङ ३,६४६ १,२०,५९०
पाँचथर जिल्ला फिदिम १,२४१ १,७२,४००
इलाम जिल्ला इलाम १,७०३ २,७९,५३४
झापा जिल्ला भद्रपुर १,६०६ ९,९८,०५४
मोरङ जिल्ला विराटनगर १,८५५ ११,४८,१५६
सुनसरी जिल्ला इनरूवा १,२५७ ९,२६,९६२
धनकुटा जिल्ला धनकुटा ८९१ १,५०,५९९
तेह्रथुम जिल्ला म्याङलुङ ६७९ ८८,७३१
सङ्खुवासभा जिल्ला खाँदबारी ३,४८० १,५८,०४१
१० भोजपुर जिल्ला भोजपुर १,५०७ १,५७,९२३
११ सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड ३,३१२ १,०४,८५१
१२ ओखलढुङ्गा जिल्ला सिद्धिचरण १,०७४ १,३९,५५२
१३ खोटाङ जिल्ला दिक्तेल १,५९१ १,७५,२९८
१४ उदयपुर जिल्ला त्रियुगा २,०६३ ३,४०,७२१
१५ मधेश प्रदेश सप्तरी जिल्ला राजविराज १,३६३ ७,०६,२५५
१६ सिराहा जिल्ला सिराहा १,१८८ ७,३९,९५३
१७ धनुषा जिल्ला जनकपुर १,१८० ८,६७,७४७
१८ महोत्तरी जिल्ला जलेश्वर १,००२ ७,०६,९९४
१९ सर्लाही जिल्ला मलङ्गवा १,२५९ ८,६२,४७०
२० बारा जिल्ला कलैया १,१९० ७,६३,१३७
२१ पर्सा जिल्ला वीरगञ्ज १,३५३ ६,५४,४७१
२२ रौतहट जिल्ला गौर १,१२६ ८,१३,५७३
२३ बागमती सिन्धुली जिल्ला कमलामाई २,४९१ ३,००,०२६
२४ रामेछाप जिल्ला मन्थली १,५४६ १,७०,३०२
२५ दोलखा जिल्ला भीमेश्वर २,१९१ १,७२,७६७
२६ सिन्धुपाल्चोक जिल्ला चौतारा २,५४२ २,६२,६२४
२७ काभ्रेपलान्चोक जिल्ला धुलिखेल १,३९६ ३,६४,०३९
२८ ललितपुर जिल्ला ललितपुर ३८५ ५,५१,६६७
२९ भक्तपुर जिल्ला भक्तपुर ११९ ४,३२,१३२
३० काठमाडौँ जिल्ला काठमाडौँ ३९५ २०,४१,५८७
३१ नुवाकोट जिल्ला विदुर १,१२१ २,६३,३९१
३२ रसुवा जिल्ला धुन्चे १,५४४ ४६,६८९
३३ धादिङ जिल्ला नीलकण्ठ १,९२६ ३,२५,७१०
३४ मकवानपुर जिल्ला हेटौँडा २,४२६ ४,६६,०७३
३५ चितवन जिल्ला भरतपुर २,२१८ ७,१९,८५९
३६ गण्डकी गोरखा जिल्ला गोरखा ३,६१० २,५१,०२७
३७ लमजुङ जिल्ला बेसीसहर १,६९२ १,५५,८५२
३८ तनहुँ जिल्ला व्यास १,५४६ ३,२१,१५३
३९ स्याङ्जा जिल्ला पुतलीबजार १,१६४ २,५३,०२४
४० कास्की जिल्ला पोखरा २,०१७ ६,००,०५१
४१ मनाङ जिल्ला चामे २,२४६ ५,६५८
४२ मुस्ताङ जिल्ला जोमसोम ३,५७३ १४,४५२
४३ म्याग्दी जिल्ला बेनी २,२९७ १,०७,०३३
४४ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला कावासोती १,०४३.१ ३,७८,०७९
४५ पर्वत जिल्ला कुश्मा ४९४ १,३०,८८७
४६ बाग्लुङ जिल्ला बाग्लुङ १,७८४ २,४९,२११
४७ लुम्बिनी गुल्मी जिल्ला रेसुङ्गा १,१४९ २,४६,४९४
४८ पाल्पा जिल्ला तानसेन १,३७३ २,४५,०२७
४९ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला रामग्राम ६३४.८८ ३,८६,८६८
५० रुपन्देही जिल्ला सिद्धार्थनगर १,३६० ११,२१,९५७
५१ कपिलवस्तु जिल्ला कपिलवस्तु १,७३८ ६,८२,९६१
५२ अर्घाखाँची जिल्ला सन्धिखर्क १,१९३ १,७७,०८६
५३ प्युठान जिल्ला प्युठान १,३०९ २,३२,०१९
५४ रोल्पा जिल्ला लिवाङ १,८७९ २,३४,७९३
५५ पूर्वी रुकुम जिल्ला रुकुमकोट १,१६१.१३ ५६,७८६
५६ बाँके जिल्ला नेपालगञ्ज २,३३७ ६,०३,१९४
५७ बर्दिया जिल्ला गुलरिया २,०२५ ४,५९,९००
५८ दाङ जिल्ला त्रिभुवननगर २,९५५ ६,७४,९९३
५९ कर्णाली पश्चिम रुकुम जिल्ला मुसीकोट १,२१३.४९ १,६६,७४०
६० सल्यान जिल्ला शारदा १,४६२ २,३८,५१५
६१ सुर्खेत जिल्ला वीरेन्द्रनगर २,४५१ ४,१५,१२६
६२ दैलेख जिल्ला नारायण १,५०२ २,५२,३१३
६३ जाजरकोट जिल्ला खलङ्गा २,२३० १,८९,३६०
६४ डोल्पा जिल्ला दुनै ७,८८९ ४२,७७४
६५ जुम्ला जिल्ला चन्दननाथ २,५३१ १,१८,३४९
६६ कालिकोट जिल्ला मान्मा १,७४१ १,४५,२९२
६७ मुगु जिल्ला गमगढी ३,५३५ ६४,५४९
६८ हुम्ला जिल्ला सिमकोट ५,६५५ ५५,३९४
६९ सुदूरपश्चिम बाजुरा जिल्ला मार्तडी २,१८८ १,३८,५२३
७० बझाङ जिल्ला जयपृथ्वी ३,४२२ १,८९,०८५
७१ अछाम जिल्ला मङ्गलसेन १,६८० २,२८,८५२
७२ डोटी जिल्ला दिपायल सिलगढी २,०२५ २,०४,८३१
७३ कैलाली जिल्ला धनगढी ३,२३५ ९,०४,६६६
७४ कञ्चनपुर जिल्ला भीमदत्त १,६१० ५,१३,७५७
७५ डडेल्धुरा जिल्ला अमरगढी १,५३८ १,३९,६०२
७६ बैतडी जिल्ला दशरथचन्द १,५१९ २,४२,१५७
७७ दार्चुला जिल्ला अपी २,३२२ १,३३,३१०

नगरपालिका जनसङ्ख्या र पूर्वाधारको कम्तीमा केही न्यूनतम मापदण्ड भएका र सरकारद्वारा नगरपालिकाको रूपमा घोषणा गरिएका ठाउँहरू हुन्। नेपालमा २९३ वटा नगरपालिकाहरू रहेका छन् ।

सहरी नगरपालिकालाई ३ तहमा विभाजन गरिन्छ:

  • महानगरपालिका
  • उपमहानगरपालिका
  • नगरपालिका

नेपालमा ६ वटा महानगरपालिकाहरू रहेका छन् जसमा राजधानी सहर अर्थात् काठमाडौँ, भरतपुर, विराटनगर, ललितपुर, वीरगञ्ज, पोखरा रहेका छन्। नेपालमा ११ उपमहानगरपालिका र २७६ नगरपालिका रहेका छन्।

गाउँपालिका नेपालमा २०७३ सालमा स्थापना गरिएका थिए जसले गाउँ विकास समितिलाई प्रतिस्थापन गरेको थियो।

गाउँपालिकाको मुख्य उदेश्य गाउँ विकास समितिको जस्तो छ तर राजश्व सङ्कलन र कर सङ्कलनमा यसको बढी अधिकार रहेको छ र यसको वार्षिक बजेट गाउँ विकास समितिको भन्दा उच्च रहेको छ। थुप्रै गाउँ विकास समितिलाई प्रायः प्रत्येक नयाँ गाउपालिकामा गाभिएको थियो। नेपालमा ४६० गाउँपालिकाहरु छन्।

पूर्व विकास क्षेत्र र अञ्चल

[सम्पादन गर्नुहोस्]

२०७२ भदौ २४ अघि नेपाललाई पाँच विकास क्षेत्र र चौध वटा प्रशासनिक क्षेत्र अर्थात् अञ्चलमा विभाजन गरिएको थियो। २०६८ को जनगणनाको समयमा यसलाई अझ पचहत्तर जिल्लामा विभाजन गरिएको थियो। जिल्लालाई गाउँ विकास समिति र नगरपालिकामा विभाजन गरिएको थियो। २०५८ को जनगणनामा नेपालमा ३,९१५ वटा गाउँ विकास समिति र २८ वटा नगरपालिकाहरू रहेका थिए।[]

विकास क्षेत्र:

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "संघीय नेपालका सात प्रदेश : एक चर्चा", इआदर्श (नेपालीमा), अन्तिम पहुँच २०१८-०४-०७  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-१४ मिति
  2. "अब नेपालमा ७५ हैन ७७ जिल्ला" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति ७ अगस्ट २०२१ 
  3. ३.० ३.१ २०६८ जनगणना जिल्ला स्तरीय प्रतिवेदन वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०२ मिति, केन्द्रीय तथ्याङ्क विभाग।
  4. "नेपालमा अब ७७ जिल्ला !", हिमाल पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०१८-०४-०७ [स्थायी मृत कडी]
  5. केन्द्रीय तथ्याङ्क विभाग, नेपाल (२०५८), प्रशासनिक विभाजन, काठमाडौँ, मूलबाट २ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ सेप्टेम्बर २०१८