सामग्रीमा जानुहोस्

नेपालको सर्वोच्च अदालत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालको सर्वोच्च अदालत
सर्वोच्च अदालतको भवन
नक्सा
२७°४१′४९″N ८५°१९′१९″E / 27.697°N 85.322°E / 27.697; 85.322
स्थापित२०१३ जेठ ८
स्थानराम शाह पथ, काठमाडौँ, नेपाल
निर्देशाङ्क२७°४१′४९″N ८५°१९′१९″E / 27.697°N 85.322°E / 27.697; 85.322
संरचना विधिसंवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त
द्वारा स्वीकृतनेपालको संविधान
न्यायाधीशको कार्यकाल अवधि६५ वर्षको उमेर
न्यायाधीश सङ्ख्या१ जना प्रधान न्यायाधीस + २० जना स्थायी न्यायाधीश
वेबसाइटआधिकारिक वेबसाइट
प्रधान न्यायाधीश
वर्तमानसपना प्रधान मल्ल
देखि२२ चैत २०८२
नेपालको सर्वोच्च अदालत

सर्वोच्च अदालत नेपालको न्यायपालिकाको सबैभन्दा माथिल्लो तहको अदालत हो। सर्वोच्च अदालतमा नेपालको प्रधानन्यायाधीशका अतिरिक्त बढीमा २० जनासम्म अन्य न्यायाधीशहरू रहने व्यवस्था छ।[] २०७२ को संविधान जारी हुनुअघिसम्म कुनै समयमा सर्वोच्च अदालतमा मुद्दाको संख्या बढ्न गई न्यायाधीशहरूको संख्या अपर्याप्त हुन गएमा कुनै निश्चित अवधिको लागि अस्थायी न्यायाधीश पनि नियुक्त गर्न सकिने व्यवस्था थियो। मौजुदा संविधानमा कुनै पनि तहका अदालतमा अस्थायी न्यायाधीशको व्यवस्था राखिएको छैन। सर्वोच्च अदालतको प्रधानन्यायाधीशको पदाअवधि ६ वर्षको हुन्छ। नेपालको वर्तमान प्रधान न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ हुन्।[]

प्रधानन्यायाधीश र न्यायाधीशहरूको नियुक्ति

[सम्पादन गर्नुहोस्]

महामहिम राष्ट्रपतिबाट संवैधानिक परिषद्को सिफारिसमा नेपालको प्रधान न्यायाधीश र न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायायाधीशहरूको नियुक्ति गरिने व्यवस्था छ। कुनै निश्चित अवधिको लागि सर्वोच्च अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्ति गर्नु परेमा राष्ट्रपतिको अनुमति प्राप्त गरी न्याय परिषद्को सिफारिसमा प्रधान न्यायाधीशले नियुक्ति गर्न सक्ने व्यवस्था छ।

सर्वोच्च अदालतमा कार्यरत जनशक्ति तर्फ आर्थिक वर्ष २०६२ को अन्तमा प्रधान न्यायाधीशका अतिरिक्त अन्य १७ जना न्यायाधीशहरू कार्यरत थिए। कर्मचारी तर्फ विभिन्न दर्जाका जम्मा ३३२ जना कर्मचारीहरू कार्यरत थिए। यसका अतिरिक्त केही कर्मचारी काजमा थिए।

न्यायिक कार्य

[सम्पादन गर्नुहोस्]

सर्वोच्च अदालतले आफूलाई प्राप्त विभिन्न क्षेत्राधिकार अन्तर्गत न्यायिक कार्य सम्पन्न गरी आएको छ। यस आर्थिक वर्षा विभिन्न क्षेत्राधिकार अन्तर्गत सम्पादन गरेको न्यायिक कार्यलाई निम्नानुसार उल्लेख गरिएको छ:

साधारण अधिकारक्षेत्र

[सम्पादन गर्नुहोस्]

सर्वोच्च अदालतको साधारण अधिकार क्षेत्र अन्तर्गत निम्न क्षेत्राधिकारहरू पर्दछन् :

  1. सुरु मुद्दा हेर्ने
  2. पुनरावेदन सुन्ने
  3. पुनरावलोकन गर्ने
  4. मुद्दा दोहोऱ्याइ हेर्ने
  5. साधक जाँच्ने
  6. निवेदन प्रतिवेदन सुन्ने

असाधारण अधिकारक्षेत्र

[सम्पादन गर्नुहोस्]

सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत निम्नानुसारका क्षेत्राधिकारहरू पर्दछन् :

  1. न्यायिक पुनरावलोकनको क्षेत्राधिकार
  2. रिट क्षेत्राधिकार
  3. सार्वजानिक सरोकारको विवाद हेर्ने

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Supreme Court of Nepal", supremecourt.gov.np, अन्तिम पहुँच २०२६-०२-०१
  2. "विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २५ माघ २०८० अभिलेखिकरण २०२३-११-३० वेब्याक मेसिन