नेपालको प्रधानन्यायाधीश

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेपालको प्रधानन्यायाधीश
Emblem of Nepal.svg
सम्बोधनसम्माननीय
सदस्यन्याय परिषद
निवासबालुवाटार
मनोनयनकर्तासंबैधानिक परिषद
नियुक्तिकर्ताराष्ट्रपति
पदावधी६ वर्ष
गठन संयन्त्रनेपालको संबिधान
स्थापना२००८/०४/२६
मे २१, १९५६
(६४ वर्ष पहिले)
 (१९५६-०५-21)
प्रथम पदाधिकारीहरि प्रसाद प्रधान
पारिश्रमिकमासिक ७३,६८०
वेबसाइटwww.supremecourt.gov.np/web/

नेपालको प्रधानन्यायाधीश नेपालको न्यायपालिकाको प्रमुख तथा श्री सर्वोच्च अदालतको प्रधान न्यायाधीश हुन्। प्रधानन्यायाधीश देशको सर्वोच्च न्यायमुर्ती हुन् तथा न्यायिक प्रणालीको मुख्य प्रशासनिक अधिकृतको रूपमा जिम्मेवारी बहन गर्दछन्।

नेपालको प्रधान न्यायाधीशको नियुक्ति र योग्यता[सम्पादन गर्ने]

(१) सर्वाेच्च अदालतमा नेपालको प्रधान न्यायाधीशका अतिरिक्त बढीमा बीस जना न्यायाधीश रहनेछन्।

(२) संवैधानिक परिषदको सिफारिसमा प्रधान न्यायाधीशको र न्याय परिषदको सिफारिसमा सर्वाेच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुनेछ ।

(३)सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधान न्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुनेछ ।

(४) प्रधान न्यायाधीशको पदावधि छ वर्षको हुनेछ ।

प्रधान न्यायाधीशको पद रिक्त भएमा वा कुनै कारणले प्रधान न्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेको वा नेपालबाहिर गएको कारणले प्रधान न्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधान न्यायाधीश भई काम गर्नेछ ।

प्रधान न्यायाधीश वा सर्वाेच्च अदालतको न्यायाधीशको पद रिक्त हुने[सम्पादन गर्ने]

देहायको कुनै अवस्थामा प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पद रिक्त हुनेछ :-

(क) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,

(ख) निजको उमेर पैंसठ्ठी वर्ष पूरा भएमा,

(ग) निजको विरुद्ध धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा,

(घ) शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी प्रधान न्यायाधीशको हकमा संवैधानिक परिषद र सर्वाेच्च अदालतको न्यायाधीशको हकमा न्याय परिषदको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा,

(ङ) निजले नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट सजाय पाएमा,

(च) निजको मृत्यु भएमा ।[१]

प्रधान न्यायाधीशहरू[२][सम्पादन गर्ने]

सि.नं. नाम देखि सम्म नियुक्तिकर्ता राष्ट्रप्रमुख
१. श्री हरिप्रसाद प्रधान २००८/०४/२६ २०१३/०२/०७ त्रिभुवन
२. श्री अनिरुद्रप्रसाद सिंह २०१३/०२/०८ २०१६/०३/१५ श्री ५ महेन्द्र
३. श्री हरिप्रसाद प्रधान २०१८/०८/२९ २०२०/०८/२९
४. श्री भगवतिप्रसाद सिंह २०२०/१२/२७ २०२७/०३/२६
५. श्री रत्नबहादुर विष्ट २०२७/०४/११ २०३३/०४/२२
६. श्री नयनबहादुर खत्री २०३३/०४/२४ २०४२/०८/२५ श्री ५ बिरेन्द्र
७. श्री धनेन्द्रबहादुर सिंह २०४२/०८/२६ २०४८/०८/२०
८. श्री विश्वनाथ उपाध्याय २०४८/०८/२२ २०५२/०६/१०
९. श्री सुरेन्द्रप्रसाद सिंह २०५२/०६/१० २०५३/११/०३
१०. श्री त्रिलोक प्रताप राणा २०५३/११/०४ २०५४/०६/०१
११. श्री ओमभक्त श्रेष्ठ २०५४/०६/०२ २०५४/१२/३०
१२. श्री मोहनप्रसाद शर्मा २०५४/१२/३१ २०५६/०९/०१
१३. श्री केशवप्रसाद उपाध्याय २०५६/०९/०२ २०५९/०८/१९
१४. श्री केदारनाथ उपाध्याय २०५९/०८०/२० २०६०/१०/०६ श्री ५ ज्ञानेन्द्र
१५. श्री गोविन्दबहादुर श्रेष्ठ २०६०/१०/०७ २०६१/०९/२९
१६. श्री हरिप्रसाद शर्मा २०६१/१०/०१ २०६२/०४/१४
१७. श्री दिलिपकुमार पौडेल २०६२/०४/१६ २०६४/०५/२२
१८. श्री केदारप्रसाद गिरी २०६४/०६/१८ २०६६/०१/२४
१९. श्री मीनबहादुर रायमाझी २०६६/०१/२५ २०६६/१०/२७ राम बरण यादव
२०. श्री अनुप राज शर्मा २०६६/१०/२८ २०६६/१२/१२
२१. श्री रामप्रसाद श्रेष्ठ २०६६/१२/१३ २०६८/०१/२२
२२. श्री खिलराज रेग्मी २०६८/०१/२३ २०७०/१०/२८
२३ श्री दामोदरप्रसाद शर्मा २०७०/१२/२७ २०७१/०६/२३
२४ श्री रामकुमारप्रसाद शाह २०७१/०६/२४ २०७२/०३/२२
२५ श्री कल्याण श्रेष्ठ २०७२/०३/२३ २०७२/१२/३०
२६ श्री सुशीला कार्की २०७३/०३/२७ २०७४/०२/२४ विद्या देवी भण्डारी
२७ श्री गोपाल पराजुली २०७४/०३/०२ २०७४/११/३०
२८ श्री ओमप्रकाश मिश्र २०७५/०६/२४ २०७५/०९/१७
२९ श्री चोलेन्द्रशमशेर ज.ब.रा. २०७५/०९/१८

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]