भगवतिप्रसाद सिंह
सम्माननीय भगवतिप्रसाद सिंह | |
---|---|
चौथो प्रधानन्यायाधीश | |
कार्यकाल २०२०/१२/२७–२०२७/०३/२६ | |
नियुक्ति कर्ता | राजा महेन्द्र वीर विक्रम शाह |
पूर्वाधिकारी | हरि प्रसाद प्रधान |
उतराधिकारी | रत्नबहादुर विष्ट |
लोक सेवा आयोग (नेपाल) कायम मुकायम सभापति | |
कार्यकाल २०१४ ।१० ।१३ [१] – २०१६ ।३ ।१४ | |
नियुक्ति कर्ता | राजा महेन्द्र वीर विक्रम शाह |
पूर्वाधिकारी | बडाकाजी श्री मानिकलाल राजभण्डारी |
उतराधिकारी | अनिरुद्र प्रसाद सिंह |
राष्ट्रिय चुनाव आयोगको अध्यक्ष | |
कार्यकाल २०३६ साल जेठ १६[२] – २०३७ | |
व्यक्तिगत विवरण | |
राष्ट्रियता | नेपाल |
भगवतिप्रसाद सिंह नेपाली न्यायाधीश थिए जसले २०२०/१२/२७ देखि २०२७/०३/२६ सम्म नेपालका चौथो प्रधानन्यायाधीशको रूपमा काम गरेका थिए। [३] [४] [५] उनलाई नेपालका तत्कालीन राजा महेन्द्रले नियुक्त गरेका थिए।
बाल्यकाल
[सम्पादन गर्नुहोस्]भगवतीप्रसाद सिंह राणा शासकले पत्याएका, खानदानी राजपूत थिए। उतिबेला नै राजविराज, सप्तरीबाट हात्तीमा चढेर विहारको सुपौलमा विलियम्स हाई-स्कूल पढ्न जाने हैसियत उनको परिवारको थियो।
लोक सेवा आयोग (नेपाल) कायम मुकायम सभापति
[सम्पादन गर्नुहोस्]तत्कालीन पब्लिक सर्भिस कमिशन सभापति भएका थिए।
नेपाल अधिराज्यको संविधान २०१५
[सम्पादन गर्नुहोस्]वि.सं. २०१४ चैत्र ३ गतेका दिन भगवतिप्रसाद सिंहको अध्यक्षतामा गठित अमेरिकी संविधानविद सर आइभर जेनिङसमेत संलग्न भएको पाँच-सदस्यीय संविधान मस्यौदा समितिले १० महिनाको अवधिमा मस्यौदा तयार गरी राजा महेन्द्रसमक्ष प्रस्तुत गरे । यस कमिशनका अन्य सदस्यहरू होराप्रसाद जोशी, रामराज पन्त र सर्यप्रसाद उपाध्याय थिए । यो संविधान राजा महेन्द्रबाट २०१५ साल फागुन १ गते जारी भयो । संविधानको धारा ७३ र ७५ तुरून्त लागू भए भने बाँकी धाराहरू २०१६ सालमा लागू भए । यसै संविधानको आधारमा फागुन ७, २०१५ देखि मुलुकमा प्रथम आम निर्वाचन भयो । यसमा १०९ सदस्यीय प्रतिनिधिसभा, मन्त्रिमण्डल प्रतिनिधिसभाप्रति उत्तरदायी हुने, कार्यपालिका, व्यवस्थापिका, स्वतन्त्र न्यायपालिका, लोकसेवा आयोग, हिसाब जाँच र नागरिकहरूको मौलिक अधिकारहरूको व्यवस्था थियो । १० भाग, ७७ धारा र ३ अनुसूची भएको यो संविधान राजा महेन्द्रबाट वि.सं. २०१९ मा खारेज भयो।
राजीनामा
[सम्पादन गर्नुहोस्]राष्ट्रिय चुनाव आयोग
[सम्पादन गर्नुहोस्]२०३६ साल जेठ १६ गते राजा बिरेन्द्रबाट गठन गरेको राष्ट्रिय चुनाव आयोगको अध्यक्षको रूपमा काम गरेका थिए । सो चुनाव आयोगले २०३७ मा जनमत सङ्ग्रहको चुनाव सम्पन्न गरेको थियो ।[६]
विभुषण
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ लोक सेवा आयोग (नेपाल) वेब्याक मेसिन अभिलेखिकरण २०१८-०९-०७ मिति
- ↑ २०३६ साल जेठ १६ को राजपत्र
- ↑ "सर्वोच्च अदालत नेपाल", www.supremecourt.gov.np, अन्तिम पहुँच २०१९-०९-१३।
- ↑ "Speech by Hon'ble Mr. Bhagwati Prasad Singh", Allahabad High Court, २५ नोभेम्बर १९६६।
- ↑ "Development of Democracy in Modern Nepal – South Asia Journal" (en-USमा), अन्तिम पहुँच २०१९-०९-२४।
- ↑ २०३६ साल जेठ १६ को राजपत्र
- ↑ विभुषण प्रदान गरेको राजदरबारको सूचना