जनमत सङ्ग्रह, २०३७
| ||||||||||||||||||||||
सुधारिएको पञ्चायत वा बहुदलीय व्यवस्था लागू गर्ने? | ||||||||||||||||||||||
परिणामहरू | ||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
जनमत सङ्ग्रह २०३७ नेपालमा भएको एक निर्वाचन हो जसमा बहुदलीय कि निर्दलीय शासन पद्दति लागू गर्ने भन्ने विषयमा मतदान गराइएको थियो । राजा महेन्द्रले सुरू गरेको दलविहीन पञ्चायती व्यवस्थाको चौतर्फी विरोध भएपछि नेपालमा बहुदल वा तत्कालिन शासनरत पञ्चायती व्यवस्था मान्ने भनेर जनमत सङ्ग्रह गर्ने घोषणा भयो । तात्कालिक राजा बीरेन्द्रले वि. सं. २०३६ साल जेठ १० गते जनमत सङ्ग्रहको घोषणा गरेका थिए।[१] वि. सं. २०३७ बैशाख २० गते जनमत सङ्ग्रहका लागि मतदान भएको थियो ।
उक्त चुनावको परिणाम जेठ १ गते सार्वजनिक गरियो । अधिराज्यभर कूल मतदाता संख्या ७१ लाख ९२ हजार ४ सय ५१ मध्ये कूल ४८ लाख १३ हजार ४ सय ८६ मत (६६ दशमलव ९२ प्रतिशत) खसेकोमा ३ लाख ७२ हजार ६९ मत (७ दशमलव ७३ प्रतिशत) बदर भएका थिए । ४४ लाख ४१ हजार ४ सय १७ (९२ दशमलव २७ प्रतिशत) मतपत्र सदर भए । जनमतमा ३३ लाख जति महिला सहभागि भए । पहेलो रङ्गको पञ्चायत पक्षलाई कूल २४ लाख ३३ हजार ४ सय ५२ मत (५४ दशमलव ७९ प्रतिशत) प्राप्त भयो भने नीलो रङ्गको बहुदलको पक्षमा २० लाख ७ हजार ९ सय ६५ मत (४५ दशमलव २१ प्रतिशत) प्राप्त भयो । सुधारसहितको पञ्चायत पक्षलाई ४ लाख २५ हजार ४ सय ८७ बढी मत प्राप्त भयो । चौधै अञ्चलमा बहुमत र जिल्लाको आधारमा ५४ जिल्लामा पञ्चायत पक्ष बहुमतले विजयी भयो ।
जनमत सङ्ग्रह केही तथ्याङ्क[सम्पादन गर्नुहोस्]
विक्रम सम्वत २०३६ जेठ १० (मे २४, १९७९) गते श्री ५बाट बहुदलीय व्यवस्था वा सुधारिएको पञ्चायत विषयमा जनमत लिने घोषणा भयो । सोहिअनुरूप २०३६ चैत्र २० गते राष्ट्रिय चुनाव आयोगले वि. सं. २०३७ बैशाख २० (मे २, १९८०) गते जनमत सङ्ग्रह गरिने घोषणा भयो । जनमत सङ्ग्रहको परिणाम २०३७ साल जेठ १ (मे १४, १९८०) गते भएको थियो ।
विकल्प | मत | % |
---|---|---|
पञ्चायत | २४,३३,४५२ | ५४.८ |
बहुदलीय | २०,०७,९६५ | ४५.२ |
अमान्य/बदर मत | ३,७२,०६९ | – |
कूल | ४८,१३,४८६ | 100 |
स्रोत: [२] |
क्षेत्रको आधारमा[सम्पादन गर्नुहोस्]
विकल्प | पहाड | भित्री मधेश | हिमाल | तराई | ||||
---|---|---|---|---|---|---|---|---|
मत | % | मत | % | मत | % | मत | % | |
पञ्चायत | ११,२६,१६९ | ५७.२ | ८७,९६५ | ३४.० | २,२८,६१७ | ७१.१ | ८,४८,७५४ | ४४.६ |
बहुदलीय | ८,४४,१२४ | ४२.८ | १,३९,०२१ | ६६.० | ८६,६५८ | २८.९ | ९,३८,१६२ | ५५.४ |
अमान्य/बदर मत | १,५८,५८१ | – | ६०,६४५ | – | २५,०६१ | – | ६९,०४१ | – |
कूल | २१,२७,६१५ | १०० | २,७८,७८० | १०० | ३,४०,३३८ | १०० | २०,६६,७५३ | १०० |
स्रोत: [३] |
यस जनमत सङ्ग्रहमा नेपालमा १० ,००६ र विदेशमा १९ वटा मतदान केन्द्र राखिएका थिए। पञ्चायतले ५५ जिल्लामा र बहुदलले २० जिल्लामा विजय प्राप्त गरेको थियो ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ बहुदलवादी भएर मैले अर्थ सचिवबाट राजिनामा दिएको हैन सेतोपाटी डट कम
- ↑ Shaha, Rishikesh. Politics in Nepal 1980-1990. New Delhi: Manohar Publications, 1990. p. 69-70.
- ↑ Shaha, Rishikesh. Politics in Nepal 1980-1990. New Delhi: Manohar Publications, 1990. p. 69-70.