आम निर्वाचन २०५१

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
आम निर्वाचन २०५१

← २०४८ २०५१ कात्तिक २९ २०५६ →
कुल मतदान६१.८६%[१]
  बहुमत दल अल्पमत दल तेस्रो दल
  Girija Prasad Koirala (cropped).jpg Surya bahadur thapa (cropped).png
नेता मनमोहन अधिकारी गिरिजाप्रसाद कोइराला सूर्यबहादुर थापा
दल नेकपा एमाले काङ्ग्रेस राष्ट्रिय प्रजातन्त्र पार्टी
नेताको सिट काठमाडौँ ३
काठमाडौँ १ (खाली)
मोरङ १
सुनसरी ५ (खाली)
धनकुटा २
सर्लाही (पराजित)
पछिल्लो चुनाव ६९ ११०
प्राप्त सिट ८८ ८३ २०
सिट परिवर्तन वृद्धि १९ ह्रास २७ वृद्धि १६
लोकप्रिय मत २,३५२,६०१ २,५४५,२८७ १,३६७,१४८
प्रतिशत ३०.८५ ३३.३८ १७.९३
उछाल वृद्धि २.८७ ह्रास ४.३७ वृद्धि ५.९९

प्रम निर्वाचन पूर्व

गिरिजाप्रसाद कोइराला
काङ्ग्रेस

निर्वाचित प्रम

मनमोहन अधिकारी
नेकपा एमाले

नेपालमा २०५१ कार्तिक २९ मा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको थियो। अघिल्लो नेपाली काङ्ग्रेसको सरकार ढलेपछि, राजा वीरेन्द्रले नयाँ चुनावको घोषणा गरेपछि चुनाव भएको थियो। नतिजामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादीले प्रतिनिधि सभामा सबैभन्दा बढी सिट जितेको थियो भने नेता मनमोहन अधिकारी अल्पमतिय सरकारको प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

निर्वाचनको नतिजा[सम्पादन गर्ने]

परिणामस्वरूप नेपाली काङ्ग्रेस पार्टीले संसदमा आफ्नो बहुमत गुमाएको थियो र नेकपा एमाले प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको थियो। [२] तथापि कुनै पनि दलले बहुमतका लागि आवश्यक १०३ सिट आफैँले जितेका थिएनन्।[३] राजतन्त्र समर्थक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले अघिल्लो चुनावमा आफूले जितेको ४ बाट २० सिट प्राप्त गरी उल्लेखनीय उपलब्धि हासिल गरेको थियो।[४] आम निर्वाचन २०४८मा भएको अघिल्लो चुनावमा मतदान गरेका ६०% बाट मतदाताहरूको मतदान ५८% ले घटेको थियो।[५]

Nepal PratinidhiSabha 1994.svg
राजनीतिक दल नेता उम्मेदवार मत सिट
संख्या +− % संख्या +−
नेपाली कांग्रेस गिरिजाप्रसाद कोइराला २०५ २५,४५,२८७ ३३.३८ ह्रास४.३७ ८३ ह्रास२७
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) मनमोहन अधिकारी १९६ २३,५२,६०१ ३०.८५ वृद्धि२.८७ ८८ वृद्धि१९
राष्ट्रिय प्रजातन्त्र पार्टी सूर्यबहादुर थापा २०२ १३,६७,१४८ १७.९३ वृद्धि५.९९ २० वृद्धि१६
नेपाल सद्भावना पार्टी गजेन्द्रनारायण सिंह ८६ २,६५,८४७ ३.४९ ह्रास०.६१ ह्रास
संयुक्त जनामोर्चा नेपाल निर्मल लामा ४९ १,००२८५ १.३२ ह्रास३.५१ ह्रास
राष्ट्रीय जनमुक्ति पार्टी गोरेबहादुर खपाङ्गी ८२ ७९,९९६ १.०५ Steady Steady
नेपाल मजदुर किसान पार्टी नारायणमान बिजुक्छे २७ ७५,०७२ ०.९८ ह्रास०.२७ वृद्धि
नेपाल जनवादी मोर्चा राजारामप्रसाद सिंह ४१ ३२,७३२ ०.४३ Steady
नेकपा (मार्क्सवादी) ४९ २९,५७१ ०.३९ Steady Steady
नेकपा (संयुक्त) विष्णुबहादुर मानन्धर ३४ २९,२७३ ०.३८ Steady Steady
नेपाली काङ्ग्रेस (विशेश्वर) पार्टी १० १२,५७१ ०.१६ Steady Steady
राष्ट्रिय जनता परिषद् २८ ८,९३१ ०.१३ Steady Steady
जनवादी मोर्चा (नेपाल) ३,६८१ ०.०५ वृद्धि०.०३ Steady
प्रजातान्त्रिक लोक दल १० ३,०८२ ०.०४ Steady Steady
नेपाल प्रजा परिषद् १,८३२ ०.०२ Steady Steady
राष्ट्रिय जनता पार्टी १.५२५ ०.०२ ह्रास०.०४ Steady
नेपाली काङ्ग्रेस (वि.पि) ८४० ०.०१ Steady Steady
नेपाली काङ्ग्रेस (सुवर्ण) ४८४ ०.०१ Steady Steady
जनता दल (समाजवादी प्रजातान्त्रिक) केशरजङ्ग रायमाझी ४०४ ०.०१ ह्रास०.०७ Steady
संयुक्त प्रजातन्त्र पार्टी २१८ ०.०० Steady Steady
नेपाल जनहित पार्टी १५६ ०.०० Steady Steady
मूल नेपाली काँग्रेस ५३ ०.०० Steady Steady
उदारवादी प्रजातान्त्रिक पार्टी १८ ०.०० Steady Steady
स्वतन्त्र ३८५ ४,७१,३२४ ६.१८ वृद्धि२.०१ वृद्धि
बदर मत २,४१,०७१ ३.१६ ह्रास१.२६
जम्मा १,४३३ ७६,२५,३४८ १०० २०५

परिणाम[सम्पादन गर्ने]

निर्वाचन पछि नेकपाले संसदमा मनमोहन अधिकारीलाई संसदीय दलको नेता रूपमा चयन गरेको थियो र उनले अल्पमतको सरकार बनाउने प्रयास गरेेेेका थिए।[६] राजा वीरेन्द्रले कम्युनिष्ट र नेपाली काङ्ग्रेस दुवै पार्टीलाई सरकार बनाउन किन दिनुपर्छ भनेर बुझाउन आग्रह गरेका थिए र त्यसपछि उनले कसलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भन्ने विषयमा निर्णय गरेेेेका थिए।[४] नेपाली काङ्ग्रेसले सत्तामा रहन प्रयास गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका साना दलहरूसँग सम्झौता गर्ने प्रयास गरेको थियो।[७] तथापि उक्त प्रयास असफल भएको थियो र अधिकारी अल्पसङ्ख्यक कम्युनिष्ट सरकारको प्रमुखमा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका थिए[८] जहाँ नेपाल कम्युनिस्ट पार्टी विश्वको संवैधानिक राजतन्त्रमा पहिलो निर्वाचित साम्यवादी सरकार बनेको थियो र प्रजातान्त्रिक ढङ्गले सत्तामा आउने दक्षिण एसियाको पहिलो साम्यवादी सरकार गठन गर्न समेत सफल भएको थियो।[९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Previous Election Facts and Figures", २००८-१०-२१, मूलबाट २१ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०१-०४ 
  2. "Communists win", द गार्डियन, २३ नोभेम्बर १९९४। 
  3. Burns, John F. (२४ नोभेम्बर १९९४), "Communists Plan to Form Government in Nepal", द न्युयोर्क टाइम्स, अन्तिम पहुँच २२ मे २००९ 
  4. ४.० ४.१ Thomas, Christopher (२६ नोभेम्बर १९९४), "Nepal in chaos after Communist 'victory'", द न्युयोर्क टाइम्स 
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named royal
  6. "Nepal victors choose leader", द गार्डियन, २४ नोभेम्बर १९९४। 
  7. Rettie, John (२ डिसेम्बर १९९४), "Communist poll winners take office in Nepal", द गार्डियन 
  8. "मनमोहन नेतृत्वको सरकारले गरेका उदाहरणीय काम अघि बढाउँछौँ : प्रधानमन्त्री"नयाँ पत्रिका (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  9. "दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन" (नेपाली) भाषा)। अनलाइन खबर। सङ्ग्रह मिति २६ मे २०२१ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]