कर्णाली प्रदेश सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कर्णाली प्रदेश सभा
कर्णाली प्रदेेशको प्रथम सभा
लोगो वा प्रतीक चिह्न
कर्णाली प्रदेशको प्रतीक
प्रकार
प्रकारएकसदनात्मक
इतिहास
नयाँ कार्यकालको सुरुवात
२०७४ माघ २१
नेतृत्वकर्ता
सभामुख
राजबहादुर शाही, नेकपा
पदासीन: २०७४ माघ २८
उपसभामुख
पुष्पा घर्ती, नेकपा
पदासीन: २०७४ फागुन ५
मुख्यमन्त्री
जीवनबहादुर शाही, नेका
पदासीन: २०७४ फागुन ४
प्रतिपक्ष दलको नेता
यम लाल कँडेल, एमाले
पदासीन: २०७४ माघ २६
संरचना
राजनीतिक दल
सरकार (२१)

प्रतिपक्ष (१३)

अन्य प्रतिपक्ष (१)

कार्यकाल अवधि
५ वर्ष
निर्वाचन
सिट:
  • २४ सिट - सरल बहुमत प्रणाली
  • १६ सिट - समानुपातिक
पछिल्लो निर्वाचन
मङ्सिर १० र मङ्सिर २१, २०७४
आउने निर्वाचन
२०७९
बैठक स्थल
सिँचाइ डिभिजन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत
वेबसाइट
pga.karnali.gov.np
संविधान
नेपालको संविधान

कर्णाली प्रदेश सभा कर्णाली प्रदेशको एकसदनात्मक प्रदेश सरकार र कानून निर्माण गर्ने निकाय हो। नेपालको सात प्रदेशमध्ये एक, कर्णाली प्रदेशको प्रादेशिक राजधानी सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा रहेको छ।[१] प्रादेशिक सभामा ४० जना विधायक सदस्यहरू छन् जसमध्ये २४ जना पहिलो पटक मतदान मार्फत निर्वाचित भएका थिए भने १६ जना समानुपातिक तर्फबाट निर्वाचित भएका थिए। सभाको अवधि पाँच वर्षको रहेको छ।[२]

२०७४ प्रतिनिधिसभा निर्वाचन पश्चात्, वि.सं. २०७४ मा वर्तमान प्रथम प्रदेश सभाको गठन भएको थियो। निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गठबन्धनले बहुमत प्राप्त गरेको थियो। आगामी निर्वाचन वि.सं. २०७९ मा यसको कार्यकाल सकिए पछि हुन्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

कर्णाली प्रदेश सभा नेपालको संविधान २०७२ को धारा १७५ बमोजिम गठन भएको थियो। उक्त व्यवस्थाले मुलुकका प्रत्येक प्रदेशका लागि प्रादेशिक संसदको प्रत्याभूति गरेको छ। नेपालका सातै प्रदेशका लागि पहिलो प्रदेश सभा निर्वाचन २०७४ सालमा सम्पन्न भएको थियो र कर्णाली प्रदेश निर्वाचन प्रतिनिधिसभा तर्फको ४० सिटका लागि सम्पन्न भएको थियो।[३] यस चुनावको परिणामस्वरूप नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गठबन्धनको विजय भएको थियोे।२०७५ जेठ ३ मा, यी दुई पार्टीहरू एकआपसमा गाभिएर नेपाल कम्युनिष्ट पार्टीको गठन भएको थियो जसको कारण यसले अत्याधिक बहुमत प्राप्त गरेको थियो।[४] पछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट महेन्द्रबहादुर शाहीको नेतृत्वमा गठबन्धन सरकारको गठन भएको थियो। नेकपा एमालेका राजबहादुर शाही[५] प्रदेश सभाका प्रथम सभामुख हुन् भने प्रथम उप-सभामुख पुष्पा घर्ती हुन्।[६]

सभाहरूको सूची[सम्पादन गर्नुहोस्]

निर्वाचन वर्ष सभा कार्यकाल सुरुवात कार्यकाल अन्त्य मुख्यमन्त्री सभामुख
२०७४ पहिलो सभा २०७४ माघ १८ बहालवाला महेन्द्रबहादुर शाही (नेकपा)
(मन्त्रिपरिषद्)
राजबहादुर शाही (नेकपा)

समितिहरू[सम्पादन गर्नुहोस्]

नेपालको संविधानको धारा १९५ मा प्रदेश सभाहरूलाई कार्यसञ्चालन कार्यविधिको व्यवस्था गर्न विशेष समितिहरू गठन गर्ने अधिकार प्रदान गरिएको छ।

क्र.सं समिति सदस्यता
वित्त र राष्ट्रिय स्रोत
प्रदेश मामिला
सामाजिक विकास
सार्वजनिक खाता

हालको संरचना[सम्पादन गर्नुहोस्]

दल संसदीय दलको नेता सिट
नेपाल कम्युनिष्ट पार्टी महेन्द्रबहादुर शाही ३३
नेपाली काङ्ग्रेस जीवनबहादुर शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी सोशीला शाही
जम्मा ४०

नेतृत्व[सम्पादन गर्नुहोस्]

सभामुख[सम्पादन गर्नुहोस्]

  • प्रदेश सभा सभामुख: राजबहादुर शाही[७]
    • प्रदेश सभा उप-सभामुख: पुष्पा घर्ती[८]

संसदीय दलको नेता[सम्पादन गर्नुहोस्]

सचेतक[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "प्रदेश ६ : नाम कर्णाली, राजधानी वीरेन्द्रनगर"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  2. "भाग–१४ प्रदेश व्यवस्थापिका"कानुन आयोग (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१ 
  3. "कुन प्रदेशमा को बन्दैछन् मुख्यमन्त्री ? यस्ता छन् दाबेदार"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१ 
  4. "नेकपाको संसदीय शक्तिः केन्द्रमा सहज बहुमत, पाँचवटा प्रदेशमा दुई तिहाइ"पहिलो पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१ 
  5. "सभामुख राजबहादुर शाही"नेपाल प्रेस (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  6. "को हुन् प्रदेश ६ की उपसभामुख घर्ती?" (नेपाली) भाषा)। देशसञ्चार। सङ्ग्रह मिति २६ मे २०२१ 
  7. "प्रदेश नम्बर ६ को सभामुखमा राजबहादुर शाही निर्विरोध निर्वाचित"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  8. "प्रदेश ६ को उपसभामुखमा पुष्पा घर्ती निर्विरोध निर्वाचित"थाह खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  9. "श्री महेन्द्रबहादुर शाही" (नेपाली) भाषा)। कर्णाली प्रदेश सरकार। सङ्ग्रह मिति २६ मे २०२१ 
  10. "प्रदेश ६ : कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही" (नेपाली) भाषा)। थाह खबर। सङ्ग्रह मिति २६ मे २०२१ 
  11. "कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजङ्ग शाह पदमुक्त, सिता कुमारी नेपाली नियुक्त"झिल्को (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  12. "कर्णालीमा दुई मन्त्री नियुक्त"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१