सुदूरपश्चिम प्रदेश सभा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुदूरपश्चिम प्रदेश सभा
सुदूरपश्चिम प्रदेेशको प्रथम सभा
प्रकार
प्रकारएकसदनात्मक
इतिहास
नयाँ कार्यकालको सुरुवात
२०७४ माघ २१
नेतृत्वकर्ता
सभामुख
अर्जुनबहादुर थापा, नेकपा
पदासीन: २०७४ माघ २८
उपसभामुख
निर्मला बडाल जोशी, नेकपा
पदासीन: २०७४ फागुन ५
मुख्यमन्त्री
त्रिलोचन भट्ट, नेकपा
पदासीन: २०७४ फागुन ४
प्रतिपक्ष दलको नेता
रण बहादुर रावल, नेका
पदासीन: २०७४ माघ २६
संरचना
राजनीतिक दल
सरकार (३८)

प्रतिपक्ष (१२)

अन्य प्रतिपक्ष (१४)

कार्यकाल अवधि
५ वर्ष
निर्वाचन
सिट:
  • ३२ सिट - सरल बहुमत प्रणाली
  • २१ सिट - समानुपातिक
पछिल्लो निर्वाचन
मङ्सिर १० र मङ्सिर २१, २०७४
आउने निर्वाचन
२०७९
बैठक स्थल
जिल्ला समन्वय समितिको भवन, धनगढी, कैलाली
वेबसाइट
pga.p7.gov.np
संविधान
नेपालको संविधान

सुदूरपश्चिम प्रदेश सभा कर्णाली प्रदेशको एकसदनात्मक प्रदेश सरकार र कानून निर्माण गर्ने निकाय हो। नेपालको सात प्रदेशमध्ये एक, सुदूरपश्चिम प्रदेशको प्रादेशिक राजधानी कैलाली जिल्लाको गोदावरीमा रहेको छ।[१] प्रादेशिक सभामा ५३ जना विधायक सदस्यहरू छन् जसमध्ये १६ जना पहिलो पटक मतदान मार्फत निर्वाचित भएका थिए भने ३२ जना समानुपातिक तर्फबाट निर्वाचित भएका थिए। सभाको अवधि पाँच वर्षको रहेको छ।[२]

२०७४ प्रतिनिधिसभा निर्वाचन पश्चात्, वि.सं. २०७४ मा वर्तमान प्रथम प्रदेश सभाको गठन भएको थियो। निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गठबन्धनले बहुमत प्राप्त गरेको थियो। आगामी निर्वाचन वि.सं. २०७९ मा यसको कार्यकाल सकिए पछि हुन्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

सुदूरपश्चिम प्रदेश सभा नेपालको संविधान २०७२ को धारा १७५ बमोजिम गठन भएको थियो। उक्त व्यवस्थाले मुलुकका प्रत्येक प्रदेशका लागि प्रादेशिक संसदको प्रत्याभूति गरेको छ। नेपालका सातै प्रदेशका लागि पहिलो प्रदेश सभा निर्वाचन २०७४ सालमा सम्पन्न भएको थियो र सुदूरपश्चिम प्रदेश निर्वाचन प्रतिनिधिसभा तर्फको ५३ सिटका लागि सम्पन्न भएको थियो।[३] यस चुनावको परिणामस्वरूप नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गठबन्धनको विजय भएको थियो। २०७५ जेठ ३ मा, यी दुई पार्टीहरू एकआपसमा गाभिएर नेपाल कम्युनिष्ट पार्टीको गठन भएको थियो जसको कारण यसले अत्याधिक बहुमत प्राप्त गरेको थियो।[४] पछि नेपाल कम्युनिष्ट पार्टीबाट त्रिलोचन भट्टको नेतृत्वमा गठबन्धन सरकारको गठन भएको थियो। नेकपा (एमाले)का अर्जुनबहादुर थापा[५] प्रदेश सभाका प्रथम सभामुख हुन् भने प्रथम उप-सभामुख माओवादी केन्द्र निर्मला बडाल जोशी हुन्।[६]

सभाहरूको सूची[सम्पादन गर्नुहोस्]

निर्वाचन वर्ष सभा कार्यकाल सुरुवात कार्यकाल अन्त्य मुख्यमन्त्री सभामुख
२०७४ पहिलो सभा २०७४ माघ १८ बहालवाला त्रिलोचन भट्ट (नेकपा)
(मन्त्रिपरिषद्)
अर्जुनबहादुर थापा (नेकपा)

समितिहरू[सम्पादन गर्नुहोस्]

नेपालको संविधानको धारा १९५ मा प्रदेश सभाहरूलाई कार्यसञ्चालन कार्यविधिको व्यवस्था गर्न विशेष समितिहरू गठन गर्ने अधिकार प्रदान गरिएको छ।

क्र.सं समिति सदस्यता
वित्त विकास र प्राकृतिक स्रोत ११
विधायन र संसदीय मामिला ११
समाजिक विकास ११
सार्वजनिक खाता ११

हालको संरचना[सम्पादन गर्नुहोस्]

दल संसदीय दलको नेता सिट
नेपाल कम्युनिष्ट पार्टी प्रकाशबहादुर शाह ३८
नेपाली काङ्ग्रेस रणबहादुर रावल १२
जनता समाजवादी पार्टी, नेपाल मालामती कुमारी राना थारू
स्वतन्त्र
जम्मा ५३

नेतृत्व[सम्पादन गर्नुहोस्]

सभामुख[सम्पादन गर्नुहोस्]

  • सभामुख: अर्जुनबहादुर थापा[५]
    • उपसभामुख: निर्मला बडाल जोशी[६]

संसदीय दलको नेता[सम्पादन गर्नुहोस्]

सचेतक[सम्पादन गर्नुहोस्]

  • प्रमुख सचेतक (नेपाल कम्युनिष्ट पार्टी): तारा लामा तामाङ
    • सचेतक (नेपाल कम्युनिष्ट पार्टी): अक्कलबहादुर रावल
  • प्रतिपक्ष दलको सचेतक (नेपाली काङ्ग्रेस): गोविन्दराज बोहरा
    • सचेतक (नेपाली काङ्ग्रेस): टेकबहादुर रैका

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "‘सुदूरपश्चिम’ बन्यो ७ नम्बर प्रदेश", जनता समाचार, २१ जेठ २०७८, अन्तिम पहुँच २३ जेठ २०७५  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०६-०५ मिति
  2. "भाग–१४ प्रदेश व्यवस्थापिका"कानुन आयोग (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१ 
  3. "कुन प्रदेशमा को बन्दैछन् मुख्यमन्त्री ? यस्ता छन् दाबेदार"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१ 
  4. "नेकपाको संसदीय शक्तिः केन्द्रमा सहज बहुमत, पाँचवटा प्रदेशमा दुई तिहाइ"पहिलो पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ मार्च २०२१ 
  5. ५.० ५.१ "प्रदेश ७ को सभामुखमा एमालेका अर्जुनबहादुर थापा निर्विरोध"बाह्रखरी (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  6. ६.० ६.१ दीपक जोशी। "पूर्वलडाकू निर्मला बनिन् प्रदेश ७ की उपसभामुख" (नेपाली) भाषा)। देशसञ्चार। सङ्ग्रह मिति २६ मे २०२१ 
  7. "त्रिलोचन भट्ट भए मुख्यमन्त्री"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २ जुन २०२१