नेपाल कम्युनिष्ट पार्टी
नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी | |
---|---|
छोटो रूप | नेकपा |
सभापति | खड्गप्रसाद ओली र पुष्पकमल दाहाल |
Presidium | ९ सदस्यीय केन्द्रीय सचिवालय |
स्थापना | १५ सेप्टेम्बर १९४९ |
समायोजन | नेकपा (माले) समाजवादी,नेकपा एकिकृत,नेकपा (संयुक्त माक्र्सवादी),माक्र्सवादी कम्युनिष्ट पार्टी र नेकपा (माले विद्रोही) |
प्रमुख कार्यालय | कपन , काठमाडौँ, नेपाल |
विद्यार्थी सङ्गठन | अखिल नेपाल विद्यार्थी यूनियन (अनेवियू) |
Labour wing | Gefont-Nepal |
विचारधारा | साम्यवाद मार्क्सवाद- लेनिनवाद ,माओ विचारधारा |
राजनीतिक स्थान | बामपन्थी |
अन्तर्राष्ट्रिय सम्बद्धता | International Meeting of Communist and Workers' Parties |
रङहरू | रातो |
प्रतिनिधि सभा | १७४ / २७५ |
राष्ट्रिय सभा | ४२ / ५९ |
राजनीतिक प्रतीक | |
100px | |
राजनीतिक दल झन्डा | |
![]() | |
वेबसाइट | |
www |
नेपाल कम्युनिष्ट पार्टी को नाममा पहिलो पर्चा २००६ बैशाख १२ प्रकाशन गरेर नेपाल कम्युनिष्ट पार्टीको गर्भाधान भयो । बैशाख १८ गते पार्टीको संस्थापक महामन्त्री कमरेड पुष्पलाललाई चयन गर्दै, कमरेड निरञ्जन गोविन्द वैद्य, कमरेड नारायण विलास जोशी, कमरेड नरबहादुर कर्माचार्य र दुर्गादेवी श्रेष्ठ संस्थापक सदस्य भए । भाद्र ३० मा पार्टीको केन्द्रीय सङ्गठन समिति, विधान र घोषणापत्र जारी गर्दै विधिवत २००६ भाद्र ३० गतेलाई नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको घोषणा गरियो । किसान, मजदुर, महिला, विद्यार्थीको हितको सुनिश्चितताका संगठित हुनका लागि पहिलो पर्चामा नै आह्वान गरिएको थियो । १७ चैत्र, २०६९ मा नेकपा (माले) समाजवादी, नेकपा एकिकृत, नेकपा (संयुक्त माक्र्सवादी), माक्र्सवादी कम्युनिष्ट पार्टी र नेकपा (माले विद्रोही) समूह मिलेर नेपाल कम्युनिष्ट पार्टी निर्माण भएको कुरा नेपाल कम्युनिष्ट आन्दोलनको इतिहासमा अंकित भइसकेको छ । पार्टी निर्माण लगत्तै गण्डकी–धौलागिरी (माले) दलसमेत यो पार्टीमा
नेकपाको अध्यक्षमा केपी ओली र प्रचण्ड छन् ।
केन्द्रीय सचिवालयमा सुरुमा ओली र प्रचण्डपछिको बरियतामा माधव कुमार नेपाल राखिएको थियो । पछि झलनाथ खनाललाई तेस्रो वरीयता र माधव नेपाललाई चौथो हुने गरी संशोधन गरियो [१] क्रमश: बामदेव गौतम, नारायणकाजी श्रेष्ठ (प्रवक्ता ), ईश्वर पोखरेल, रामवहादुर थापा र बिष्णु पौडेल (महासचिव) रहेका छन् ।
इतिहास[सम्पादन गर्ने]
बाम गठबन्धन[सम्पादन गर्ने]
आन्तरिक द्वन्द[सम्पादन गर्ने]
भदौ ३, २०७६ मा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने लिखित प्रस्ताव दर्ता गराए । सचिवालय बैठकका निर्णयहरुप्रति असन्तुष्ट बनेका नेता नेपालले मङगलबार सातबुँदे लिखित ‘नोट अफ डिसेन्ट’ दर्ता गर्दै प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई एक पद छोड्न सुझाव दिए । त्यस्तै पार्टी विधानअनुसार पार्टी सञ्चालन नभएको, एकतालाई अनावाश्यक रुपमा लम्ब्याएको, पार्टी एकतापछि नेता कार्याकर्तामा आएको उत्साहमा पानी हाल्ने काम गरेको लगाउतका आरोप अध्यक्षमाथि लगाए।
०५ मङि्सर २०७६ मा नेकपाले दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' को कार्य विभाजन टुंगो लगायो। नेकपा सचिवालयले पार्टी सञ्चालनको कार्यकारी जिम्मा अध्यक्ष पुष्पकमल दाहाल र सरकार सञ्चालनको कार्यकारी जिम्मा अध्यक्ष केपी ओलीलाई दिने गरी कार्य विभाजन गरेको थियो ।
संगठन तथा संरचना[सम्पादन गर्ने]
केन्द्रीय संगठन[सम्पादन गर्ने]
सचिवालय[सम्पादन गर्ने]
पार्टीको सर्वोच्च केन्द्रमा नौ सदस्यीय सचिवालय गठन गरिएको छ । यसमा रहेका छन्:
- अध्यक्ष : केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड
- महासचिव: विष्णु पौडेल
- सदस्य: माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, इश्वर पोखरेल, रामबहादुर थापा[२]
पोलिटब्युरो[सम्पादन गर्ने]
१३५ सदस्यीय पोलिटब्युरो स्थायी कमिटी र केन्द्रीय कमिटिबाट गठन गरिएको छ।[३]
स्थायी कमिटी[सम्पादन गर्ने]
नेकपा (एमाले) बाट २६ र नेपाल कम्युनिष्ट पार्टी (माके) बाट १९ जना गरी ४५ सदस्यीय स्थायी कमिटी गठन गरिएको छ। [४]
केन्द्रीय कमिटि[सम्पादन गर्ने]
नेकपा (एमाले) बाट २४१ र नेपाल कम्युनिष्ट पार्टी (माके) बाट २०० जना गरी ४४१ जना सदस्य भएको केन्द्रीय कमिटी गठन गरिएको छ।.[५]
तल्लो तहाका संगठन[सम्पादन गर्ने]
- प्रादेशिक कमिटि: १५१ सदस्सयीय कमिटि सबै सात प्रदेशमा [४]
- जिल्ला कमिटि: ७७ सदस्सयीय कमिटि प्रत्येक ७७ जिल्ला को लागि[३]
- महानगरिय कमिटि[३]
- उप महानगर कमिटि[३]
- गाउँपालिका कमिटि[३]
- वडा कमिटि[३]
संघीय संसद[सम्पादन गर्ने]
संसद | प्रतिनिधि सभा | राष्ट्रीय सभा | सरकार | प्रधानमन्त्री |
---|---|---|---|---|
पहिलो संघीय संसद | १७४ / २७५ |
५० / ५९ |
नेकपा | खड्गप्रसाद ओली |
प्रदेशमा उपस्थिति[सम्पादन गर्ने]
प्रदेश | सिट | मुख्यमन्त्री/विपक्षी नेता |
---|---|---|
प्रदेश न. १ | ६६ / ९३ |
शेरधन राई[६] |
प्रदेश न. २ | ३२ / १०७ |
सत्यनारायण मण्डल |
बागमती | ८१ / ११० |
डोरमणि पौडेल[७] |
गण्डकी प्रदेश सभा | ३९ / ६० |
पृथ्वी सुब्बा गुरुङ[८] |
लुम्बिनी प्रदेश सभा | ६१ / ८७ |
शंकर पोखरेल[९] |
कर्णाली प्रदेश सभा | ३२ / ४० |
महेन्द्र बहादुर शाही[१०] |
सुदूर-पश्चिम प्रदेश सभा | ३९ / ५३ |
त्रिलोचन भट्ट[११] |
नेतृत्व[सम्पादन गर्ने]
नेकपाका अध्यक्षहरु[सम्पादन गर्ने]
- खड्गप्रसाद ओली, २०७५-आज
- पुष्पकमल दाहाल, २०७५-आज
नेकपाका महासचिवहरु[सम्पादन गर्ने]
- बिष्णु प्रसाद पौडेल, २०७५-आज
प्रदेश सरकार[सम्पादन गर्ने]
नेकपाले ६ वटा प्रदेशमा नेतृत्व गरिरहेका छन।
प्रदेश | मुख्यमन्त्री | तस्वीर |
---|---|---|
प्रदेश न. १ | शेरधन राई | ![]() |
बाग्मती | डोरमणि पौडेल | |
गण्डकी | पृथ्वी सुब्बा गुरुङ | |
लुम्बिनी | शंकर पोखरेल | |
कर्णाली | महेन्द्रबहादुर शाही | |
सुदूर-पश्चिम | त्रिलोचन भट्ट |
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ https://ekantipur.com/news/2019/08/18/156613972325889977.html
- ↑ "एमाले र माओवादी मिलेर बन्यो नेपाल कम्युनिष्ट पार्टी", Online Khabar, अन्तिम पहुँच १८ मे २०१८।
- ↑ ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ "Nepal Communist Party to form lower committees, sister organisations within next three months – OnlineKhabar", english.onlinekhabar.com, अन्तिम पहुँच २२ मे २०१८।
- ↑ ४.० ४.१ "Nepal Communist Party will have 441-member Central Committee", kathmandupost.com।
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedthehimalayantimes.com
- ↑ "Sher Dhan Rai appointed Province 1 Chief Minister – The Himalayan Times", The Himalayan Times (en-USमा), १४ फेब्रुअरी २०१८, अन्तिम पहुँच ३१ मार्च २०१८।
- ↑ "UML PP leader Dor Mani Paudel appointed CM of Province 3", The Himalayan Times (en-USमा), ११ फेब्रुअरी २०१८, अन्तिम पहुँच ३१ मार्च २०१८।
- ↑ "Prithvi Subba Gurung appointed as Province 4 CM – The Himalayan Times", The Himalayan Times (en-USमा), १२ फेब्रुअरी २०१८, अन्तिम पहुँच ३१ मार्च २०१८।
- ↑ "Shankar Pokharel appointed Province 5 CM", The Himalayan Times (en-USमा), १४ फेब्रुअरी २०१८, अन्तिम पहुँच ३१ मार्च २०१८।
- ↑ "Shahi appointed Province 6 CM", The Himalayan Times (en-USमा), १६ फेब्रुअरी २०१८, अन्तिम पहुँच ३१ मार्च २०१८।
- ↑ "Trilochan Bhatta becomes Province 7 chief minister", The Himalayan Times (en-USमा), १६ फेब्रुअरी २०१८, अन्तिम पहुँच ३१ मार्च २०१८।
![]() |
विकिमिडिया कमन्समा नेपाल कम्युनिष्ट पार्टी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |