सामग्रीमा जानुहोस्

पृथ्वीसुब्बा गुरुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पृथ्वीसुब्बा गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री
पद बहाली
१ श्रावण २०८१
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रीखड्गप्रसाद शर्मा ओली
पूर्वाधिकारीरेखा शर्मा
१ औं गण्डकी प्रदेशको मुख्यमन्त्री
कार्यकाल
४ फागुन २०७४  २९ जेठ २०७८
राष्ट्रपतिविद्यादेवी भण्डारी
राज्य प्रमुखबाबुराम कुँवर
अमिक शेरचन
सीता पौडेल
पूर्वाधिकारीस्थापना भयो
उतराधिकारीकृष्णचन्द्र नेपाली
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
कार्यकाल
१८ चैत्र १९६३  २८ श्रावण २०६५
प्रधानमन्त्रीगिरिजाप्रसाद कोइराला
पूर्वाधिकारीप्रदीपकुमार ज्ञवाली
उतराधिकारीहिसिला यमी
प्रतिनिधि सभा सदस्य
पद बहाली
७ पुस २०७९
पूर्वाधिकारीदेव गुरुङ
निर्वाचन क्षेत्रलमजुङ १
गण्डकी प्रदेश सभा सदस्य
कार्यकाल
२०७५–२०७९
पूर्वाधिकारीस्थापना भयो
उतराधिकारीभेषप्रसाद पौडेल
निर्वाचन क्षेत्रलमजुङ १(ख)
व्यक्तिगत विवरण
जन्म (1958-02-13) १३ फेब्रुअरी १९५८ (उमेर ६८)
राजनीतिक दलनेकपा (एमाले)
अभिभावकगंगाप्रसाद गुरुङ र चिनी गुरुङ
वेबसाइटocmcm.gandaki.gov.np

Deprecated parameter termstart2Deprecated parameter termend2Deprecated parameter primeminister4Deprecated parameter termstart3Deprecated parameter termstart4Deprecated parameter termend3Deprecated parameter primeminister2Deprecated parameter termend4

पृथ्वी सुब्बा गुरुङ नेपालको प्रदेश नम्बर ४ का प्रथम मुख्यमन्त्री हुन्। २०७८ जेठ २७ मा प्रदेश सभाको विश्वासको मत पाउन नसकेपछि सुब्बा पदमुक्त भएका थिए। प्रदेशसभामा बहुमत भएका एमाले र माओवादीले सरकार गठनको दाबी गर्दै गुरुङलाई मुख्यमन्त्री सिफारिस गरेका थिए। २७ जना प्रदेश सदस्य रहेको एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गरिएको छ । प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सांसद छन् भने माओवादीको १२ सांसद छ । दुई दलको दाबीपछि प्रदेश प्रमुख बाबुराम कुँवरले गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । [] उनी नेकपा एमालेका सचिव समेत रहिसकेकाका छन् । उनको जन्म २०१४ साल फागुन १ गते गङ्गाप्रसाद र चिनी गुरुङका छोराका रूपमा लमजुङ जिल्लामा पर्ने साविकको गिलुङ गाविस-८ टक्सार हाल क्व्होलासोथार गाउँपालिका-९ मा भएको हो ।[]

राजनितीमा प्रवेस

[सम्पादन गर्नुहोस्]

विज्ञानमा स्नातक गरेका पृथ्वी सुब्बा गुरुङ पञ्चायतकालमै २०३४ सालदेखि राजनीतिमा होमिएका थिए । सुरुमा शिक्षण पेशामा आवद्ध उनी त्यहीँबाट राजनीतिमा होमिएका थिए । शिक्षणमै हुँदा आन्दोलनमा उत्रेकाले उनी पटक पटक पञ्चायतकालमै प्रहरी हिरासतमा परेका थिए । २०४० मंसिरमा उनी नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । उनको राजनीतिक यात्रा भने २०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटार-अनेरास्ववियूको तर्फबाट स्ववियु सचिव निर्वाचित भएसँगै सुरु भएको हो। राजनीतिक यात्रासँगै उनले २०३७ मा तत्कालीन नेकपा मालेको सदस्यता लिएका थिए । बहुदलपछिका दुई संसदीय निर्वाचनमा उनले लमजुङबाट जित आत्मसाथ गर्न सकेनन् । तर, २०६२/६३ को जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर २ बाट १९ हजार ५ सय ८३ मतसहित उनी प्रतिनिधि सभामा विजयी भएका थिए । उनी २०६२/०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री पनि बनेका थिए । गुरुङमाथि उपाध्यक्ष अशोक राईले एमाले छाड्दा र त्यही क्रममा पार्टीमा चर्को जातीय राजनीति गरेको आरोप पनि लागेको थियो । अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीमा जान खोजेको आरोप पनि उनीमाथि लागेको थियो । उनले यी आरोपबीच एमालेमै रहेर आफ्नो राजनीतिक यात्रामा अघि बढिरहे । []

प्रतिवद्धता

[सम्पादन गर्नुहोस्]

गुरुङले पटक पटक आदिवासी जनजाति महासं‌घको पनि नेतृत्व गरिसकेका छन् । गुरुङले ४ नम्बर प्रदेश तमु जातिको बाहुल्य क्षेत्र रहेकाले तमु भाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएका छन् । नेता गुरुङले ४ नं प्रदेशमा गुरुङसँगै मगर भाषालाई पनि कामकाजी भाषामा प्रयोगमा ल्याइने बताएका छन् । []

प्रतिनिधि सभा २०७९

[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार पृथ्वीसुब्बा गुरुङ लमजुङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ३४,९६९[]मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार देव प्रसाद गुरुङले ३१,७८१मत प्राप्त गरेका थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. https://www.news24nepal.tv/2018/02/12/258542 अभिलेखिकरण २०१८-०२-१६ वेब्याक मेसिन
  2. 1 2 3 अन्नपुर्ण पोष्ट को हुन पृथ्वी सुब्बा गुरुङ
  3. "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-३० अभिलेखिकरण २०२२-११-२९ वेब्याक मेसिन
  4. "लमजुङ : प्रदेश ४ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-३०

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अभिलेखिकरण २०२१-१०-३१ वेब्याक मेसिन