सामग्रीमा जानुहोस्

पृथ्वीसुब्बा गुरुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पृथ्वीसुब्बा गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्री
पद बहाली
१ श्रावण २०८१
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रीखड्गप्रसाद शर्मा ओली
पूर्वाधिकारीरेखा शर्मा
१ औं गण्डकी प्रदेशको मुख्यमन्त्री
कार्यकाल
४ फागुन २०७४ – २९ जेठ २०७८
राष्ट्रपतिविद्यादेवी भण्डारी
राज्य प्रमुखबाबुराम कुँवर
अमिक शेरचन
सीता पौडेल
पूर्वाधिकारीस्थापना भयो
उतराधिकारीकृष्णचन्द्र नेपाली
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
कार्यकाल
१८ चैत्र १९६३ – २८ श्रावण २०६५
प्रधानमन्त्रीगिरिजाप्रसाद कोइराला
पूर्वाधिकारीप्रदीपकुमार ज्ञवाली
उतराधिकारीहिसिला यमी
प्रतिनिधि सभा सदस्य
पद बहाली
७ पुस २०७९
पूर्वाधिकारीदेव गुरुङ
निर्वाचन क्षेत्रलमजुङ १
गण्डकी प्रदेश सभा सदस्य
कार्यकाल
२०७५–२०७९
पूर्वाधिकारीस्थापना भयो
उतराधिकारीभेषप्रसाद पौडेल
निर्वाचन क्षेत्रलमजुङ १(ख)
व्यक्तिगत विवरण
जन्म (1958-02-13) १३ फेब्रुअरी १९५८ (उमेर ६६)
लमजुङ जिल्ला
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा (एमाले)
अभिभावकगंगाप्रसाद गुरुङ र चिनी गुरुङ
वेबसाइटocmcm.gandaki.gov.np

पृथ्वी सुब्बा गुरुङ नेपालको प्रदेश नम्बर ४ का प्रथम मुख्यमन्त्री हुन्। २०७८ जेठ २७ मा प्रदेश सभाको विश्वासको मत पाउन नसकेपछि सुब्बा पदमुक्त भएका थिए। प्रदेशसभामा बहुमत भएका एमाले र माओवादीले सरकार गठनको दाबी गर्दै गुरुङलाई मुख्यमन्त्री सिफारिस गरेका थिए। २७ जना प्रदेश सदस्य रहेको एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गरिएको छ । प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सांसद छन् भने माओवादीको १२ सांसद छ । दुई दलको दाबीपछि प्रदेश प्रमुख बाबुराम कुँवरले गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । [१] उनी नेकपा एमालेका सचिव समेत रहिसकेकाका छन् । उनको जन्म २०१४ साल फागुन १ गते गङ्गाप्रसाद र चिनी गुरुङका छोराका रूपमा लमजुङ जिल्लामा पर्ने साविकको गिलुङ गाविस-८ टक्सार हाल क्व्होलासोथार गाउँपालिका-९ मा भएको हो ।[२]

राजनितीमा प्रवेस

[सम्पादन गर्नुहोस्]

विज्ञानमा स्नातक गरेका पृथ्वी सुब्बा गुरुङ पञ्चायतकालमै २०३४ सालदेखि राजनीतिमा होमिएका थिए । सुरुमा शिक्षण पेशामा आवद्ध उनी त्यहीँबाट राजनीतिमा होमिएका थिए । शिक्षणमै हुँदा आन्दोलनमा उत्रेकाले उनी पटक पटक पञ्चायतकालमै प्रहरी हिरासतमा परेका थिए । २०४० मंसिरमा उनी नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । उनको राजनीतिक यात्रा भने २०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटार-अनेरास्ववियूको तर्फबाट स्ववियु सचिव निर्वाचित भएसँगै सुरु भएको हो। राजनीतिक यात्रासँगै उनले २०३७ मा तत्कालीन नेकपा मालेको सदस्यता लिएका थिए । बहुदलपछिका दुई संसदीय निर्वाचनमा उनले लमजुङबाट जित आत्मसाथ गर्न सकेनन् । तर, २०६२/६३ को जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर २ बाट १९ हजार ५ सय ८३ मतसहित उनी प्रतिनिधि सभामा विजयी भएका थिए । उनी २०६२/०६३ को दोस्रो जनआन्दोलन सफल भएपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री पनि बनेका थिए । गुरुङमाथि उपाध्यक्ष अशोक राईले एमाले छाड्दा र त्यही क्रममा पार्टीमा चर्को जातीय राजनीति गरेको आरोप पनि लागेको थियो । अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीमा जान खोजेको आरोप पनि उनीमाथि लागेको थियो । उनले यी आरोपबीच एमालेमै रहेर आफ्नो राजनीतिक यात्रामा अघि बढिरहे । [२]

प्रतिवद्धता

[सम्पादन गर्नुहोस्]

गुरुङले पटक पटक आदिवासी जनजाति महासं‌घको पनि नेतृत्व गरिसकेका छन् । गुरुङले ४ नम्बर प्रदेश तमु जातिको बाहुल्य क्षेत्र रहेकाले तमु भाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याउने प्रतिवद्धता जनाएका छन् । नेता गुरुङले ४ नं प्रदेशमा गुरुङसँगै मगर भाषालाई पनि कामकाजी भाषामा प्रयोगमा ल्याइने बताएका छन् । [२]

प्रतिनिधि सभा २०७९

[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार पृथ्वीसुब्बा गुरुङ लमजुङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ३४,९६९[३]मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार देव प्रसाद गुरुङले ३१,७८१मत प्राप्त गरेका थिए।[४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. https://www.news24nepal.tv/2018/02/12/258542 वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-१६ मिति
  2. २.० २.१ २.२ अन्नपुर्ण पोष्ट को हुन पृथ्वी सुब्बा गुरुङ
  3. "मतगणना प्रगतिको विवरण", result.election.gov.np, अन्तिम पहुँच २०२२-११-३० 
  4. "लमजुङ : प्रदेश ४ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-३० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय