विज्ञान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विज्ञान व्यवस्थित ज्ञान अथवा विद्या हो जो विचार, अवलोकन, अध्ययन, र प्रयोगले प्राप्त गर्न सकिन्छ, वा कुनै अध्ययनको विषयको प्रकृति वा सिद्धान्तहरू जान्नका लागि अध्ययन गरिन्छ। विज्ञान शब्दको प्रयोग ज्ञानको यस्तो शाखाको निम्ति पनि गरिन्छ, जो तथ्य, सिद्धान्त र तरीकाहरूलाई प्रयोग र परिकल्पनाद्वारा स्थापित अनि व्यवस्थित गरिन्छ। यस प्रकार कुनै पनि विषयको क्रमबद्ध ज्ञानलाई विज्ञान भनिन्छ । यस्तो पनि भनिन्छ कि विज्ञानको 'ज्ञान-भण्डार'को अतिरिक्त वैज्ञानिक विधि विज्ञानको असली कसौटी हो । कुनै विषय वा वस्तु को प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन ज्ञानलाई नै विज्ञान भनिन्छ।

प्राकृतिक विज्ञान[सम्पादन गर्नुहोस्]

प्राकृतिक विज्ञान प्रकृति र भौतिक संसारको व्यवस्थित ज्ञान हुन्छ, अथवा यसको अध्ययन गर्ने यसको कुनै शाखा। वास्तवामा विज्ञान शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ। यसका तीन मुख्य शाखाहरू छन्: भौतिक शास्त्र, रसायन शास्त्रजीव विज्ञान

सामाजिक विज्ञान[सम्पादन गर्नुहोस्]

सामाजिक विज्ञान मानव समाजको बनावट र यसका सदस्यहरूका क्रियाकलापहरूसित सम्बन्धित अध्ययन हो। यसमा इतिहास, अर्थशास्त्र, समाजशास्त्र, आदि शामेल छन्।

निगमनात्मक प्रणाली[सम्पादन गर्नुहोस्]

निगमनात्मक प्रणाली यो यस्ता विद्याहरूको समूह हो जो दर्शन र विज्ञानका विषयहरूमाथि तर्क र गणनाको सिद्धान्तको अनुप्रयोग गर्दछन्। यसमा गणिततर्क सामेल छन्।

प्रायः सामाजिक विज्ञान र निगमनात्मक प्रणालीहरूलाई विज्ञान मानिंदैन।

विज्ञानका प्रमुख शाखाहरू एवं अध्ययन–विषय[सम्पादन गर्नुहोस्]

क्र०सं० शाखाहरू नेपाली

समान्तर शब्द

अध्ययनको विषय
अन्तरिक्ष विज्ञान अन्तरिक्ष यात्रा एवं सम्बन्धित विषय
इक्थ्योलोजी मत्स्यविज्ञान माछाहरू एवं सम्बन्धित विषय
अस्टियोलोजी (हड्डीहरूको अध्ययन
अर्निन्थोलोजी पक्षीहरूसित सम्बन्धित विषय
अप्टिक्स प्रकाशको गुण एवं त्यसको संरचना
इकोलोजी परिस्थितिको अध्ययन
इक्क्राइनोलोजी गुप्त सूचनाहरू एवं सम्बन्धित विषय
एनाटोमी मानव-शरीरको संरचना
एयरोनटिक्स विमानहरूको उडान
१० एस्ट्रोनमी ताराहरू एवं ग्रहहरूसित सम्बन्धित विषय तथा आकाशीय पिंडहरूको अध्ययन
११ एग्रोलोजी भूमि (माटो)को अध्ययन
१२ एंटोमोलोजी किरा एवं सम्बन्धित विषय
१३ एरेक्नोलोजी माकुरा आदिको एवं सम्बन्धित विषय
१४ एम्ब्रायोलोजी भ्रूण एवं सम्बन्धित विषय
१५ समुद्र विज्ञान समुद्रसँग सम्बन्धित विषय
१६ कस्मोलोजी ब्रम्हाण्डको अध्ययन
१७ क्रिप्टोग्रफी गुप्त लेखन अथवा गूढ लिपि
१८ गायनोकोलोजी स्त्रीजातिसित सम्बन्धित प्रजनन अंगहरूको अध्ययन
१९ जियोलोजी पृथ्वीको आन्तरिक संरचना
२० जेम्मोलोजी रत्नहरूको अध्ययन
२१ टेराटोलोजी ट्‌यूमरको अध्ययन
२२ टैक्टोलोजी पशु – शरीरको रचनात्मक संघटन
२३ डर्मेटोलोजी छाला एवं सम्बन्धित रोगहरूको अध्ययन
२४ डेन्ड्रोलोजी वृक्षहरूको अध्ययन
२५ डेक्टाइलोजी अंकहरू (संख्याहरू)को अध्ययन
२६ न्यूरोलोजी नाडी स्पंदन एवं सम्बन्धित विषय
२७ न्यूमिसमेटिक्स मुद्रा – निर्माण एवं अंकन
२८ पैथोलोजी रोगहरूको कारण एवं सम्बन्धित विषय
२९ जीवाश्म विज्ञान जीवाश्म एवं सम्बन्धित विषय
३० पैरासाइटोलोजी परजीवी वनस्पतिहरू एवं जीवाणु
३१ फायनोलोजी जीव-जन्तुहरूको जातीय विकास
३२ ब्रायोलोजी दलदल एवं हिलोको अध्ययन
३३ बैलनियोलोजी खनिज निष्कासन एवं सम्बन्धित विषय
३४ बायलोजी जीवधारीहरूको शारीरिक अध्ययन
३५ बोटनी बिरुवाहरूको अध्ययन
३६ बैक्टीरियोलोजी जीवाणुसित सम्बन्धित विषय
३७ मिनेरालोजी खनिजहरूको अध्ययन
३८ मेटेरोलोजी वातावरण एवं सम्बन्धित विषय
३९ माइक्रोलोजी झ्याउ एव सम्बन्धित विषय
४० मायोलोजी मांस-पेशीहरूको अध्ययन
४१ रेडियो बायोलोजी जीव-जन्तुहरूमाथि सौर विकिरणको प्रभाव
४२ लिथोलोजी चट्‌टान एवं ढुङ्गाहरूसित सम्बन्धित विषय
४३ लिम्नोलोजी झीलहरू एवं स्थलीय जल भागहरूको अध्ययन
४४ सीरोलोजी रक्त सीरम एवं रक्त आधानसित सम्बन्धित
४५ स्पलैक्नोलोजी शरीरका आन्तरिक अङ्ग एवं सम्बन्धित
४६ स्पेस बायलोजी पृथ्वी बाहिरका आन्तरिक जीवनको सम्भावनाको अध्ययन
४७ रक्तविज्ञान रक्त एवं सम्बन्धित विषयहरूको अध्ययन
४८ हेलियोलोजी सूर्यको अध्ययन
४९ हरपेटोलोजी सरीसृपहरू (साँप आदि)को अध्ययन
५० हिस्टोलोजी शरीरका ऊतक एवं सम्बन्धित विषय
५१ हिप्नोलोजी निद्रा एवं सम्बन्धित विषयहरूको अध्ययन

वाह्य सूत्र[सम्पादन गर्नुहोस्]