एनाटोमी
![]() |
शरीर विज्ञान,[१] वा शरीररचना-विज्ञान (अङ्ग्रेजी: Anatomy), जीव विज्ञान र आयुर्विज्ञानको एउटा शाखा हो जस अन्तर्गत कुनै जीवित (चल अथवा अचल) वस्तुलाई विच्छेदन गरेर त्यस्को अङ्ग प्रत्यङ्गको रचनालाई अध्ययन गर्ने गरिन्छ।[२] अचलमा वनस्पति जगत तथा चलमा प्राणी जगत यसमा समावेश हुन्छ र वनस्पति र प्राणीको सन्दर्भमा यसलाई क्रमश: वनस्पति शरीर विज्ञान र जीव शरीर विज्ञान भन्ने गरिन्छ।[३] जब कुनै विशेष प्राणी अथवा वनस्पतिको शरीररचनाको अध्ययन गर्ने गरिन्छ त्यससमय यसलाई विशेष शरीर विज्ञान (अङ्ग्रेजी: Special Anatomy) अध्ययन भन्ने गरिन्छ। जब कुनै प्राणी वा वनस्पतिको शरीर रचनाको तुलना कुनै अर्को प्राणी अथवा वनस्पतिको शरीर रचनासँग गर्ने गरिन्छ त्यस स्थितिमा यो अध्ययनलाई तुलनात्मक शरीर विज्ञान (अङ्ग्रेजी: Comparative Anatomy) भन्ने गरिन्छ।[४] जब कुनै प्राणीको अङ्गहरूको रचनाको अध्ययन गर्ने गरिन्छ, त्यस समययसलाई आङ्गिक शरीर विज्ञान (अङ्ग्रेजी: Regional Anatomy) भन्ने गरिन्छ।
परिचय[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ O.D.E. 2nd edition 2005
- ↑ Rotimi, Booktionary, "Anatomy", मूलबाट १ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ जुन २०१७।
- ↑ "Introduction page, "Anatomy of the Human Body". Henry Gray. 20th edition. 1918", मूलबाट १६ मार्च २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ मार्च २००७।
- ↑ Arráez-Aybar (२०१०), "Relevance of human anatomy in daily clinical practice", Annals of Anatomy-Anatomischer Anzeiger 192 (6): 341–348, डिओआई:10.1016/j.aanat.2010.05.002, पिएमआइडी 20591641।