सुश्रुत

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सुश्रुत
पतञलि योगपीठ, हरिद्वार मा रहेको सुश्रुतको मूर्ति
जन्म८०० ई.पू.
भारत
पेशाचिकित्सा
चिनारीको कारणआयुर्वेद, शल्य क्रिया
अग्रजधन्वंतरी
उत्तराधिकारीचरक
धर्महिन्दू धर्म

सुश्रुत [१] प्राचीन भारतको महान चिकित्साशास्त्री एवं शल्यचिकित्सक थिए। उनलाई शल्य चिकित्साको जनक भनिन्छ।[२]

परिचय[सम्पादन गर्ने]

शल्य चिकित्सा (Surgery)को पितामह [३] र 'सुश्रुत संहिता' [४] का प्रणेता आचार्य सुश्रुतको जन्म छैटौं शताब्दी ईसा पूर्वमा काशीमा भएको थियो। उनले धन्वन्तरीबाट शिक्षा प्राप्त गरेका थिए। सुश्रुत संहिता लाई पुर्वीया वैदिक चिकित्सा पद्धतिमा विशेष स्थान प्राप्त रहेको छ।

सुश्रुत संहितामा सुश्रुतलाई विश्वामित्रको पुत्र भनिएको छ। सुश्रुतले काशीपति दिवोदासबाट शल्यतन्त्रको उपदेश प्राप्त गरेका थिए । काशीपति दिवोदास को समय ईसा पूर्व को दोश्रो वा तेश्रो शताब्दी मानिएको छ ।[५]। सुश्रुतका सहपाठी औपधेनव, वैतरणी आदि अनेक छात्रहरू थिए। सुश्रुतको नाम नावनीतकमा पनि उल्लेख छ। अष्टांगसंग्रह मा सुश्रुतको जो मत उद्धृत गरिएको छ; त्यो मत सुश्रुत संहिता मा मिल्दैन; यसबाट अनुमान हुन्छ कि सुश्रुत संहिता बाहेक अर्को पनि संहिता सुश्रुतको नामबाट प्रसिद्ध थियो।

सुश्रुतको नाममा आयुर्वेद पनि प्रसिद्ध छ। सुश्रुत राजर्षि शालिहोत्रको पुत्र भनिन्छ (शालिहोत्रेण गर्गेण सुश्रुतेन च भाषितम् - सिद्धोपदेशसंग्रह)।

सुश्रुत संहिता मा शल्य चिकित्साको विभिन्न पक्षहरूको विस्तार मा भनिएको छ । शल्य क्रियाको लागि सुश्रुत १२५ किसिमका उपकरण का प्रयोग गर्थे। यी उपकरण शल्यक्रियाको जटिलतालाई मध्यनजर गर्दै खोजी गरिएका थिए । यी उपकरणहरूमा विशेष प्रकार का चक्कू, सुइ, चिम्टी आदि छन्।

थप ज्ञानको लागि=[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. Monier-Williams, Monier (1899). A Sanskrit-English Dictionary. Oxford: Clarendon Press. pp. 1237. http://www.sanskrit-lexicon.uni-koeln.de/cgi-bin/monier/serveimg.pl?file=/scans/MWScan/MWScanjpg/mw1237-suvarNya.jpg. 
  2. "Modi was half-right: World's first plastic surgeon may well have been Indian (but he wasn't Shiva)" 
  3. Singhal, G. D. (1972). Diagnostic considerations in ancient Indian surgery: (based on Nidāna-Sthāna of Suśruta Saṁhitā). Varanasi: Singhal Publications. 
  4. Bhishagratna, Kunjalal (1907). An English Translation of the Sushruta Samhita, based on Original Sanskrit Text. Calcutta. pp. ii(introduction). https://archive.org/stream/englishtranslati01susruoft#page/n17/mode/2up/search/Vishvamitra. 
  5. Hoernle, A. F. Rudolf (1907). Studies in the Medicine of Ancient India: Osteology or the Bones of the Human Body. Oxford: Clarendon Press. pp. 8. https://archive.org/stream/studiesinmedici00hoergoog#page/n26/mode/2up.