सुश्रुत संहिता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सुश्रुतसंहिता आयुर्वेद एवं शल्य चिकित्साको प्राचीन संस्कृत ग्रन्थ हो। सुश्रुतसंहिता आयुर्वेदको तीन मूलभूत ग्रन्थहरू मध्ये एक हो। आठौँ शताब्दीमा यद ग्रन्थ अरबी भाषामा 'किताब-ए-सुस्रुद' नामबाट अनुवाद भएको थियो।

सुश्रुतसंहितामा १८४ अध्याय छन् जसमा ११२० रोगहरू, ७०० औषधीय जडिबुटी , खनिज-स्रोतमा आधारित ६४ प्रक्रियाहरू, जन्तु-स्रोतमा आधारित ५७ प्रक्रिया, तथा आठ प्रकारका शल्य क्रियाहरू उल्लेख छन्। यसका रचयिता सुश्रुत हुन् जो जो छैटौं शताब्दी ईसापूर्व काशीमा जन्मिएका थिए।

सुश्रुतसंहिता बृहतत्रयीको एक महत्वपूर्ण ग्रन्थ हो। यो संहिता आयुर्वेद साहित्यमा शल्यतन्त्रको वृहद साहित्य मानिन्छ। सुश्रुतसंहिता को उपदेशक काशिराज धन्वन्तरि हुन्, एवं श्रोता रूपमा उनका शिष्य आचार्य सुश्रुत सम्पूर्ण संहिताको रचना गरेका थिए।

यस सम्पूर्ण ग्रन्थमा रोगहरूको शल्यचिकित्सा एवं शालाक्य चिकित्सा नै मुख्य उद्देश्य हो। शल्यशास्त्र लाई आचार्य धन्वन्तरि पृथ्वी पर लाने वाले पहले व्यक्ति थिए। पछि आचार्य सुश्रुतले गुरू उपदेशको तंत्र रूपमा लिपिबद्ध गरे, एवं वृहद ग्रन्थ लेखे जसलाई सुश्रुत संहिताको नामले वर्तमान जगतमा चिनिन्छ।

आचार्य सुश्रुत प्लास्टिक शल्री चिकित्सा (Plastic-Surgery) मा समेत पारंगत थिए। आंखाको मोतियाबिन्दु निकालने सरल कलाको विशेषज्ञ थिए। सुश्रुत संहिता शल्यतंत्रको आदि ग्रन्थ हो।

सन्दर्भ[सम्पादन गर्ने]