मोतिबिन्दु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मोतिबिन्दु
Cataract in human eye.png
अाँखाको परीक्षण गर्दा देखिएको मोतिबिन्दु
विशिष्टता अाँखाविज्ञान
लक्षणहरू रङ्गहरू फिक्का देखिने, धमिलो देखिने, बत्ती वा प्रकाशका अन्य स्रोतहरूका वरिपरी गोलो घेरा देखिने, धेरै उज्यालोले समस्या पैदा गर्ने र राति आँखा नदेख्ने[१]
जटिलता लड्ने, डिप्रेसन हुने, अन्धोपन[२][३]
Usual onset बिस्तारै बढ्दै जाने[१]
कारक उमेर, दुर्घटना, विकिरण, अाँखाको सल्यक्रियापछि [१][४]
जोखिम मधुमेह, धुम्रपान, लामो समयसम्म घाममा रहनु, मद्यपान[१]
पहिचान अाँखाको परीक्षण[१]
सुरक्षा चस्मा (सनग्लासेस) लगाउने, धुम्रपानबाट तथा मद्यपानबाट टाढा रहने[१]
उपचार चस्मा, सल्यक्रिया[१]
बारम्बारता ६ करोड (२०१५)[५]

मोतिबिन्दु मानिसको आँखाको लेन्समा दाग लागेर दृष्टी क्षमता घट्ने रोग हो। मोतिबिन्दु बिस्तारै बढ्दै जाने रोग हो र यसले एउटा मात्र वा दुबै आँखामा असर पुर्याउन सक्छ। यो रोग लागेका मानिसहरूमा रङ्गहरू फिक्का देखिने, धमिलो देखिने, बत्ती वा प्रकाशका अन्य स्रोतहरूका वरिपरी गोलो घेरा देखिने, धेरै उज्यालोले समस्या पैदा गर्ने र राति आँखा नदेख्ने जस्ता लक्षणहरू देखा पर्छन्।[१] जसका कारण सवारी साधन चलाउन, पुस्तकहरू पढ्न वा मानिसको अनुहार पहिचान गर्न समस्या हुने गर्दछ।[६] मोतिबिन्दुका कारण हुने कमजोर दृष्टिले गर्दा मानिसमा लड्ने तथा डिप्रेसनमा जाने खतरा बढ्ने गर्दछ।[२] विश्वभर हुने मध्ये आधा जसो अन्धोपन तथा करीब ३३ प्रतिसत आँखाको कमजोरी मोतिबिन्दुका कारणले हुने गर्दछ।[३][७]

मोतिबिन्दु प्रायजसो बढ्दो उमेरसँगै देखा पर्ने समस्या हो तर कहिलेकाहीँ दुर्घटना वा विकिरणको प्रभावमा परेर, जन्मजात रूपमा वा आँखाको अन्य समस्याको लागि गरिएको सल्यक्रियाका कारण पनि यो समस्या देखा पर्ने गर्दछ।[१][४] मधुमेह, धुम्रपान, लामो समयसम्म घामको प्रकाशमा रहनु तथा मद्यपान आदिले यो रोगको जोखिम बढाउने गर्दछन्। यो रोग लागेको बेलामा प्रोटिनका ससाना टुक्रा वा पहेँला-खैरा रङ्गका कणहरू आँखाको लेन्समा जम्मा भएर आँखामा छिरेको प्रकाशलाई आँखाको पछाडिको भागमा रहेको रेटिनासम्म पूर्ण रूपमा प्रशारण हुन दिदैनन्। मोतिबिन्दु रोगको पहिचान गर्न आँखाको परीक्षण गर्नु पर्छ।[१]

मोतिबिन्दुबाट बच्नको लागि घाममा हिँड्दा घामबाट बचाउने चस्मा (सनग्लासेस) लगाउने तथा धुम्रपानबाट टाढा रहने गर्नु पर्छ। यदि भर्खरै लक्षण सुरुवात मात्र भएको छ भने चस्मा लगाएर पनि सुधार हुन सक्छ। यदि यसले सुधार नभएमा धमिलो भएको आँखाको लेन्सलाई सल्यक्रिया गरेर कृतिम लेन्सले फेर्नु एक मात्र प्रभावकारी उपचार हो। मोतिबिन्दुले दैनिक जीवनमा समस्या उब्जाएमा मात्र गुणस्तरीय जीवन प्राप्तिका लागि सल्यक्रिया आवस्यक मानिन्छ।[१][८] मोतिबिन्दुको उपचारका लागि गरिने सल्यक्रिया विश्वभर सबै देशहरूमा सहज रूपमा उपलब्ध छैन। यो रोग ग्रामिण क्षेत्रमा वसोवास गर्ने र लेखपढ गर्न नजान्ने महिलाहरूमा झनै ठूलो समस्याका रूपमा रहेको पाइन्छ।[४][९]

हाल विश्वभर करीब २ लाख मानिसहरू मोतिबिन्दुका कारण अन्धोपनको सिकार भएका छन्।[४] संयुक्त राज्य अमेरिकामा हुने अन्धोपनको करीब ५% र अफ्रिका तथा दक्षिण अमेरिकाका केही भूभागहरूमा लगभग ६०% अन्धोपन मोतिबिन्दुका कारण हुने गरेको पाइन्छ।[९] विकासोन्मुख देशहरूका प्रति एक लाख बालबालिकाहरूमा १० देखि ४० जना तथा विकसित देशहरूमा प्रति एक लाख बालबालिकाहरूमा १ देखि ४ जनामा मोतिबिन्दु लागेको पाइन्छ।[१०] मानिसको उमेरसँगै यो रोग लाग्ने सम्भावना पनि बढ्दै जान्छ। अमेरीकामा ८० वर्ष पुगेका मानिसहरू मध्ये आधाभन्दा बढी मानिसहरूलाई मोतिबिन्दु भएको पाइयो।[१]

लक्षण तथा चिह्नहरू[सम्पादन गर्ने]

सामान्य अाँखा
मोतिबिन्दु लागेको अाँखा
सामान्य अाँखाको दृष्टि (दाया) र मोतिबिन्दु लागेको अाँखाको दृष्टिको (बाया) तुलना
जन्मजात लागेको रुबेला भाइरसको सङ्क्रमणका कारण नबजात बालकमा देखिएको मोतिबिन्दु

मोतिबिन्दु विभिन्न प्रकारका हुने हुनाले यसका लक्षण तथा चिह्नहरू पनि फरक-फरक हुने गर्दछन्। यद्यपी केही उल्लेखनीय समान लक्षण तथा चिह्नहरू पनि भेटिन्छन्। न्युक्लियर स्क्लेरटिक वा ब्रुनेस्सेन्ट मोतिबिन्दु भएको बेलामा दृष्य क्षमता घटेको पाइन्छ। पोस्टेरियर सब्क्याप्सुलार मोतिबिन्दु भएका मानिसहरूले बत्तीको वरिपरि उज्यालो घेरा देख्ने गरेको बताउँछन्।[११] यदि आँखाको अन्य समस्या छैन भने आँखाको तिक्ष्णपन मापन गरिने भिजुअल एक्युइटी परी़णबाट मोतिबिन्दु रोगको गम्भीरता पत्ता लगाइन्छ। मोतिबिन्दुको उपचारका लागि गरिने सल्यक्रियाको आवस्यकता बिरामीको व्यक्तिगत आवस्यकता तथा अन्य जोखिमका कारक तत्वहरूमा निर्भर गर्दछ। यस्तो आवस्यकता मानिस अनुसार फरक हुने गर्दछ।[१२]

कारणहरू[सम्पादन गर्ने]

उमेर[सम्पादन गर्ने]

मोतिबिन्दुको सबैभन्दा प्रमुख कारक तत्व उमेर हो।[१][४] उमेर बढ्दै जाँदा आँखाको लेन्स प्रोटिनले आफ्नो प्राकृतिक रूप गुमाउँदै जान्छ र गुणस्तरमा गिरावट आउँछ। यस्तो प्रकृयालाई मधुमेह (डाइबिटिज मलाइटस) तथा हाइपरटेन्सन जस्ता रोगहरूले बढावा दिन्छन्। उमेरसँगै मानव अाँखामा हुने विभिन्न जिनहरूले गर्ने काम तथा रसायनिक प्रतिकृयाहरूमा परिवर्तन अाएर सुरक्षात्मक तथा पुनर्निर्माण क्षमता गुमाउँदै जाने गरेको पाइन्छ। शरीरमा टक्सिन(विषाक्त पदार्थ)हरूको मात्रा, विकिरण, सूर्यको परावैजनी किरण अादिले अाँखाको सुरक्षात्मक तथा पुनर्निर्माण क्षमतामा नकारात्मक असर थप्ने गर्दछन्।[१३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ १.१२ "Facts About Cataract", सेप्टेम्बर २००९, अभिगमन मिति २४ मे २०१५ 
  2. २.० २.१ Gimbel, HV; Dardzhikova, AA (जनवरी २०११), "Consequences of waiting for cataract surgery.", Current Opinion in Ophthalmology 22 (1): 28–30, डिओआई:10.1097/icu.0b013e328341425d, पिएमआइडी 21076306 
  3. ३.० ३.१ "Visual impairment and blindness Fact Sheet N°282", अगस्ट २०१४, अभिगमन मिति २३ मे २०१५ 
  4. ४.० ४.१ ४.२ ४.३ ४.४ "Priority eye diseases", अभिगमन मिति २४ मे २०१५ 
  5. GBD 2015 Disease and Injury Incidence and Prevalence, Collaborators. (८ अक्टोबर २०१६), "Global, regional, and national incidence, prevalence, and years lived with disability for 310 diseases and injuries, 1990-2015: a systematic analysis for the Global Burden of Disease Study 2015.", Lancet 388 (10053): 1545–1602, डिओआई:10.1016/S0140-6736(16)31678-6, पिएमआइडी 27733282, पिएमसी 5055577 
  6. "Cataract and surgery for cataract", BMJ 333 (7559): 128–32, २००६, डिओआई:10.1136/bmj.333.7559.128, पिएमआइडी 16840470, पिएमसी 1502210 
  7. GLOBAL DATA ON VISUAL IMPAIRMENTS 2010. WHO. 2012. प॰ 6. http://www.who.int/blindness/GLOBALDATAFINALforweb.pdf?ua=1. 
  8. Lamoureux, EL; Fenwick, E; Pesudovs, K; Tan, D (जनवरी २०११), "The impact of cataract surgery on quality of life.", Current Opinion in Ophthalmology 22 (1): 19–27, डिओआई:10.1097/icu.0b013e3283414284, पिएमआइडी 21088580 
  9. ९.० ९.१ Rao, GN; Khanna, R; Payal, A (जनवरी २०११), "The global burden of cataract.", Current Opinion in Ophthalmology 22 (1): 4–9, डिओआई:10.1097/icu.0b013e3283414fc8, पिएमआइडी 21107260 
  10. Pandey, Suresh K. (2005). Pediatric cataract surgery techniques, complications, and management. Philadelphia: Lippincott Williams & Wilkins. प॰ 20. ISBN 9780781743075 . https://books.google.ca/books?id=gLJZDD2igCMC&pg=PA20. 
  11. "Posterior Supcapsular Cataract", Digital Reference of Ophthalmology, Edward S. Harkness Eye Institute, Department of Ophthalmology of Columbia University, २००३, अभिगमन मिति २ अप्रिल २०१३ 
  12. Emmett T. Cunningham; Paul Riordan-Eva. Vaughan & Asbury's general ophthalmology. (18th संस्करण). McGraw-Hill Medical. ISBN 978-0071634205 . [page needed]
  13. Duker, Jay S.; Myron Yanoff MD; Yanoff, Myron; Jay S. Duker MD (2009). Ophthalmology. St. Louis, Mo: Mosby/Elsevier. ISBN 0-323-04332-1 . [page needed]