मधुमेह

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मधुमेह
वर्गीकरण एवं बाह्य साधन
मधुमेहको विश्वव्यापी चिह्न 'नीलो वृत'[१]
आईसीडी-१० E10.E14.
आईसीडी- 250
मेडलाइन प्लस 001214
एम.ईएसएच C18.452.394.750

मधुमेहलाई अङ्ग्रेजीमा डायबिटिज, डायबिटिज मिलाइटस वा डायबिडिज मलाइटस (अमेरिकामा) भनिन्छ भने नेपालीमा चिनीरोग भनेर पनि चिनिन्छ। मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगहरूलाई सामूहिक रूपमा अङ्ग्रेजीमा डायबिटिज मिलाइटस भन्ने गरिन्छ।[२] रगतमा चिनीको मात्रा बढी भएपछि तारनतार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्ने जस्ता लक्षणहरू देखिन्छन्। उपचार गरेन भने मधुमेहले धेरै जटिलताहरू निम्त्याउन सक्छ। छोटो अवधिका लागि देखिने कडा खालका जटिलताहरू डायबेटिक केटोएसिडोसिस र नन्केटोटिक हाइपरोस्मोलार कोमा हुन् भने[३] लामो अवधिसम्म रहने जटिलताहरूमा मुटु तथा रक्तनलीका रोगहरू (कार्डियोभास्कुलर डिजिजेज), स्ट्रोक, मिर्गौलाको खराबी, खुट्टामा हुने अल्सर तथा आँखामा खराबी आउने जस्ता समस्याहरू पर्दछन्।[४]

मधुमेह पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा उत्पन्न हुने समस्या हो। मधुमेहलाई मुख्यतया तीन प्रकारमा बाँडिएको छ:[३]

  • टाइप वान डायबिटिज (पहिलो प्रकारको मधुमेह) मानिसको पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेका कारण देखिने समस्या हो। यसलाई पहिला "इन्सुलिनमा आधारित डायबिटिज मिलाइटस" वा "अपरिपक्व मधुमेह" भनेर चिनिन्थ्यो। के कारणले गर्दा पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन भन्ने तथ्य हालसम्म पत्ता लागेको छैन।[३]
  • टाइप टू डायबिटिज (दोस्रो प्रकारको मधुमेह) इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो। यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन्।[३] रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिन सक्छ।[५] यसलाई पहिला "इन्सुलिनमा आधारित नहुने डायबिटिज मिलाइटस" वा "परिपक्व हुन लागेको मधुमेह" भनेर चिनिन्थ्यो। अत्याधिक तौल तथा अपर्याप्त शारीरिक व्यायाम टाइप टू डायबिटिजका प्रमुख कारकहरू हुन्।[३]
  • गर्भावस्थामा हुने मधुमेह तेस्रो मुख्य प्रकारको मधुमेह हो। यस्तो मधुमेह गर्भवती महिलामा पहिला कहिल्यै नभएको भए पनि रगतमा चिनीको मात्रा बढेर अचानक देखा पर्ने गर्दछ।[३]

मधुमेहबाट बच्न तथा यसको उपचारको लागि स्वास्थ्यकर भोजन खाने, शारीरिक व्यायाम गर्ने, शरीरको तौल सामान्य राख्ने तथा सुर्तीजन्य पदार्थहरू नखाने गर्नु पर्छ। मधुमेहका रोगीहरूले रक्तचाप नियन्त्रणमा राख्नु तथा खुट्टाहरूको हेरविचार गर्नु आवस्यक हुन्छ। टाइप वान डायबिटिजलाई (पहिलो प्रकारको मधुमेह) इन्सुलिनको सुई लगाएर उपचार गर्नु पर्छ।[३] टाइप टू डायबिटिजको (दोस्रो प्रकारको मधुमेह) उपचार अन्य औषधिहरूको साथमा इन्सुलिन दिएर वा नदिइकन गर्ने गरिन्छ।[६] इन्सुलिन तथा केही मुखबाट खुवाइने औषधिहरूले रगतमा हुने चिनीको मात्रा घटाउन सक्छन्।[७] मोटोपन भएका तथा टाइप टू डायबिटिज (दोस्रो प्रकारको मधुमेह) लागेका व्यक्तिहरूमा तौल घटाउने सर्जरी पनि कहिलेकाहिँ लाभदायक हुने गरेको छ।[८] गर्भावस्थामा हुने मधुमेह साधारणतया बच्चा जन्माइसकेपछि हराएर जाने गर्दछ।[९]

एक अनुमानित तथ्याङ्क अनुसार सन् २०१५ मा विश्वभर ४१ करोड ५० लाख मानिसलाई मधुमेह रोग लागेको थियो।[१०] जसमध्ये करीब ९०% लाई टाइप टू डायबेटिज (दोस्रो प्रकारको मधुमेह) लागेको थियो।[११][१२] यो सङ्ख्या विश्वभरका वयस्कहरूको जनसङ्ख्याको ८.३% हो।[१२] मधुमेह रोग लाग्ने दर महिला र पुरुषमा बराबर हुन्छ।[१३] मधुमेहका कारण सन् २०१२ देखि २०१५ सम्म प्रत्येक वर्ष १५ लाखदेखि ५० लाख मानिसको मृत्यु भएको अनुमान गरिएको थियो।[६][१०] मधुमेहले मानिसको मृत्यु हुने सम्भावनालाई दोब्बर बनाउँछ।[३] सन् २०३५ सम्ममा विश्वभर मधुमेहका रोगीहरूको सङ्ख्या करीब ५९ करोड २० लाख पुग्ने अनुमान गरिएको छ।[१४] सन् २०१४ मा मात्रै विश्वभर करीब ६१ करोड २० लाख अमेरिकी डलर मधुमेहका लागि खर्च गरिएको अनुमान गरिन्छ।[१५] अर्को तथ्याङ्क अनुसार सन् २०१२ मा संयुक्त राज्य अमेरिकामा मात्रै करीब २४ करोड ५० लाख अमेरिकी डलर मधुमेहका लागि खर्च गरिएको थियो।[१६]


लक्षण तथा चिह्नहरू[सम्पादन गर्ने]

मधुमेहका मुख्य लक्षण तथा चिह्नहरू

उपचार नगरिएका मधुमेहका रोगीहरूमा साधारणतया तौल घट्ने, धेरै पटक पिसाब लाग्ने (पोलियुरिया), धेरै तिर्खा लाग्ने (पोलिडिप्सिया) तथा धेरै भोक लाग्ने (पोलिफेइजिया) जस्ता लक्षणहरू देखिन्छन्।[१७] टाइप वान डायबिटिजमा (पहिलो प्रकारको मधुमेह) लक्षणहरू छिट्टै (हप्ता वा महिना) देखा पर्छन् तर टाइप टू डायबिटिज (पहिलो प्रकारको मधुमेह) लागेको बेलामा लक्षणहरू बिस्तारै तथा थोरै मात्र देखिने वा नदेखिने हुन सक्छ।

मधुमेहका विशेष लक्षण नभए पनि केही अन्य लक्षणहरूले पनि यो रोग लागेको जनाउ दिन सक्छन्। आँखा धमिलो देख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, काटेका घाऊहरू ढिलो निको हुने र छाला चिलाउने आदि यसका थप लक्षणहरू हुन्। यदि रगतमा ग्लुकोजको मात्रा लामो समयसम्म बढी भएमा आँखाको लेन्समा पनि ग्लुकोज जम्मा भएर यसको आकार बढ्न जान्छ र आँखाको दृष्टि परिवर्तन हुन्छ। मधुमेह लागेको बेलामा शरीरका केही विशेष भागमा खटिराहरू देखिन सक्छन्। यस्ता खटिराहरूलाई अङ्ग्रेजीमा डाइबिटिक डर्माड्रोम्स भनेर चिनिन्छ।

मधुमेहका कारण हुने अाकस्मिक समस्याहरू[सम्पादन गर्ने]

पहिलो तथा दोस्रो प्रकारको मधुमेह लागेका प्राय मानिसहरूमा रगतमा चिनीको मात्रा कम हुने समस्या पनि देखिने गर्दछ। धेरैजसो अवस्थाहरू मन्द खालका हुने हुनाले यसलाई गम्भीर स्वास्थ्य समस्याको रूपमा लिइँदैन। मन्द खालका अवस्थाहरूमा आत्तिने, अप्ठेरो महशुस हुने, धेरै पसिना आउने, शरीर काप्ने तथा खाना बढी रुच्ने हुन्छ भने गम्भीर मधुमेह लागेका मानिसहरूमा अलमल हुने, व्यवहार परिवर्तन हुने, मुर्छा पर्ने (सिजर), बेहोस हुने तथा कहिलेकाहिँ (दुर्लभ) स्थायी रूपमा मस्तिस्कमा क्षति हुने वा मृत्यु हुने जस्ता समस्याहरू देखिन सक्छ।[१८][१९] मन्द खालको मधुमेह लागेका बेलामा रगतमा चिनीको अभाव भएमा धेरै गुलिया खानेकुरा खाएर वा चिनीको मात्रा बढी भएका पेयपदार्थहरू पिएर घरमै उपचार गर्न सकिन्छ। गम्भीर खालको अवस्थामा बिरामी बेहोस हुन सक्ने हुनाले नसाबाट ग्लुकोज दिएर वा ग्लुकागन हर्मोनको सुई लगाएर उपचार गर्नु पर्छ।

मधुमेहका केही रोगीहरू (विशेष गरी पहिलो प्रकारको मधुमेहमा) पटक-पटक डाइबिटिक केटोएसिडोसिस देखापर्न सक्छ। डाइबिटिक केटोएसिडोसिस भन्नाले शरीरमा हुने रासायनिक प्रतिक्रियाहरूमा गडबडी आएर वाकवाक लाग्ने, वान्ता हुने, पेट दुख्ने, सास फेर्दा एसिटोनको गन्ध आउने, गहिरो सास फेर्ने (कस्मल ब्रिदिङ) तथा गम्भीर अवस्थाहरूमा रोगीहरू अर्धचेत हुने गर्दछन्।[२०]

हाइपरओस्मोलर नन्केटोटिक स्टेट मधुमेहका रोगीहरूमा बिरलै देखा पर्ने अवस्था हो। प्रायजसो दोस्रो प्रकारको मधुमेहमा देखिने यो अवस्था जलवियोजनका कारणले हुने गर्दछ।[२०]


जटिलताहरू[सम्पादन गर्ने]

सबै प्रकारका मधुमेहले लामो अवधिका जटिलता हुने जोखिम बढाउँछन्। साधारणतया यस्ता जटिलताहरू धेरै वर्षपछि (१०-२० वर्ष) विकसित हुने गर्दछन् तर रोग लागेर पनि समयमै रोग पहिचान हुन नसकेका रोगीहरूमा जटिलता नै पहिलो लक्षणको रूपमा देखा पर्न सक्छ। मधुमेहको मुख्य पछिसम्म रहने जटिलता रक्तनलीहरूको क्षतिसँग सम्बन्धित हुन्छ। मधुमेहले मुटु तथा रक्तनलीका रोगहरू लाग्ने जोखिमलाई दुईगुणा बनाउँछ।[२१] यो रोगबाट हुने ७५% मृत्यु कोरोनरी आर्टरी डिजिजका कारणले हुने गर्दछ।[२२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "मधुमेहको विश्वव्यापी चिह्न 'नीलो वृत'". अन्तर्राष्ट्रिय मधुमेह महासङ्घ. 17 March 2006. http://www.diabetesbluecircle.org. 
  2. "About diabetes". World Health Organization. http://www.who.int/diabetes/action_online/basics/en/. अन्तिम पहुँच मिति: 4 April 2014. 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ ३.६ ३.७ "Diabetes Fact sheet N°312". WHO. October 2013. http://www.who.int/mediacentre/factsheets/fs312/en/. अन्तिम पहुँच मिति: 25 March 2014. 
  4. Kitabchi, AE; Umpierrez, GE; Miles, JM; Fisher, JN (Jul 2009). "Hyperglycemic crises in adult patients with diabetes.". Diabetes Care 32 (7): 1335–43. doi:10.2337/dc09-9032. PMC 2699725. PMID 19564476. 
  5. RSSDI textbook of diabetes mellitus. (Rev. 2nd संस्करण). New Delhi: Jaypee Brothers Medical Publishers. 2012. p. 235. ISBN 9789350254899 . https://books.google.com/books?id=7H6mYolrtUMC&pg=PA235. 
  6. ६.० ६.१ "The top 10 causes of death Fact sheet N°310". World Health Organization. Oct 2013. http://www.who.int/mediacentre/factsheets/fs310/en/. 
  7. Rippe, edited by Richard S. Irwin, James M. (2010). Manual of intensive care medicine (5th संस्करण). Philadelphia: Wolters Kluwer Health/Lippincott Williams & Wilkins. p. 549. ISBN 9780781799928 . https://books.google.com/books?id=FbxupW1EHIcC&pg=PA549. 
  8. Picot, J; Jones, J; Colquitt, JL; Gospodarevskaya, E; Loveman, E; Baxter, L; Clegg, AJ (September 2009). "The clinical effectiveness and cost-effectiveness of bariatric (weight loss) surgery for obesity: a systematic review and economic evaluation". Health Technology Assessment (Winchester, England) 13 (41): 1–190, 215–357, iii–iv. doi:10.3310/hta13410. PMID 19726018. 
  9. Cash, Jill (2014). Family Practice Guidelines (3rd संस्करण). Springer. p. 396. ISBN 9780826168757 . https://books.google.com/books?id=nCjcAgAAQBAJ&pg=PA396. 
  10. १०.० १०.१ "Update 2015". International Diabetes Federation. p. 13. http://www.diabetesatlas.org/. अन्तिम पहुँच मिति: 21 Mar 2016. 
  11. Williams textbook of endocrinology (12th संस्करण). Philadelphia: Elsevier/Saunders. pp. 1371–1435. ISBN 978-1-4377-0324-5 . 
  12. १२.० १२.१ Shi, Yuankai; Hu, Frank B (7 June 2014). "The global implications of diabetes and cancer". The Lancet 383 (9933): 1947–8. doi:10.1016/S0140-6736(14)60886-2. PMID 24910221. 
  13. Vos T, Flaxman AD, Naghavi M, Lozano R, Michaud C, Ezzati M, Shibuya K, Salomon JA, Abdalla S, Aboyans V; et al. (Dec 15, 2012). "Years lived with disability (YLDs) for 1160 sequelae of 289 diseases and injuries 1990–2010: a systematic analysis for the Global Burden of Disease Study 2010.". Lancet 380 (9859): 2163–96. doi:10.1016/S0140-6736(12)61729-2. PMID 23245607. 
  14. "Update 2014". International Diabetes Federation. http://www.idf.org/diabetesatlas/update-2014. अन्तिम पहुँच मिति: 29 November 2014. 
  15. IDF DIABETES ATLAS (6th संस्करण). International Diabetes Federation. 2013. p. 7. ISBN 2930229853 . http://www.idf.org/sites/default/files/EN_6E_Atlas_Full_0.pdf. 
  16. American Diabetes, Association (Apr 2013). "Economic costs of diabetes in the U.S. in 2012.". Diabetes Care 36 (4): 1033–46. doi:10.2337/dc12-2625. PMC 3609540. PMID 23468086. 
  17. Cooke DW, Plotnick L (November 2008). "Type 1 diabetes mellitus in pediatrics". Pediatr Rev 29 (11): 374–84; quiz 385. doi:10.1542/pir.29-11-374. PMID 18977856. 
  18. Kenny C (April 2014). "When hypoglycemia is not obvious: diagnosing and treating under-recognized and undisclosed hypoglycemia". Primary care diabetes 8 (1): 3–11. doi:10.1016/j.pcd.2013.09.002. PMID 24100231. 
  19. Verrotti A, Scaparrotta A, Olivieri C, Chiarelli F (December 2012). "Seizures and type 1 diabetes mellitus: current state of knowledge". European journal of endocrinology 167 (6): 749–58. doi:10.1530/EJE-12-0699. PMID 22956556. 
  20. २०.० २०.१ Kitabchi AE, Umpierrez GE, Miles JM, Fisher JN (July 2009). "Hyperglycemic crises in adult patients with diabetes". Diabetes Care 32 (7): 1335–43. doi:10.2337/dc09-9032. PMC 2699725. PMID 19564476. 
  21. Sarwar N, Gao P, Seshasai SR, Gobin R, Kaptoge S, Di Angelantonio E, Ingelsson E, Lawlor DA, Selvin E, Stampfer M, Stehouwer CD, Lewington S, Pennells L, Thompson A, Sattar N, White IR, Ray KK, Danesh J (2010). "Diabetes mellitus, fasting blood glucose concentration, and risk of vascular disease: A collaborative meta-analysis of 102 prospective studies". The Lancet 375 (9733): 2215–22. doi:10.1016/S0140-6736(10)60484-9. PMC 2904878. PMID 20609967. 
  22. O'Gara PT, Kushner FG, Ascheim DD, Casey DE, Chung MK, de Lemos JA, Ettinger SM, Fang JC, Fesmire FM, Franklin BA, Granger CB, Krumholz HM, Linderbaum JA, Morrow DA, Newby LK, Ornato JP, Ou N, Radford MJ, Tamis-Holland JE, Tommaso CL, Tracy CM, Woo YJ, Zhao DX, Anderson JL, Jacobs AK, Halperin JL, Albert NM, Brindis RG, Creager MA, DeMets D, Guyton RA, Hochman JS, Kovacs RJ, Kushner FG, Ohman EM, Stevenson WG, Yancy CW (29 January 2013). "2013 ACCF/AHA guideline for the management of ST-elevation myocardial infarction: a report of the American College of Cardiology Foundation/American Heart Association Task Force on Practice Guidelines.". Circulation 127 (4): e362–425. doi:10.1161/CIR.0b013e3182742cf6. PMID 23247304.