आँखा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मानव आँखाको नजीकबाट खिँचिएको चित्र
मानव आँखाको योजनात्मक आरेख

आँखा शरीरको महत्वपूर्ण अंग हो जुन दृष्टिको काममा आँउछ। मानव शरीरमा दुई आँखा हुन्छन्। यो दुईटै आँखा खोपडीको अर्बिटमा अवस्थित हुन्छन्। आँखाको फोटोरिसेप्टर प्रकाशलाई विद्युतीय सिग्नलमा परिवर्तन गर्दछ। यो सिग्नललाई अप्टिक स्नायु मष्तिश्कमा पुर्याउँछ र व्यक्तिलाई दृष्टिको अनुभुति हुन्छ। आंखाको विभिन्न भाग यस प्रकार छन-

  • स्क्लेरा
  • कोरोइड
  • रेटिना
  • कंजंक्टिभा
  • कर्निया
  • आइरिस
  • प्युपिल
  • एन्टेरियर च्याम्बर
  • पोस्टेरियर च्याम्बर
  • एक्वस ह्युमर
  • भिट्रस ह्युमर आदि

स्क्लेरा (sclera)[सम्पादन गर्ने]

यो तह आँखाको सबैभन्दा बाहिरी तह हो, जुन सेतो, एकदमै चाम्रो र संयोजी तन्तु (connective tissue) बाट बनेको हुन्छ । यसको अगाडिको भाग पारदर्शी हुन्छ, जसलाई कर्निया (cornea) भनिन्छ । कर्नियालाई अर्को पारदर्शी झिल्लीले ढाकेको हुन्छ, जसलाई कन्जङ्टिभा (conjunctiva) भनिन्छ । यसले आँखाको आकार दिनुका साथै यसको भित्री भागलाई बचाउने काम गर्दछ ।

कोरोइड (choroid)[सम्पादन गर्ने]

यो तह आँखाको दोस्रो तह हो, जसमा संयोजी तन्तु (connective tissue) को नरम जालोमा प्रशस्त रक्तनलीहरू मिसिएका हुन्छन् । यो तह कालो हुने भएकाले विकिरणहरू सोसेर आँखालाई खाना र अक्सिजन प्रदान गर्नुका साथै प्रकाशका किरणहरूलाई परावर्तन हुन दिँदैन ।

रेटिना (retina)[सम्पादन गर्ने]

यो तह आँखाको तेस्रो तह वा सबैभन्दा भित्री तह हो । यस तहमा वस्तुको आकृति बन्दछ । यो तहमा थुप्रै प्रकाशसँग चेतनायुक्त कोषहरू (-light sensitive cells) जस्तै रड (rods) र कोन (cones) रहेका हुन्छन् । रड सेलहरूमा भएको रोडोप्सिन (rhodopsin) ले मधुरो प्रकाशमा हेर्न सघाउँछ भने कोन सेलहरूमा आयोडोप्सिन (iodopsin) पाइन्छ । यसले उज्यालो प्रकाशमा हेर्न सघाउनुको साथै रङ छुट्याउनमा (colour distinction) सघाउँछ । रङ अन्धता (colour blindness) एक पुर्खौली गुणबाट सर्ने दृष्टिदोष हो । त्यसैगरी आँखामा रतन्धो (night blindness) रोग पनि लाग्दछ । यो रोग लागेका व्यक्तिले रातमा राम्रोसँग देख्न सक्दैन ।

यसको साथै आँखाका अन्य भागहरू पनि छन्, जसलाई निम्नानुसार वर्णन गर्न सकिन्छ ।

कर्निया (cornea)

स्क्लेरा तहको अगाडिको भागलाई कर्निया भनिन्छ । यो तह पारदर्शी हुन्छ र यसले प्रकाशका किरणहरूलाई आवर्तन गर्दछ ।

आइरिस ; (iris)

आँखाको लेन्स र कर्नियाको बिच भागमा आइरिस रहेको हुन्छ । यो आँखाको रङ्गीन भाग हो । यसले आँखामा प्रवेश गर्ने प्रकाशका किरणहरूलाई नियन्त्रण गरी आवश्यक किरणमात्र भित्र पठाउँछ ।

नानी (pupil)

आइरिसको बिचमा रहेको प्वाललाई नानी भनिन्छ । नानीको आकार सानो हुने कि ठुलो हुने भन्ने कुरा आइरिस मांसपेशीले निर्धारण गर्दछ । उज्यालो प्रकाश वा नजिकको वस्तुलाई हेर्दा नानी सानो हुन्छ भने अन्धकार वा टाढाको वस्तुलाई हेर्दा नानी ठुलो हुन्छ । यसले प्रकाशका किरणहरूलाई भित्र पठाउने काम गर्दछ ।

लेन्स (lens)

आइरिसको पछाडि रहेको पारदर्शी, बाइकन्भेक्स स्फटिक (cystaliine) वस्तु लेन्स हो । यसले प्रकाशका किरणलाई रेटिनामा आवर्तन गरी वास्तविक, उल्टो र सानो आकृति बनाउन सहयोग गर्दछ ।

सिलिएरी मांसपेशी (ciliary muscles)

सिलिएरी मांसपेशीको खुम्चाइ र पैmलावटबाट लेन्सको पातलो र बाक्लो हुन्छ । अर्थात् यसको केन्द्रीकरण दुरीमा परिर्वतन आउँछ । टाढाको वस्तुलाई हेर्ने व्रmममा सिलिएरी मांसपेशी खुम्चिन्छ र लेन्स पातलो हुन्छ भने नजिकको वस्तुलाई हेर्दा सिलिएर मांसपेशी फैलिन्छ, जसले गर्दा लेन्स बाक्लो हुन्छ ।

अप्टिकल नर्भ (optical nerve)

यो नशा मस्तिष्कसँग जोडिएको हुन्छ । यसले रेटिनामा बनेको वस्तुको आकृतिलाई मस्तिष्कसँग जोडेको हुन्छ । यसले रेटिनामा बनेको वस्तुको आकृतिलाई सुल्टो बनाउने काम गर्दछ ।

एक्वायस ह्युमर (aqueous humour)

कर्निया र लेन्सको बिचको खाली ठाउँमा रहेको पातलो तरल पदार्थलाई एक्वायस ह्युमर भनिन्छ । यसले कर्नियाको अगाडिको भागलाई केही घुमाउरो पार्नसहयोग गरेको हुन्छ ।

भिट्रिअस ह्युमर (vitreous humour)

लेन्स र रेटिनाबिचको खाली ठाउँ बाक्लो जेली जस्तो वस्तुले भरिएको हुन्छ, जसलाई भिट्रिअस ह्युमर भनिन्छ । यसले आँखालाई गोलो आकारमा राख्नुका साथै प्रकाशको परावर्तन कार्यमा सहयोग पु¥याउँछ ।

आ“खाको देख्ने क्रिया (Functioning of Eye)[सम्पादन गर्ने]

आँखाको लेन्सले कुनै पनि वस्तुबाट आएको प्रकाशको किरणलाई रेटिनामा केन्द्रित गरी आकृति बनाउँछ । उक्त आकृति वास्तविक र उल्टो हुन्छ । यसरी रेटिनामा बनेको आकृति अप्टिक नर्भ हुँदै मस्तिष्कमा पुग्छ । मस्तिष्कले वस्तुको आकृतिलाई सुल्टो बनाइदिन्छ र हामी वस्तु देख्न सक्छौँ ।

आ“खाको हेरचाह र सरसफाइ(Care and hygiene of human eye)[सम्पादन गर्ने]

भिटामिन B ब् युक्त पहेँला फलफुल तथा हरिया सागसब्जी खाने, चर्को र मधुरो प्रकाश भएको ठाउँमा नपढ्ने, सधैँ सफा पानीले आँखा सफा राख्ने, आँखामा जथाभावी रूपमा औषधीको प्रयोग नगर्ने गर्नुपर्छ । आँखालाई हातले नमिच्ने, डण्डीबियो जस्ता खतरानाक खेलहरू नखेल्ने, बेला बेलामा आँखाको जाँच गराउने, कारखानामा काम गर्दा चस्मा तथा आँखालाई सुरक्षा दिने वस्तुको प्रयोग गर्ने गर्नाले आँखाको हेरचाह र सरसफाइ गर्न सकिन्छ ।

बाहिरी लिँक[सम्पादन गर्ने]