हरिद्वार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हरिद्वार
—  शहर  —
[[Image:
Aarti at Har-ki-Pauri, Haridwar.jpg
Ropeway to Chandi Devi Temple, Haridwar.jpgChandidevi temple5.JPG
Evening view of Har-ki-Pauri, Haridwar.jpgGanga river at haridwar.jpg
Hindu god Shiva murti statue near Ganges in Haridwar India sights culture beliefs 2015.jpgMansa Devi Temple, Haridwar 06.jpg
Haridwar Junction Railway Station (Oct 18, 2011).jpg
हरकी पौडीमा आरती,
चण्डीदेवी मन्दिर, बिहानमा हरकी पौडी,
मनसादेवी, रेलवे स्टेशन,
गंगा निकट शिवको मूर्ति, हरकी पौडीको सन्ध्याकालीन दृश्य,
चण्डीदेवी मन्दिरको लागी रोपवे ।
|250px|none|View of हरिद्वार, India]]
समय क्षेत्र: आईएसटी (यूटीसी+५:३०)
देश  भारत
राज्य उत्तराखण्ड
जिल्ला
मेयर मदन कौशिक
नगर पालिका अध्यक्ष
क्षेत्रफल
ऊँचाई (AMSL)
२३६० वर्ग किमी कि.मी²
• २४९.७ m (८१९ ft)
आधिकारिक जालस्थल: www.haridwar.nic.in

निर्देशाङ्क: २९°५८′उत्तर ७८°१०′पूर्व / २९.९६° उत्तर ७८.१६° पूर्व / 29.96; 78.16

हरिद्वारको एक झलक

हरिद्वार भारतको उत्तराखण्ड राज्य अन्तर्गत पर्दछ । यो ठाउँ हिन्दू धर्मावलम्बीहरूका लागि निकै प्रसिद्व मानिन्छ । हिन्दू धर्मावलम्बीकी पवित्र पावनी गंगा नदी हरिद्वारमा नै अवस्थित छन् । यहाँ प्रत्यक १२ बर्षमा कुम्भ मेला लाग्दछ । यहाँ मनसा देवी, चण्डी देवी ,दक्ष प्रजापति मन्दिर लगायत साना ठूला हजारौँ मन्दिरहरू छन् । साँझ पखको गंगा आरती निकै मन मोहक हुन्छ । यहाँबाट ऋषिकेश, देहरादुन , मन्सुरी, बद्रीनाथ, केदारनाथ, गंगोत्री, यमनोत्री जान नजीक पर्दछ।

हरिद्वारको इतिहास तथा वर्तमान

हरिद्वारको नाम बाट नै थाह हुन आउँछकी यो "हरि" (भगवान)को "द्वार" (ढोका) हो । पवित्र पावनी गंगा नदी हिमालयबाट उद्धव भएर हरिद्वारमा प्रवेश गरेकी हुनाले यसलाई "गंगाद्वार" पनि भनिन्छ ।[१] हिन्दू धर्मका सबै ग्रन्थहरूमा हरिद्वारको वर्णन गरिएको पाइन्छ। हरिद्वारको दर्शन मात्रले स्वर्गको द्वार खुल्दछ । यस कारण यो ठाउँको नाम "स्वर्गद्वार" पनि रहेको छ ।[२] हरिद्वार सप्तपुरीहरूमा एक हो । हरिद्वारलाई "मायापुरी" भनिन्छ ।[३] यहाँ कुम्भ मेला लाग्ने भएकाले यस ठाउँलाई "कुम्भनगरी" पनि भनेर चिनिन्छ।

प्रकृति प्रेमिहरूकालागी हरिद्वार स्वर्ग जस्तै सुन्दर छ । हरिद्वार हिन्दू संस्कृति र सभ्यताको एक बहुरूपदर्शक प्रस्तुत गर्दछ । यसको उल्लेख पौराणिक कथाहरूमा कपिलस्थान, गंगाद्वार तथा मायापुरीको नामबाट पनि गरिएको छ । यो चार धाम यात्राको लागी प्रवेशद्वार पनि हो (उत्तराखंडका चार धाम हुन्:- बद्रीनाथ, केदारनाथ, गंगोत्री र यमुनोत्री), यसैले भगवान शिवका अनुयायी र भगवान विष्णुका अनुयायी यसलाई क्रमशः हरद्वार तथा हरिद्वारको नामले पुकार्दछन् । हर यानी शिव र हरि यानी विष्णु ।

महाभारतको वनपर्वमा धौम्य ऋषिले, युधिष्ठरलाई भारतवर्षका तीर्थ स्थलहरूका बारेमा बयान गर्ने बेला गंगाद्वार अर्थात् हरिद्वार र कनखलका तीर्थहरूको पनि उल्लेख गरिएको छ । पौराणिक कालमा कपिल ऋषिको आश्रम यहीं थियो, जसले गर्दा यसको प्राचीन नाम कपिल या कपिल्स्थान भेटियो । पौराणिक कथाहरूका अनुसार भगीरथ, जो सूर्यवंशी राजा सगरका पनाती (श्रीरामका एक पूर्वज) थिए, गंगाजीलाई सतयुगमा धेरै वर्षहरूको तपस्या पश्चात् आफ्नो ६०,००० पूर्वजहरूको उद्धार तथा कपिल ऋषिको श्रापबाट मुक्त गराउनकालागी पृथ्वीमा ल्याएका थिए । यो एक यस्तो परम्परा हो जसलाई करोडौं हिन्दूहरू आज पनि निभाउछन् , जो आफ्ना पूर्वजहरूको उद्धारको आशामा उनको चिताको खरानी ल्याएर गंगाजीमा विसर्जन गर्दछन् । भनिन्छकी भगवान विष्णुले एक ढुङ्गामा आफ्ना पद-चिन्ह छोडेका छन् जो हरकी पैडीको माथिल्लो भित्तामा अझैं पनि स्थापित देखिन्छन् , जहाँ हर समय पवित्र गंगाजी ति पदचिन्नहरूलाई स्पर्श गर्दै रहन्छिन् ।

प्रशासनिक पृष्ठभूमि

हरिद्वार जिल्लाको पश्चिममा सहारनपुर, उत्तर र पूवमा देहरादून, पूवमा पौडी गढवाल र दक्षिणमा रुडकी, मुजफ्फर नगरबिजनौर छन् । नवनिर्मित राज्य उत्तराखंडमा सम्मिलित हुनु भन्दा पहिले यो सहारनपुर डिविजनल कमिशनरीको एक भाग थियो ।

पूरै जिल्लालाई मिलाएर एक संसदीय क्षेत्र बन्छ र यहाँ उत्तराखंड विधानसभा का ९ सीटे छन् जो हुन् - भगवानपुर, रुडकी, इकबालपुर, मंगलौर, लांढौर, लक्सर, भहादराबाद, हरिद्वार र लालढांग

जिल्ला प्रशासनिक रूपबाट तीन तहसील हरिद्वार, रुडकी र लक्सर तथा छः विकास खण्ड भगवानपुर, रुडकी, नर्सान, भहद्राबाद, लक्सर र खानपुरमा बाँडिएको छ । हरीश रावत हरिद्वार लोकसभा सीटबाट वर्तमान सांसद तथा 'मदन कौशिक' हरिद्वार नगरबाट उत्तराखंड विधानसभा सदस्य छन् ।

भुगोल

हरिद्वार शहर गंगा नदीको किनारामा करिब २४ कि.मी.को भू-भागमा फैलिएर बसेको छ । शहरको दुबै तिर "निल पर्वत" र "शिवालीक पर्वत" नामको पर्वत श्रृंखलाहरू छन् । शहर सँगै "राजाजी नेशनल पार्कको सिमाना जोडीएको छ । हरिद्वार शहरको नामले हरिद्वार जिल्लाको नामांकन गरिएको छ । हरिद्वार जिल्लाको सिमाना पूर्वमा बिजनौर जिल्ला, उत्तर र पश्चिमा क्रमशः देहरादून, पौडीटिहरी दक्षिणमा सहारनपुर जिल्ला जिल्लाहरूसँग जोडिएको छ। यो शहर एक नदी तटिए शहर हो।

हरिद्वार भारतका ति पहिला शहरहरूमा एक हो जहाँ गंगा पहाडबाट निस्केर मैदानी क्षेत्रमा प्रवेश गर्छिन् । गंगाको पानी, अधिकतर वर्षा ऋतुको अतिरिक्त एकदम स्वच्छ र चिसो हुन्छ । गंगा नदी विच्छिन्न प्रवाहहरूको श्रृंखलामा बग्छिन् । जसमा अधिकतर जंगलहरूले घेरिएको छ । अन्य साना प्रवाह छन्: रानीपुर राव, पथरी राव, रावी राव, हर्नोई राव, बेगम नदी आदि. जिल्लाको अधिकांश भाग जंगलहरूले घेरिएको छ र राजाजी राष्ट्रीय प्राणी उद्यान जिल्लाको सीमामा नै आउँछ जसले यसलाई वन्यजीवन र साहसिक कार्यका प्रेमिहरूको आदर्श स्थान बनाएको छ । राजाजीमा यी गेटहरूबाट पुग्न सकिन्छ: रामगढ गेट र मोहंद गेट जो देहरादूनबाट २५ कि.मी.मा स्थित छ जबकि मोतीचूर, रानीपुर र चिल्ला गेट हरिद्वारबाट केवल ९ किमीको दूरीमा छन् । कुनाओ गेट ऋषिकेशबाट ६ कि.मी.मा छ । लालढांग गेट कोट्द्वाराबाट २५ कि.मी.मा छ । २३६० वर्ग किलोमीटर क्षेत्रमा फैलिएको हरिद्वार जिल्ला भारतको उत्तराखंड राज्यको दक्षिण पश्चिमी भागमा स्थित छ । यसको अक्षांश र देशांतर क्रमशः २९.९६ डिग्री उत्तर र ७८.१६ डिग्री पूर्व छन् । हरिद्वार समुन्द्र सतहदेखी २४९.७ मी.को ऊंचाईमा उत्तर र उत्तर- पूर्वमा शिवालिक पहाड तथा दक्षिणमा गंगा नदीको बीच स्थित छ ।

हरिद्वारमा हिन्दू वंशावलीहरूको खाता

अधिकतर हिन्दूहरू विदेशमा बसेका छन् उनीहरूलाई आज पनि थाह छैन, प्राचीन रिवाजका अनुसार हिन्दू परिवारहरूको अघिल्ला कयौं पुस्ताहरूको विस्तृत वंशावली हिन्दू ब्राह्मणहरू (पण्डा)ले हिन्दूहरूको पवित्र नगर हरिद्वारमा हस्त लिखित खाताहरूमा उनका पूर्वज पण्डाहरूले अगाडि सौंपेका छन् भनेर । हरेकका पूर्वजहरूको असली जिल्ला र गाउँको आधारमा वर्गीकृत गरिएका छन् र सम्हालेर राखेका छन् । प्रत्येक जिल्लाको खाताको विशिष्ट पण्डा हुन्छ । यहाँ सम्म कि भारतको विभाजनको हुने बेलामा जो जिल्ला र गाउँ पाकिस्तानमा पर्छन् र त्यहाँका हिन्दू भारत आए उनीहरूका पनि वंशावली यहाँ पाइन्छन् । कतिपय स्थितिहरूमा ति हिन्दूहरूको वंशज अब सिख छन्, त कतिपएका वंशजहरू मुस्लिम अथवा ईसाई पनि छन् । कसैले आफ्नो सात वंशको जानकारी पण्डाहरूले राखेका यी वंशावली खाताहरूबाट लिनु भनेको सामान्य कुरा होइन । अधिकतर तीर्थयात्राको लागी होस्, शव- दाह या स्वजनहरूका अस्थि र चिताको खरानीलाई गंगा जलमा विसर्जन गर्नको लागी होस्, (शव- दाहपछी हिन्दू धार्मिक मतअनुसार चिताको खरानी गंगामा विसर्जन गर्नु आवश्यक मानिन्छ) शताब्दी पूर्व देखी जब हिन्दू पूर्वजहरूले हरिद्वार पावन नगरीको यात्रा गर्छन् आफ्नो परिवारको वंशावली धारक पण्डा सँग गएर खातामा उपस्थित वंश- वृक्षलाई संयुक्त परिवारमा भएका सबै विवाह, जन्म र मृत्युको विवरण सहित नवीनीकृत गराउने एक प्राचीन रीति छ । जब हरिद्वारमा पण्डाहरू कसैलाई नितांत आफ्नो वंश- वृक्ष को नवीनीकृत गर्नकोलागी भन्छन् तब वर्तमानमा हरिद्वार जाने वाले हिन्दूहरू चकित पर्छन् । यो खबर उनलाई नियत पण्डासम्म डढेलो झैं फैलाउछ । आजकल जब संयुक्त हिन्दू परिवारको चलन समाप्त भइसक्यो र मान्छे नाभिकीय परिवारलाई मान्यता दिन्छन्, पण्डाहरू आगंतुक आफ्ना फैलिएका परिवारका मानिसहरू र आफ्नो पुरानो जिल्ला- गाउँ, बाजे- बजैको नाम र परबाजे - परबजै तथा विवाह, जन्म र मृत्युको विस्तृत परिवारमा भएको अपितु ति परिवारहरू जोसँग विवाह संपन्न भए आदिको पूरा जानकारीका साथ यहाँ आउन् भन्ने चाहन्छन् । आगन्तुकले परिवारका सदस्यको सबै जानकारी नवीनीकृत गराएपछी वंशावली खातालाई भविष्यका पारिवारिक सदस्यहरूको लागी र प्रविष्टि प्रमाणित गर्नकोलागी हस्ताक्षर गर्नु पर्छ । साथमा आएका साथी र अन्य पारिवारिक सदस्यहरूलाई पनि साक्षीको रुपमा हस्ताक्षर गर्नको लागी अनुरोध गर्न सकिन्छ ।

जलवायु

तापमान २ ग्रीष्मकाल: १५ डिग्री देखी - ४ डिग्री से

शीतकाल: ६ डिग्री देखी - १६.६ डिग्री से

जनसङ्ख्या

हरिद्वार जिल्लाको जनसँख्या २,९५,२१३ रहेको छ । जसमा पुरुष ५४% व महिला४६% छन् । हरिद्वारको औसत साक्षरता राष्ट्रीय औसत ५९.५% भन्दा अधिक ७०% छ । पुरुष साक्षरता ७५% क महिला साक्षरता ६४% रहेको छ । हरिद्वारमा १२% जनसंख्या ६ वर्षको उमेर भन्दा कम छ ।[४]

नगरका महत्वपूर्ण क्षेत्रहरू

भेल, रानीपुर टाउनशिप: भेलको परिसर, जो की एक नवरत्न पूएसयू हौ । यो १२ किमी² मा फैलिएको छ । हरिद्वार शहर करिब १० किलोमिटरको क्षेत्रफलमा फैलिएको छ । यहाँ साना ठूला बजारहरू धेरै छन् । मुख्य रूपले हरिद्वार क्षेत्रलाई चार भागमा विभाजन गरिएको छ।

दर्शनीय धार्मिक स्थलहरू

कुशावर्त घाट हरिद्वार

हिन्दू परम्पराका अनुसार, हरिद्वारमा पाँच तिर्थ गंगाद्वार (हरकी पौडी), कुश्वर्त घाट (कुशाघाट), कनश्थल (कनखल), बिल्व पर्वत (मनसा देवी), नील पर्वत (चण्डी देवी) छन् ।

हरकी पौडी

यो पवित्र घाट राजा विक्रमादित्यले पहिलो शताब्दी ईसा पूर्वमा आफ्नो भाई भ्रिथारीको यादमा बनाउन लगायका थिए । भनिन्छ भ्रिथारी हरिद्वार आएका थिए र उनले पावन गंगाको किनारामा तपस्या गरेका थिए । जब उनी मरे, उनको भाईले उनको नाममा यो घाट बनाउन लगाएका थिए । यो क्षेत्रलाई पछी आएर हरीकी पौडी भनिन थालियो । हरकी पौडीको सबैभन्दा पवित्र घाट ब्रह्मकुण्ड हो । संध्या समयमा हरीकी पौडीमा गरिने गंगामैयाको आरती कुनै पनि आगन्तुकको लागी महत्वपूर्ण अनुभव हो । स्वर तथा रंगको एक कौतुक समारोह पछी तीर्थयात्रीहरूले बल्दै गरेका दिपकहरूलाई आफ्ना पूर्वजहरूको आत्माको शान्तिको लागी नदीमा बगाएको देख्न पाइन्छ । विश्वभरका हजारौं मानिसहरूले आफ्नो हरिद्वार यात्राको समयमा यस प्रार्थनामा अथवा गंगा आरतीमा उपस्थित हुनाको निकै ख्याल राखेका हुन्छन् । वर्तमानका अधिकांश घाट १८ औं शताब्दीको समयमा विकसित गरिएका थिए ।

चंडी देवी मन्दिर

यो मन्दिर गंगा नदीको पूर्वी किनारामा "नील पर्वत" को शिखरमा अवस्थित, छ । यो मन्दिर कश्मीरका राजा सुचत सिंह द्वारा १९२९ ई. मा बनाइएको थियो । स्कन्द पुराणको एक कथाका अनुसार चण्ड- मुण्ड स्थानीय राक्षस राजाहरू शुम्भ- निशुम्भका सेनानायक थिए । उनीहरूलाई देवी चण्डीले यसै स्थानमा मारेकी थिइन् । त्यसपछी यस स्थानको नाम चण्डी देवी रहेको थियो । भनिन्छ मन्दिरमा मुख्य प्रतिमाको स्थापना आठौं शताब्दीमा आदि शंकराचार्यले गराएका थिए । मन्दिर चणडीघाटबाट ३ किमी दूरीमा स्थित छ । पैदल जानको लागी उकालो पर्ने भएकोले एक रोपवे (केबुल कार) द्वारा पनि पुग्न सकिन्छ ।

  • रोपवे जानकारी फोन: ०१३३४- २२०३२४, समय- प्रातः ८.३० देखी साँझ ६.०० बजे सम्म ।
मनसा देवी मन्दिर

बिल्व पर्वतको शिखरमा स्थित मनसा देवीको मन्दिर शाब्दिक अर्थमा मनको इच्छा (मनसा) पूर्ण गर्ने देवीको मन्दिर पर्यटकहरूको लोकप्रिय स्थान हो । विशेष गरेर केबल कारबाट नगरको मनोहर दृश्य देखिन्छ । मुख्य मन्दिरमा दुईवटा प्रतिमा राखिएका छन् जसमा एक पर्तिमा तीन मुख र पाँच भुजाहरूको साथमा छ भने अर्को आठ भुजाहरूको साथमा । फोन: ०१३३४- २२७७४५.

माया देवी मन्दिर

११औं शताब्दीकी माया देवी अथवा हरिद्वारकी अधिष्ठात्री देवीको यो प्राचीन मन्दिर एक सिद्धपीठ मानिन्छ र यसलाई सतिदेवीको नाभि र हृदय पतन भएको स्थान भनिन्छ । यो ति केही प्राचीन मन्दिरहरूमा एक हो जो अब पनि नारायणी शिला र भैरव मन्दिरको साथमा रहेको छ । पौराणीक ग्रंथहरूमा हरिद्वारलाई मायापुरी पनि भनिएको छ । मायापुरी नाम यसै मन्दिरको नामले पर्न गएको हो । हरिद्वारमा मनसा देवी, चण्डी देवी र माया देवी मन्दिरहरूको एक त्रिकोण बन्दछ ।

दक्षप्रजापती मन्दिर

पौराणीक ग्रंथहरूमा सतिदेवीका पिता तथा महादेवका ससुरा दक्ष प्रजापतिको राजधानी कनस्थल भनिएको छ । यो कनस्थललाई अहिले कनखल भनिएको छ । यहाँ दक्ष प्रजापतीको मन्दिर छ जसलाई दक्षश्वर महादेव मन्दिर पनि भनिन्छ । भनिन्छ यो नै दक्ष प्रजापतीको यज्ञाशाला थियो र यसै स्थानमा सतिदेवीले आफ्नो बाबाको यज्ञा कुण्डमा हाम फालेर आत्म दाह गरेर प्राण त्यागेकी थिइन् । यहाँ सति कुण्ड पनि छ ।

यि लगायत यहाँ हजारौँ आश्रम तथा मन्दिरहरू रहेका छन्। प्रत्यक बर्ष शिवरात्री र श्रावणीमा लाग्ने कांवड मेलाका कारण हरिद्वार अँझ पर्यकहरूको मन जित्न सफल भएको छ ।

औद्योगिक क्षत्र

भारत हैवि इलोक्ट्रोनिक लिमिटेड (BHEL) जसलाई "भेल" पनि भनिन्छ यहाँको प्राचिन तथा ऐतिहासिक उद्योग केन्द्र हो । यो लगायत सिडकुल र पतंजली योग पिठलाई पनि प्रमूख औद्योगिक केन्द्रमा लिइएको छ।

जहिले देखी उत्तराखंड राज्य सरकारको सरकारी संस्था, सिडकुल (उत्तराखंड राज्य ढांचागत तथा औद्योगिक विकास निगम लिमिटेड) द्वारा एकीकृत औद्योगिक एस्टेटको स्थापना यस नगरमा गरियो, उहिले देखी हरिद्वार उत्तराखंडको महत्वपूर्ण औद्योगिक केन्द्रको रूपमा विकसित भइरहेको छ । सिडकुल भारतभरका कैयौं महत्वपूर्ण औद्योगिक प्रतिष्ठानहरूलाई आकर्षित गरीरहेको छ । यसले यहाँ विनिर्माण सुविधाहरूको स्थापना गर्दै आएको छ ।

हरिद्वार पहिले देखी नै एक संपन्न औद्योगिक क्षेत्रमा स्थित छ । बाईपास रोडको छेउमा रहेको सार्वजनिक क्षेत्रका उपक्रम, भारत हेवी इलेक्ट्रिकल्स लिमिटेड (भेल)को मुख्य सहायक एकाइहरू स्थापित छन् जो यहाँ सन १९६४ मा स्थापित गरिएको थियो र आज यहाँ ८,००० भन्दा पनि धेरै मान्छेहरू प्रयुक्त भएका छन् । [५]

शैक्षिक संस्था

हरिद्वार तथा आसपासका क्षेत्रहरूमा निम्नलिखित शैक्षिक संस्थाहरू रहेका छन् :-

भारतीय प्रौद्योगिकी संस्थान रुडकी - ३० किमी भूतपूर्व रुडकी इंजीनियरीङ कलेज, जो अब एक आई॰आई॰टी बनी सकेको छ, यो भारतमा प्रौद्योगिक क्षेत्रमा उच्च शिक्षाको एक महत्वपूर्ण संस्थान हो । यो संस्थान हरिद्वारबाट ३० कि.मी.को दूरीमा रुडकी मा स्थित छ ।

कलेज अफ इन्जीनियरिङ (कोएर) - १४ किमी यो निजी इन्जिनियरिङ संस्थान हो । यो कलेज हरिद्वार र रुडकीका बीच राष्ट्रीय महामार्ग ५८ मा स्थित छ ।

गुरुकुल कांगडी विश्वविद्यालय - ४ किमी कनखल गंगा नदीको किनारामा हरिद्वार-ज्वालापुर बाइपास सडकमा स्थित यो विश्व विद्यालय एक प्रख्यात विश्व विद्यालय हो। यो विश्वविद्यालयमा नेपाली विद्यार्थीहरू पनि पढ्दछन् ।

चिन्मय डिग्री कलेज यो कलेज हरिद्वारबाट १० किमी दूर स्थित शिवालिक नगरमा छ । यह हरिद्वारका विज्ञान कलेजहरूमा एक हो ।

विश्व संस्कृत विद्यालय संस्कृत विश्विद्यालय, हरिद्वार यसको स्थापन उत्तराखंड सरकार द्वारा गरिएको थियो । विश्वको एकमात्र यस्तो विश्वविद्यालय हो जो पूर्णतः प्राचीन संस्कृत ग्रन्थहरू, पुस्तकहरूको शिक्षालाई समर्पित छ । यसको पाठ्यक्रमका अंतर्गत हिन्दू रीति, संस्कृति र परंपराको शिक्षा दीइन्छ । यसको भवन पनि प्राचीन हिन्दू वास्तुशिल्पमा आधारित छ ।

दिल्ली पब्लिक स्कूल, रानीपुर हरिद्वार क्षेत्रको प्रमुख शैक्षिक संस्थाहरूमा यो एक हो जो विश्वव्यापी दिल्ली पब्लिक स्कूल परिवारको भाग हो । यो आफ्नो उत्कृष्ट शैक्षिक उपलब्धि, खेल, पाठ्यक्रम जस्ता क्रियाकलापहरूका साथै सर्वोत्तम सुविधाहरू, प्रयोगशालाहरू तथा शैक्षिक वातावरणको लागी चिनिन्छ ।

डी॰ए॰वी सैन्टेनरी पब्लिक स्कूल जगजीतपुरमा स्थित यो विद्यालय शिक्षाका साथै आफ्ना विद्यार्थिहरूलाई नैतिकताको पाठ पनि सिखाउँछ ताकी यहाँ बाट निस्केका हर विद्यार्थी संसारका हर कुनालाई उज्वल गर्न सकोस् ।

केन्द्रीय विद्यालय, बी॰एच॰ई॰एल केन्द्रिय विद्यालय, बी॰एच॰ई॰एल, हरिद्वारको प्रमुख शैक्षिक संस्थाहरूमा एक हो, जसको स्थापना ७ जुलाई, १९७५ मा गरिएको थीयो । केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट संबद्धीकृत, यस विद्यालयमा प्राथमिक तहदेखी १२ सम्म २,००० भन्दा धेरै विद्यार्थीहरू अध्यायन गर्दछन् ।

पर्वहरू

गहन धार्मिक महत्वका कारण हरिद्वारमा वर्ष भरीमा कैयौं धार्मिक पर्वहरू आयोजित हुन्छन् जसमा प्रमुख छन् :- कांवड मेला, सोमवती अमावस्या मेला, गंगा दशहरा, गुघल मेला जसमा लगभग २०-२५ लाख मान्छे भाग लिन्छन् ।

यसका अतिरिक्त यहाँ कुम्भ मेलाको पनि आयोजित हुन्छ । कुम्भ मेला हर बाह्र वर्षमा मनाइन्छ । जब बृहस्पति ग्रह कुम्भ राशिमा प्रवेश गर्छ तब हरिद्वारमा कुम्भ मेला लाग्दछ । कुम्भ मेलाको पहिलो लिखित प्रमाण चीनी यात्री, हुआन त्सैंग (६०२ - ६६४ ई.)का लेखहरूमा भेटिन्छन् उनले ६२९ ई. मा भारतको यात्रा गरेका थिए ।

सन् १८९२ को महाकुम्भमा हैजाको प्रकोप भएको थियो त्यसपछी मेला व्यवस्थामा सुधार गरिएको थियो र 'हरिद्वार सुधार सोसायटी' को गठन गरिएको थियो । त्यसपछी सन१९०३ को कुम्भ मेलामा लगभग ४,००,००० मान्छेले मेलामा भाग लिएका थिए । [६] १९८० को दशकमा भएको एक कुम्भमा हर-की-पौडी नजिकै एक भगदड मचिएको थियो जसमा ६०० मान्छे मरेका थिए र कैयौं घायल भएको थिए । १९९८ को महा कुंभ मेलामा त ८ करोड भन्दा पनि अधिक तीर्थयात्री पवित्र गंगा नदीमा स्नान गर्न यहाँ आएका थिए ।

यातायात

हरिद्वार भारतको राष्ट्रीय राजमार्ग ५८ सँग जोडिएको छ । यो राजमार्गले दिल्ली र भारतको अन्तिम गाउँ मानालाई आपसमा जोडेको छ । निकटतम रेलवे स्टेशन हरिद्वारमा नै स्थित छ जो भारतका सबै प्रमुख नगरहरूलाई हरिद्वारसँग जोड्दछ । निकटतम विमानस्थल जौली ग्रांट, देहरादूनमा छ तर पनि नयाँ दिल्ली स्थित इंदिरा गाँधी अन्तर्राष्ट्रीय हवाई अड्डालाई नै प्राथमिकता दिइन्छ ।

स्रोत

  1. हेम वंत पुराण
  2. शिव पुराण
  3. सप्त पुरी
  4. भारत को जनगणना सन् २००१
  5. हरिद्वार औद्यौगिक विकाश केन्द्र
  6. भारतीय शाही राजपत्र (इम्पीरियल गजटर इंडिया)

हेर्नुहोस्